अर्थतन्त्र

पुस १२ गतेबाट सुरु हुने ३३ औँ त्रिवेणी कपको तयारी तिब्र

फाइल फोटो यसबर्ष हुने ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीताको तयारीलाई तिब्र बनाइएको छ । आगामी पुस १२ गतेबाट हुने प्रतियोगीताको तयारी तिब्र पारिएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यतिवेला सहजी स्थित खेलकुद मैदान सम्याउने, सरसफाई गर्ने, आर्थिक सहयोग संकलन गर्ने, प्रचारप्रसार गर्ने लगायतका कार्यहरु भै रहेका छन् । यो वर्ष त्रिवेणी कपमा देशभरबाट १६ टिम भिड्दै छन् । प्रतियोगितामा आयोजक त्रिवेणी, लमजुङ मस्र्याङ्दी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लब भोटेओडार, लाङ्दीदेवी युवा क्लब नाल्मा, लालीगुराँस युवा क्लब… पुरा पढौ

अति प्रभावित क्षेत्रका बासिन्दाको मर्स्याङ्दी बेँसी हाइड्रो बन्नुपर्ने माग

लमजुङको सदरमुकाम क्षेत्र भित्र निर्माण हुन लाागेको ५० मेगावाटको मस्र्याङ्दी बेँसी जलविद्युत आयोजनाको रोकिएको कामलाई तत्काल सञ्चालन गर्नुपर्ने अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका– १० का बासिन्दाले माग गरेका छन् । दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्न लागिएको यस जलविद्युत आयोजनाको काम बेसीशहरबासीको अबरोधका कारण निर्माण कार्य बन्द भएको छ । अति प्रभावित क्षेत्रका बासिन्दाले शुक्रबार प्रमुख जिल्ला अधिकारी र बेसीशहर नगरपालिका प्रमुख समक्ष आयोजना निर्माणको काममा भएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग सहित ध्यानाकर्षणपत्र बुझाएका छन् । उक्त… पुरा पढौ

लक्ष्मीनारायण साकोसको अध्यक्षमा कान्तीदेवी घिमिरे निर्वाचित

लमजुङको बेसीशहरमा महिलाहरुद्धारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा छैटौं अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले कान्तीदेवी घिमिरेको अध्यक्षतामा ७ सदस्यिय नयाँ सञ्चालक समिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मैयाकुमारी श्रेष्ठ, सचिवमा विमला पौडेल, कोषाध्यक्षमा विनिता बोहरा, सदस्यहरुमा, खातुन मिया, कला घिमिरे र सीता गौली रहनुुभएको छ । त्यस्तैगरी लेखा समितिको संयोजकमा अमृता घिमिरे असिम, सदस्यमा रमा न्यौपाने सर्वसम्मत रुपमा चयन हुनुभएको छ । ऋण समितिको सदस्यमा सविता बोहरालाई चयन गरिएको… पुरा पढौ

जनकल्याण साकोसको २८ औं साधारण सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार दनाईगाउँमा रहेको सहकारीको कार्यालय रहेको भवनमा कार्यक्रम गरिएको हो । सहकारीका अध्यक्ष गमबहादुर दनाईको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संस्थाका ज्येष्ठ सेयर सदस्य तथा संस्थापक अध्यक्ष पदमबहादुर घिमिरेको प्रमुख आतित्यथामा भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष दनाईले सहकारीको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारीका कोषाध्यक्ष निर्मला दनाईले आय व्यय प्रतिबदेन र सहकारीका प्रवन्धक सञ्जिव खनियाले लेखा… पुरा पढौ

एक्यापको ३९ औँ वार्षिकोत्सव भुजुङमा भव्य रूपमा सम्पन्न

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ३९औँ वार्षिकोत्सव तथा स्थापना दिवस लमजुङको क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा भव्य रूपमा सम्पन्न भएको छ। एक्याप इलाका संरक्षण कार्यालय भुजुङले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, एक्यापका अधिकारी, सामुदायिक संस्थाका पदाधिकारी, विद्यार्थी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले संरक्षण र विकास एक–अर्काको परिपूरक भएको उल्लेख गर्दै संरक्षणमा सबैको समान सहभागिता आवश्यक रहेको बताए। उनले एक्याप र स्थानीय सरकारबीच कानुनी अधिकारसम्बन्धी केही मुद्दामा उत्पन्न मतभेद चाँडै टुंग्याइने… पुरा पढौ

