
विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको आयोजनामा बेँसीशहर नगरपालिका–१ स्थित उदीपुर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
प्रतिष्ठान लमजुङका अध्यक्ष प्रशान्त तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाडोभाका गायिका नन्दमाया दुरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मनोरञ्जन र सांस्कृतिक संरक्षणमा मात्र सीमित नभई वातावरण संरक्षणका अभियानमा पनि सक्रिय रूपमा लागिरहेको बताउनुभयो। हराभरा प्रकृति र स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएकाले गीत–संगीतसँगै पृथ्वी संरक्षणको जिम्मेवारी पनि बहन गर्नुपर्ने उहाँको भनाइ थियो।
‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’का परिकल्पनाकार बासुदेव सेढाईंले पर्यावरण संरक्षण, जैविक विविधताको रक्षा र जिम्मेवार समाज निर्माणका लागि सञ्चालन भइरहेको अभियानमा प्रतिष्ठान लमजुङले सहकार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। साथै, दोहोरी गीत प्रतिष्ठान लमजुङ र अभियानबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै वातावरण संरक्षणका क्षेत्रमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
बेँसीशहर नगरपालिका–१ का वडा अध्यक्ष दुर्गा बहादुर बुढाथोकीले उदीपुर मन्दिर परिसरमा गरिएको वृक्षरोपणले स्थानीय क्षेत्रको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिनुभयो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बलराम श्रेष्ठले मन्दिर परिसरको संरक्षण तथा प्रवर्द्धनका लागि भइरहेका विभिन्न गतिविधिबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा स्थानीय आमा समूहको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
मन्दिर परिसरमा करिब १०० वटा बिरुवा रोपिएको आयोजकले जनाएको छ। वृक्षरोपण सम्पन्न भएपछि सहभागी कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए, जसले विश्व संगीत दिवसलाई थप उल्लासमय बनाएको थियो।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका पदाधिकारी, साहित्यकार तथा अभियन्ता लक्ष्मीप्रसाद मिश्र, अभियन्ता तीर्थ गुरुङ, ‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’का अभियन्ताहरू, मन्दिर व्यवस्थापन समिति, रामचोक भजन समूह, स्थानीय आमा समूह तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठान लमजुङका सचिव चित्र दुराले गर्नु











