
लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयको आगामी पौष २५ गते मनाउन लागिएको स्वर्ण महोत्सवका अवसरमा आयोजना गरिएको स्वर्ण कोषका लागि हालसम्म नगद १२ लाख ६५ हजार र सहयोग प्राप्त भएको छ ।
त्यस्तैगरी करिव ७ लाख रुपैँया स्वर्ण महोत्सवसम्म सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउने समेतगरी करिब १९ लाख संकलन भएको छ ।
हालसम्म सबैभन्दा धेरै बेसीशहर नगरपालिका–२, भकुण्डे निवासी विद्यालयका संस्थापक तथा आर्थिक संकलन उपसमितिका संयोजक कोषलेन्द्र कंडेलले दुई लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्नु भएको छ । विद्यालयको स्वर्ण महोत्सवका अवसरमा स्थापना गरिएको स्वर्ण कोषका लागि संस्थापक कंडेलले यतिका रकम सहयोग गर्नु भएको हो ।
त्यसैगरी उहाँका तीन छोरीहरु कल्पना, सपना र अञ्जनाले संयुक्त रुपमा ७५ हजार र संस्थापक कंडेलका भाई लिलेन्द्र कंडेलले पनि एक लाख भन्दा बढी सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको विद्यालयका प्रधानाध्यपक विष्णुप्रसाद बरालले जानकारी दिनुभयो । संस्थापक कंडेलले आफ्नो परिवार र अन्यगरी करिब पाँच लाख सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको विद्यालयका प्रधानाध्यपक बरालले बताउनुभयो ।
विद्यालयको स्वर्ण कोष स्थापनाका लागि तिहार अगावै देखी शुरु भएको घरदैलो अभियानकोक्रममा अहिलेसम्म बढी चन्दा रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नेमा संस्थापक कंडेल र कंडेल परिवार रहेको विद्यालयले जनाएको छ ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालले एक लाख ११ हजार एक सय ११ रुपैया र उहाँका भाई एवं बालकल्यण माध्यमिक विद्यालयका शिक्षक बुद्धिसागर बरालले ५० हजार एक सय २५ रुपैया सहयोग गर्नु भएको छ ।
हालसम्म ५० हजार भन्दा बढी सहयोग गर्नेमा स्वर्गीय अर्जुन बहादुर धितालका छोरीहरु निर्मला धिताल (हाल अष्ट्रेलिया) र सोनु धिताल (हाल डेनमार्क) ले बुवाको सम्झनमा ५५ हजार पाँच सय १५ रुपैया सहयो गर्नु भएको छ भने स्वदेश तथा विदेशबाट समेत सहयोग आउनेक्रम जारी रहेको छ ।
तीन समुह बनाएर शुरु गरिएको घरदैलो अभियान र अभियान अगावै स्वर्ण कोषका लागि सहयोग आउनेक्रमम जारी रहेको स्वर्ण महोत्सव मूल समारोह समतिकिा संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन रानाले बताउनुभयो । चरणवद्ध अभियान कात्तिक महिनाभर जारी रहने पनि अध्यक्ष रानाको भनाइ छ ।
विद्यालयले १४ प्रकारका स्किम अघि सार्दै चन्दादातकाको सम्मान र विभुषणका योजना अघि सारेको छ । जसअनुसार एक हजारदेखि १५ लाखभन्दा माथिका दातालाई हुने सम्मानको वर्गीकरण गर्दै १० हजारभन्दा बढी चन्दा दिनेलाई आजिवन सदस्यसमेत प्रदान गर्ने भएको छ ।
विद्यालयले स्वर्ण महोत्सवपछि विद्यालयले दीर्घकालीन रूपमा आफूलाई आधुनिक र अभिभावकको प्राथमिकता हुने शिक्षालयको रूपमा विकास गर्ने लक्ष्यका साथ डिजिटल शिक्षण सिकाइ, शिक्षक सक्षमता विकास, भौतिक पूर्वाधार सुधार, नयाँ भवन निर्माण, पुस्तकालय तथा सभाहल निर्माण, बालउद्यान जस्ता दर्जनौँ योजना अघि सारेकाले त्यसका लागि स्वर्ण कोष स्थापना गर्न घरदैलो अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
स्वर्ण महोत्सवको तयारीस्वरूप विद्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेसीशहर–२ का वडा अध्यक्ष मदन रानाको संयोजकत्वमा ५३५ सदस्यीय मूल समारोह समिति, २३ सदस्यीय सल्लाहकार समिति, ३९ सदस्यीय सचिवालय र विभिन्न उपसमितिहरू गठन गरिसकिएको छ । समारोहमा विविध शैक्षिक, आर्थिक, सांस्कृतिक तथा शिक्षामैत्री कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
वि.सं. २०३२ सालमा स्थापना भएको विद्यालयमा हालसम्म करिब ४ हजार विद्यार्थीले अध्ययन गरिसकेका छन् । तीमध्ये १०२८ जना विद्यार्थीले एसईई÷एसएलसी परीक्षा उत्तीर्ण गरेका छन् भने करिब तीन सय जनाले कक्षा १२ पास गरेर देश तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत छन् ।