भीम सुब्बा तामाङ (बाबु साईला) को तेस्रो एकल कला प्रदर्शनी

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कलाकार भीम सुब्बा तामाङ (बाबु साईला) को तेस्रो एकल कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । मर्स्याङ्दी गाउँपालिकामा जन्मिएर कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल कलाकारको प्रचारप्रसार होस् र कलाको सम्मान गर्ने उद्धेश्यले एकल कला प्रदर्शनी गरिएको हो । उक्त कार्यक्रममा कलाकार भीम सुब्बा तामाङ (बाबु साईला) को करिब २ दर्जन सुन्दर, आकर्षक र उत्कृष्ट कलाहरु प्रदर्शन गरेको थियो, जसमा मस्र्याङ्दी गाउँपालिका सहित लमजुङका प्राकृतिक सुन्दरता झल्किने हिमाल, झरना, खोलानाला, पहरा, लगायतको चित्रहरु रहेका थिए ।… पुरा पढौ

सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सहमति

सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन–जी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गरिन् । उनले अहिले भएको सम्झौतापत्र भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, 'यसले संविधान बनाउन गाइड गर्छ । भविष्यमा रक्तपातको आन्दोलन र… पुरा पढौ

रमणिय कर्पुरेश्वर पार्क आन्तरिक पर्यटकको रोजाईमा

लमजुङको बेसीशहर नगरपालिकाको वडा नं. ८ मा बनेको कर्पुरेश्वर पार्क बालबालिका देखि ठुला ब्यक्तिको रोजाईमा पर्ने गरेको छ । सदरमुकाम बेसीशहरमा खुला ठाउँको अभाव रहेको बेला बेसीशहर नगरपालिकाले रमणीय पार्क निर्माण गरेपछि सबैको केन्द्र बनेको हो । बेसीशहरको दनाईफाँटको फेदीमा रहेको सो कर्पुरेश्वर पार्कमा बालबालिकाहरु खेल्नका लागि बाल उद्यान बनाइएको छ भने युवा तथा वृद्धवृद्धाहरुलाई डुल्ने, रमाउन तथा पिकनिक स्पटको रुपमा छनोटमा पर्ने गरेको छ । पार्कको गेट प्रवेश गर्ने वित्तिकै महादेवको बसेको मुर्तीको दर्शन गर्न सकिन्छ । त्यस्तैगरी यो… पुरा पढौ

१७ औं लमजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेसीशहर नगरपालिका प्रथम

१७ औं लमजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेसीशहर नगरपालिका प्रथम हुन सफल भएको छ । मस्र्याङदी गाउँपालिकामा सोमबार सम्पन्न खेलमा बेसीशहर नगरपालिकाले प्रथम हुँदै शिल्ड उचालेको हो । बेसीशहर नगरपालिकाबाट सहभागि खेलाडिहरुले १६ स्वर्ण, ८ रजत, ६ कास्य पदक प्राप्त गर्दै प्रथम भएका हुन् । त्यस्तैगरी ८ स्वर्ण, ११ रजत र ११ कास्य पदक प्राप्त गरी राइनास नगरपालिका द्धितीय भएको छ भने ६ स्वर्ण, ४ रजत र ६ कास्य पदक प्राप्त गरी मध्यनेपाल नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ… पुरा पढौ

गाउँशहर महायज्ञको खर्च कटाएर ५० लाख ४२ हजार रुपैयाँ बचत

बेसीशहर नगरपालिका ३ गाउँशहर स्थित धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थल लमजुङ दरबार र कालिका मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको आम्दानीबाट ५० लाख ४२ हजार रुपैँया बचत भएको छ । मंसिर २ देखि १० गतेसम्म आयोजित महायज्ञमा विभिन्न दाताहरुबाट प्राप्त दान सहयोग ६९ लाख ४२ हजार छ सय २२ र कलश बिक्रीबाट ५६ हजार गरि कूल ६९ लाख ९८ हजार छ सय २२ रुपैयाँ आम्दानी भएको हो । महायज्ञ मूल आयोजक लमजुङ कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन… पुरा पढौ