अर्थतन्त्र

गाउँशहर कालिका मन्दिरमा हुने महापुराणको तयारी तिव्र

लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदामध्ये एक लमजुङ कालिका मन्दिरमा धार्मिक जागरण र कोष स्थापना गर्ने उदेश्यले आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तयारी तिव्र बनाईएको छ । आगामी मंसीर २ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८२ आयोजना गरिएको हो । पण्डित दिपक प्रसाद पौडेलको मुखारबिन्दुवाट संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक र जनचेतनामूलक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । गाँउशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा हुने सो धार्मिक महोत्सव लमजुङ कालिका मन्दिर… पुरा पढौ

संसद पुनस्थापना गरेर, कोमामा पुगेको संविधानको बिउँत्याउछौंः पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव तथा पुर्व सुचना तथा सञ्चारमन्त्रीले संसद पुनस्थापना गरेर देशको संविधानको रक्षा गर्ने र लोकतन्त्र तथा गणतन्त्रलाई पुन फिर्ता ल्याउने बताउनुभएको छ । जेन्जी आन्दोलन पश्चात शनिबार नेकपा एमाले लमजुङद्धारा आयोजित जनसभा कार्यक्रममा भाग लिन पहिलो पटक गृह जिल्ला लमजुङ आउनुभएको गुरुङले प्रेस चौतारी लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । संसद पुनस्थापना भयो भने संवैधानिक ढंगले नयाँ सर्वपक्षिय सरकार बन्ने, संविधान संसोधनका ढोका खुल्ने, र कोमामा पुराईएको संविधान पुनः वित्युताईने गुरुङले बताउभयो । राष्ट्रका… पुरा पढौ

डुम्रे–बेसीशहर सडकखण्ड १२ दिनका लागि दैनिक साढे ६ घण्टा बन्द हुने,

डुम्रे–बेसीशहर–चामे सडक योजनाअन्तर्गत भानु नगरपालिकामा पर्ने चाम्बासदेखि तुरतुरेसम्मको सडकखण्ड १२ दिनका लागि दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ। उक्त सडकखण्डमा सडक खन्ने कार्य सञ्चालन गर्न लागिएकोले सो अवधिभर सवारीसाधनको आवागमन अस्थायी रूपमा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको सुचना अनुसार सडक बन्द हुने मिति कार्तिक २४ गतेदेखि मंसिर ५ गतेसम्म रहने छ। यस अवधिभर बिहानदेखि दिउँसोसम्म तीन पटक सडक बन्द गरिनेछ। पहिलो पटक बिहान ६ः३० बजेदेखि ९ः०० बजेसम्म, दोस्रो पटक बिहान ११ः०० बजेदेखि दिउँसो… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठान लमजुङको नयाँ अध्यक्षमा तामाङ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा लोकदोहोरी गायक प्रशान्त तामाङ निर्वाचित हुनुभएको छ । शनिबार राती सदरमुकाम बेसीशहरमा सम्पन्न २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । प्रतिष्ठानको अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष किशोर बिक, द्वितीय उपाध्यक्षमा पृथ्वीराज गुरुङ, महिला उपाध्यक्ष सङ्गीता गुरुङ, सचिव चित्र दुरा, कोषाध्यक्ष सुमन न्यौपाने, सह–सचिव सावित्री पोख्रेल, सह–कोषाध्यक्ष राजकुमार गुरुङ (राज) र प्रवक्ता लक्ष्मी तामाङ निर्वाचित हुनु भएको छ । त्यस्तै, कार्यसमिति सदस्यमा कृष्ण वस्ती (निक्की),… पुरा पढौ

काठमाडौंको घर बेचेर गाउँमा लगानी

पछिल्लो समय गाउँमा भएको घर खेतहरु बेचेर काठमाडौं, पोखरा तथा चितवन लगायतका ठाउँहरुमा बसाईसराई गर्नेको जमात बढ्दै गैरहेको छ । विस्तारै गाउँघर खाली हुदैँ जानथालेका छन् । तर २ दशक अघिदेखि काठमाडौंमा सुविधा सम्पन्न घर बनाएर बसोबास गर्दै गरेका व्यक्तिले आफ्नो घर बेचेर गाउँमा नै लगानी गरेको छ भनेको सुन्दा भने नौलो नै लाग्न सक्छ । यस्तै मध्येकी एक हुन् गिता अधिकारी पाण्डे । लमजुङ र तनहुँ जिल्लाको सिमाना नजिकै अर्चलधाराबाट करिव १ किलोमिटर माथि उहाँले ग्रिन हिमालय फार्म स्टे… पुरा पढौ

