अर्थतन्त्र

बालकल्याण मावि स्वर्ण महोत्सवको तयारीमा

लमजुङको बेसीसहर नगरपालिका–२, भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुगेको अवसरमा यही पौष २५ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । स्वर्ण महोत्सवको तयारीसँगै विद्यालयले शुक्रबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी विभिन्न योजना र कार्यक्रमबारे जानकारी दिएको हो । स्वर्ण महोत्सवको तयारी स्वरूप विद्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेसीशहर–२ का वडा अध्यक्ष मदन रानाको संयोजकत्वमा ५ सय ३५ सदस्यीय मूल समारोह समिति, २३ सदस्यीय सल्लाहकार समिति, ३९ सदस्यीय सचिवालय र विभिन्न उपसमितिहरू गठन गरिसकेको छ… पुरा पढौ

लमजुङका किसानहरुलाई अलैंची थन्क्याउने चटारो

लमजुङका अलैंची किसान यतिवेला अलैंची टिप्न ब्यस्त छन् । असोज लागेपछि अलैंची टिप्न योग्य हुुनेभएपछि गाउँभन्दा बाहिर गएर पढ्न र बालबच्चा पढाउन शहर झरेका परिवारका सदस्यहरु पनि अलैंची टिप्न गाउँ गाउँ फर्कीएका छन् । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो। यतिबेला जिल्लाको छिनखोलाल, बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडा लगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका… पुरा पढौ

लमजुङ दरबारको निर्माण कार्य बजेट अभावमा अलपत्र

लमजुङको बेँसीसहर नगरपालिका वडा नं ३ गाउँशहरमा रहेको लमजुङ दरबारको निर्माण रोकिएको छ। २ वर्षमा सक्ने लक्ष्यका साथ पुरानै स्वरुपमा निमार्ण गरिएको दरबारको रकम अभावमा निर्माण कार्यमा ढिलाई भएको हो । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले तीन वर्षअघि पुनर्निर्माण थालेको थियो। बाइसे,चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माणले गति लिन नसक्दा स्थानीय चिन्तित बनेका छन्। स्थानीयले धार्मिक तथा ऐतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताएका छन् ।… पुरा पढौ

घिमिरे कुलायन मन्दिर मर्मतका लागि सहयोग प्राप्त, कुश्माखर घिमिरेको शालिक निर्माण गरिने

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ देउपुजेमा रहेको घिमिरे बन्धुहरुको घिमिरे कुलदेवता गुठी मन्दिर मर्मतका लागि सहयोग प्राप्त भएको छ । हाल विदेशमा रहनुभएका घिमिरेहरुले कुलायन मन्दिरको संरक्षण तथा मर्मतको लागि सहयोग रकम पठाउनुभएको हो । कुलदेवता मन्दिरका लागि बेसीशहरको वडा नं ३ मा घर भई हाल अमेरिकामा रहनुभएको सोमराज घिमिरेले २ लाख दुई हजार २ सय २२ रुपैँया न्यूजिल्याण्डमा रहनुभएकोे बुद्धिसागर घिमिरेले १ लाख २२ हजार २ सय २२ रुपैँया सहयोग प्रदान गनुभएको छ । सो रकमबाट कुलदेबता गुठी… पुरा पढौ

गाउँशहर कालिकाको भव्य पुजाआजा हुँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको अवसरमा गाउँशहर कालिकामा भव्य पुजाआजा गरिएको छ ।लमजुङको वडा नं ३ मा पर्ने गाउँशहर कालिकालाई घटस्थापनाका दिनदेखि विषेश पुजाआजा गर्ने गरिन्छ । दरबार नजिकै रहेको कालिका मन्दिर लमजुङ जिल्लाको प्रमुख शक्तिपीठमध्ये एक हो। स्थानीय मानिसहरू विशेष गरी चैते दशैं, महानवमी र अन्य देवीपूजाको समयमा यहाँ भाकल दिने, पञ्चवली दिई विशेष पूजाअर्चना गर्दछन्। मन्दिरलाई स्थानीयले सुरक्षा र शक्ति दिने देवीस्थानको रूपमा… पुरा पढौ

२२ वर्षिय युवकको हत्या आफ्नै साथीद्धारा हत्या

लमजुङको राइनास नगरपालिका–४, सातबिसेमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको राइनास नगर अस्पतालका सुरक्षा गार्ड अन्दाजी २२ वर्षीय विशाल दाहालको आफ्नै साथीले हत्या गरेको हो । दाहाल आफैं सुत्ने कोठामा आइतबार मृत भेटिएपछि प्रहरी चौकी तिनपिप्लेबाट प्रहरी निरीक्षक राजाराम खतिवडाको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भएका दाहालको टाउकामा पछाडि चोट देखिएको र घोप्टो अवस्थामा रहेको, ढोका बन्द र झ्याल खुला अवस्थामा रहेको देखिएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयमार्फत… पुरा पढौ

मर्स्याङ्दीमा दशैं लक्षित हाटबजार सञ्चालन

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा नजिकिदै गरेको नेपालीहरुको महान् पर्व वडा दशैंलाई लक्षित हाटबजार सञ्चालन गरिएको छ। कृषि तथा पशु हाटबजार सञ्चालन समितिले मस्र्याङ्दी गाउँपालिका ३ खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा हाटबजार सञ्चालन गरेको छ । असोजको १० गते शुक्रबारदेखि सुरु हाटबजार १२ गते सम्म सञ्चालनमा आउने छ । हाटबजारमा किसानले उत्पादन गरेका तरकारी फलफुल, माछा, मासु तथा दशैंका लागि भनेर भेडाबाख्रा समेत बिक्रिका लागि ल्याएका छन् । बजार मुल्य भन्दा केही सस्तो हुने र गाउँठाउँमा उत्पादन भएको अर्गानिक तरकारी… पुरा पढौ

वडा दशैं सुरु, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत… पुरा पढौ

आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा र वास्तु दिवस । स्वर्ग लोक, मत्र्यलोक (मध्य लोक) र पाताल लोक, गरी तीन लोकको निर्माण गरेका भगवान् विश्वकर्मा पूजा वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ। ज्योतिष शास्त्र अनुसार असोज १ गते को दिन मनाउने गरिएको विश्वकर्मा पूजाको दिन सूर्यदेव कन्या राशिमा प्रवेश गर्छन्। विश्वकर्मा पूजा महोत्सव आज कन्या संक्रान्ति, लगायत कार्तिक शुक्ल प्रतिपदा (गोवर्धन पूजा) को दिन पनि मनाउने चलन रहेको पाइन्छ। नेपालमा दसैँको उपलक्षमा महानवमी अर्थात् कालरात्रिको दिन गुप्त पूजा गरी… पुरा पढौ

विद्यालयमा क्यान्सरबारे सचेतना कार्यक्रम

नेपालमा अर्बुद रोग निवारण संस्थाको ४३ औं स्थापना दिवसको अवसरमा क्यान्सर रोगबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । संस्थाको जिल्ला शाखा लमजुङको आयोजनामा बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोब्रह्ममा माध्यमिक विद्यालयमाम सचेतना कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले कार्यक्रमको उदघाटन गर्दै क्यान्सर प्राणघातक रोग भएकाले यो लाग्न नदिनु नै बेस हो र त्यसका लागि हामी सबैले प्रयास गरौं, समयमा स्वास्थ्य जाँच गरौं भन्नुभयो ।सचेतनाका लागि यो कार्यक्रमको आयोजक जस्ता संस्थाले प्रयास… पुरा पढौ