अर्थतन्त्र

पहिरोले जलविद्युत् आयोजना १ कामदारको मृत्यु, ३ जना गम्भीर घाइते

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६, नाइँचे गाउँ नजिकै भीरबाट खसेको पहिरोले लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । । मृत्यु हुनेमा बेसीशहर नगरपालिका वडा नं १० रातमाटे घर भई हाल बेसीशहर ८ बस्ने ४४ वर्षका मनध्वज गुरुङ रहेका छन् । पहिरो लाग्दा गम्भिर घाइते ३ जनालाई उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइते हुनेहरुमाम दोर्दी गाउँपालिका–५ का २२ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रितम लामा… पुरा पढौ

जनैपूर्णिमाको अवसरमा देशव्यापी पूजापाठ र उत्सव

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ। जनैपूर्णिमा हिन्दु धर्मावलम्बीहरूले सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्। बिहानैदेखि हिन्दू धर्मावलम्बीहरूले नदी, ताल, पोखरीमा स्नान गरी पूजाअर्चना गरेका छन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर… पुरा पढौ

कारागारमा झडप, एक जनाको मृत्यु, ४७ जना घाइते

कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । ‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ। दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ… पुरा पढौ

करिव एक महिनापछि एकतर्फी खुल्यो लमजुङको मुख्य बाटो

सुख्खा पहिरो खसेर भत्किएको करिब १ महिनापछि लमजुङ उदिपुरको बाटो एकतर्फी खुलाईएको छ । गत असार २४ बेँसीसहर–डुम्रे सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१, उदीपुर नजिकै अँधेरी खोलामा सुक्खा पहिरो खसेर जोखिम बढेपछि सडक आंशिक बन्द गरिएको थियो । अहिले सडकको तल्लो भागमा जालमा ढुङ्गा भर्ने काम सकिएकाले यातायात सञ्चालनका लागि एकतर्फी बाटो खुलाईएको हो । ग्याविन जाली भरेर बाँकी रहेको खाली ठाउमा कङ्क्रिटले भर्ने र त्यो सेटभएपछि त्यसको केही दिनमा दुईतर्फि बाटो सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनुभयो ।… पुरा पढौ

लमजुङमा खेतीयोग्य जमिन र उत्पादन बर्षेनी घट्दै

लमजुङ जिल्लामा खेतीयोग्य जमिन र उत्पादन बर्षेनी घट्दै गएको छ । कृषि ज्ञान केन्द्रको तत्थ्याङ अनुसार विगतका केही वर्षहरुको तुलना गर्दा क्रमश खेतीयोग्य जमिन घट्दै गएको हो । लमजुङको  ४५ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन मध्ये ९ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोे छ भने गतवर्ष लगभग ३१ हजार १ सय ५८ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७⁄०७८ मा लमजुङमा १४ हजार २ सय ६० हेक्टर जमिनमा धान खेती गरिएको थियो, जसबाट करिब… पुरा पढौ

लिस्नोद्धारा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै नयाँ कार्यसमिति गठन

लिस्नो साहित्यिक मञ्च लमजुङको आठौँ स्थापना साँतौ साधारण सम्पन्न भएको छ । संस्थाले शनिवार बेसीशहरस्थित प्रकृति नारी समाजको भवनमा साहित्यिक कार्यक्रम तथा श्रष्टा सम्मान गरी स्थापना दिवस मनाएको हो । कार्यक्रम सस्थांका अध्यक्ष काजीराम वस्नेतको अध्यक्षता एवं साहित्यकार मातृका खनालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा लिस्नो साहित्यक मञ्चले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । मञ्चले वार्षिक स्रष्ठा तथा कवि सम्मानमा रुद्रनिधि तिवारीलाई सम्मान छ । बेसीशहर नगरपालिका ११ चिति निवासी तिवारीले नेपाली भाषा, कला, साहित्यमा पुर्याउनुभएको योगदानको कदर गर्दै… पुरा पढौ

दोर्दी गाउँपालिकाका सबै नागरिकको निशुल्क स्वास्थ्य विमा

लमजुङको दोर्दी गाउँपालकिाले पालिका भित्र स्थायी रुपमा बसोबास गर्ने नागरिकहरुका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । आइतबारबाट आफ्‌नै लगानीमा पालिकाले बीमा कार्यक्रम सुरुवात गरेको हो । दोर्दी गाउँपालिका भित्र बसोबास गर्ने ४ हजार २५ घरधुरीका २० हजार भन्दा बढी नागरिकको पालिकाले निशुल्क स्वास्थ्य विमा गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । सबै नागरिकको बीमा गर्न १ करोड ५० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । दोर्दी गाउँपालिका भित्र सञ्चालनमा रहेका जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य… पुरा पढौ

गृृह जिल्लामा साम्बालाई सम्मानको ओइरो, फोटो सहित

लामो समयपछि गृह जिल्लामा आएकी राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी साम्बालाई जिल्लामा एकपछि अर्काे सङ्घ संस्थाले सम्मान गरेको छ । सोमबार जिल्ला खेलकुद बिकास समिति लमजुङ, प्याव्सन एवं त्रिवेणी युवाक्लव र मस्र्याङ्दी युवाक्लव, मानव सेवा आश्रम, प्रदेश अस्पताल, जिल्ला कराते संघ लगायतले बेसिशहरमा सम्मान गरेका हुन् । कार्यक्रम ल्याण्डस्टार बोर्डिङ स्कुल, युनिभर्सल एकेडमीका विद्यार्थीहरुलाई समेत लगिएको थियो । बालबालिका फुटवल खेलप्रति निकै आकर्षित हुने हुँदा फुटवल खेलाडी साम्बासगँ भेट गर्न पाउँदा निकै खुशी भएका थिए । विभिन्न ठाउँमा भएका कार्यक्रममा… पुरा पढौ

प्रदेश अस्पताल लमजुङमा इन्डोस्कोपी तथा इको सेवा उदघाटन

प्रदेश अस्पताल लमजुङले दिन थालेको इन्डोस्कोपी तथा इको सेवाको आइतवार औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उक्त सेवाको रिबन काटेर उदघाटन गर्नुभएकोे हो । सुरुमा लमजुङ अस्पताल बेसीशहरको भीमसेन स्थान चोकका एक जना एचएको भरमा सामान्य रुपमा दिइएको थियो अहिले थुप्रै उपकरणहरुका साथ ३० जना डाक्टरले सेवा दिएको कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले बताउनुभयो । यस अस्पताललाई छिटै सय शैयाको बनाउने र सुविधा सम्पन्न भवन निर्माणका लागि प्रदेश सरकारद्वारा रकम समेत विनियोजन… पुरा पढौ

राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाई गाउँपालिकाद्धारा सम्मान

लमजुङको मर्स्याङदी गाउँपालिकाले राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाईे सम्मान गरेको छ । विहिबार गाउँपालिकामा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भण्डारी साम्बालाई सम्मान गरिएको हो । मस्र्याङदी गाउँपालिकाकोे सिम्पानीको पामचोकमा वि.सं. २०५४ जेठ १० गते जन्मनुभएकी सावित्रा भण्डारीले फुटवल खेलको माध्यमबाट गाउँ तथा जिल्लालाई देश विदेशमा चिनाउन सफल भएको भन्दै गाँउपालिकाले सम्मान गरेको पालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’ उपनामले चिनिन्छन्। सानै देखि आफू भन्दा ठूला दाईहरुसगँ फुटवल खेल्न मन पराउने भण्डारीले सन् २०१४… पुरा पढौ