हिमपातका कारण तिलिचो वेश क्याम्पबाट ७५० जनाको उद्धार

हिमाल पारीका जिल्ला मनाङ घुम्न पुगेका हिमपातबाट अलपत्र परेका ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका हुन्। सोमबाररातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याइएको छ । सशस्त्र प्रहरी बलका अनुसार अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षित साथ राखिएको छ। मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित… पुरा पढौ

जिल्ला कारागार लमजुङ निर्माणमा ढिलाई

लमजुङको सदरमुकाम बेसीसहरमा रहेको जिल्ला कारागारमा निर्माणमा ढिलाई भएको छ । गत असार ३२ गते भत्किएको कारागारको पर्खाल जेन्जी आन्दोलनका कारण साँढे २ महिना हुन लाग्दा समेत निर्माण कार्य अघि बढ्न नसकेको हो । असार अन्तिममा लगातारको वर्षाका कारण कारागारको भित्र छिर्ने मुख्य गेट नजिकैको पर्खाल पहिरो गएको थियो ।असुरक्षा भएको भन्दै पहिरो गएको केही दिनमा नै कारागारमा रहेको कैदी वन्दीहरुलाई तनहुँ र कास्कीको कारागरामा पठाईएको थियो । प्राविधिकि कार्यालय मार्फत कारागार सङ्घयि सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका… पुरा पढौ

हिमालपारीको जिल्ला मनाङमा पर्यटकको घुँइचो

यतिबेला हिमाल पारीको जिल्ला मनाङ, मुस्ताङ लगायतका ठाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।लमजुङको बेसीशहर हुँदै हिमाली जिल्ला मनाङ भएर जाने चक्रिय अन्नपूर्ण पदमार्गको भ्रमण गर्ने आन्तरिक तथा विदेशी पर्यटकको आगमन यतिवेला ह्वात्तै बढेको छ । तिहारको विदा अघि र पछि मात्रै दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु मनाङ पुगेका छन् ।दशैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाको रोजाइमा हिमाली जिल्लाहरु पर्ने गरेका छन् ।… पुरा पढौ

बालकल्याण माविको स्वर्ण महोत्सवको तयारी तिब्र, हालसम्म १९ लाख संकलन

लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयको आगामी पौष २५ गते मनाउन लागिएको स्वर्ण महोत्सवका अवसरमा आयोजना गरिएको स्वर्ण कोषका लागि हालसम्म नगद १२ लाख ६५ हजार र सहयोग प्राप्त भएको छ । त्यस्तैगरी करिव ७ लाख रुपैँया स्वर्ण महोत्सवसम्म सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउने समेतगरी करिब १९ लाख संकलन भएको छ । हालसम्म सबैभन्दा धेरै बेसीशहर नगरपालिका–२, भकुण्डे निवासी विद्यालयका संस्थापक तथा आर्थिक संकलन उपसमितिका संयोजक कोषलेन्द्र कंडेलले दुई लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्नु… पुरा पढौ

प्रदेश अस्पताल लमजुङमा विरामीको चाप बढ्दो

प्रदेश अस्पताल लमजुङमा यतिबेला विरामीको चाप ह्वातै बढ्को छ । अस्पतालले विभिन्न सेवाहरु थप गरेपछि जिल्ला बाहिर जाने विरामीको संख्यामा कमी भई प्रदेश अस्पतालमै बेसीशहरमा विरामीको संख्या बढेको हो । प्रदेश अस्पताल लमजुङले दिनप्रतिदिन आफ्नो सेवाहरु विस्तार गर्दै लगेकाले जिल्ला भित्र र छिमेकी जिल्ला मनाङ, गोर्खा र तनहुँका केही भागका विरामीहरु समेत उपचारको लागि आउने गरेका छन् । गतवर्ष देखि मृगौलाका विरामीहरुलाई डायलासिस सेवा उपलब्ध गराउँदै आएको अस्पतालले एक वर्षको अवधिमा दुर्गम क्षेत्रका नागरिकहरुलाई लक्षित गरी टेलिमेडिसिन सेवा, इन्डस्कोपी सेवा… पुरा पढौ