संसद पुनस्थापना गरेर, कोमामा पुगेको संविधानको बिउँत्याउछौंः पृथ्वीसुब्बा गुरुङ

-


     सृजना बराल,    
     कार्तिक ३० गते २०८२ मा प्रकाशित


नेकपा एमालेका उपमहासचिव तथा पुर्व सुचना तथा सञ्चारमन्त्रीले संसद पुनस्थापना गरेर देशको संविधानको रक्षा गर्ने र लोकतन्त्र तथा गणतन्त्रलाई पुन फिर्ता ल्याउने बताउनुभएको छ ।

जेन्जी आन्दोलन पश्चात शनिबार नेकपा एमाले लमजुङद्धारा आयोजित जनसभा कार्यक्रममा भाग लिन पहिलो पटक गृह जिल्ला लमजुङ आउनुभएको गुरुङले प्रेस चौतारी लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।

संसद पुनस्थापना भयो भने संवैधानिक ढंगले नयाँ सर्वपक्षिय सरकार बन्ने, संविधान संसोधनका ढोका खुल्ने, र कोमामा पुराईएको संविधान पुनः वित्युताईने गुरुङले बताउभयो । राष्ट्रका सम्पति सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्बोच्च अदालत जलाउने हातलाई हतकडी लगाउनुपर्ने पुर्व मन्त्री गुरुङको भनाई थियो । “यति धेरै सुरक्षाको विचमा पनि तोडफोड तथा आगजनिका घटनाहरु हुनु र नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाले त्यसको रक्षा गर्न नखोज्नुले यो घटना नियोजित भएको प्रष्टै हुन्छ” गुरुङले दावीका साथ भन्नुभयो ।

विदेशीका सामु घुँडा नटेकेका कारण बामपन्थी तथा लोकतान्त्रिक पार्टीहरुलाई निश्तेज पार्नका लागि जेन्जीका नाममा घुसपैठ गरि विध्वंस गरिएको गुरुङको भनाई थियो । अव गणतन्त्रबादी, लोकतन्त्रबादी तथा देशभक्तबादीको सरकार बन्न नसकेमा देश विदेशीको गुलाम बन्ने पूर्व मन्त्री गुरुङको दावी थियो ।

पहिला भ्रष्टचारको तथा सुसासनको नारा दिएर अघि बढ्ने तथा पछि प्रतिगामी काम गरेकोकाले देशले अहिलेको क्षतीबेहोर्नुपरेको भन्दै प्रहरीको लुटिएको हतियार अहिलेसम्म फिर्ता नभएकोले त्यो फिर्ता नगरेसम्म, नेताहरुलाई प क्राउपुर्जी जारी गर्ने यस्तो तरिकाबाट गर्न लागिएको चुनाव स्वीकार्य छैन, गुरुङले भन्नुभयो ।

कार्यक्रममा एमाले पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज जमिन्द्रमान घले, केन्द्रिय अनुसासन आयोगका सदस्य मायानाथ अधिकारी, पार्टी केन्द्रियक कार्यलयका कार्यलय सचिव भिष्म अधिकारी, लमजुङ जिल्ला अध्यक्ष राजकुमार विष्ट, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल लगायतका उपस्थिती रहेको थियो । कार्यक्रम प्रेस चौतारी लमजुङका अध्यक्ष सुरज गुरुङको अध्यक्षतामा भएको थियो भने सचिव खुसीमाया गुरुङले सहजिकरण गर्नुभएको थियो ।

नेकपा एमालेको केन्द्रिय कार्यक्रम अनुसार आज लमजुङ सदरमुकाम बेसीशहरमा जनसभाको आयोजना गरिएको छ । मनाङे चौताराबाट सुरु भएको जुलुस बेसीशहरको सेराबजारमा आएर कोण सभामा परिणत भएको थियो ।