अर्थतन्त्र

२१ सय मिटरको उचाईमा आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कपको आयोजना

लमजुङको क्होलासोथर गाउँपालिकाको घलेगाउँमा आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । अगामी बैशाख १ गतेबाट प्रतियोगिताको बारेमा शनिबार बेसीशहरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । स्मार्ट भिलेजको रुपमा घोषणा भएको घलेगाउँले ग्रामिण पर्यटनको अवधारणा ल्याई पर्यटन प्रवद्र्धनका रुपमा होमस्टे सुरु गरेको २५ औं वर्ष पूरा गरेको अवसरमा यो वर्ष भव्य रुपमा विषेश कार्यक्रमको आयोजना गरेको जानकारी गराइएको छ ।बैशाख १ गतेबाट घलेगाउँ ग्रामिण पर्यटन रजत जयन्ती अन्र्तगत फुटवल लगायत विभिन्न सास्कृतिक कार्यक्रम साताव्यापी रुपमा… पुरा पढौ

प्रदर्शनकारीले लगाएको आगोमा जलेर पत्रकारको मृत्यु

काठमाडौँ — राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ । राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो\भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए । एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश भवनको छतबाट दृश्य खिचिरहेका बेला रजक आगलागीमा परेका थिए।उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए। आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ। उनको शव नचिनिने अवस्थामा… पुरा पढौ

बेसीशहर क्षेत्र सहकारी समन्वय समितिको अध्यक्षमा पूर्णलाल श्रेष्ठ

बेसीशहर क्षेत्र सहकारी समन्वय समितिको अध्यक्षमा पूर्णलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । बिहीबार भएको १३ औं साधारण सभा तथा आठौं अधिवेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठलाई चयन गरिएको हो । त्यस्तैगरी उपाध्यक्षमा हिरा रावल, सचिवमा दिनेश खत्री र कोषाध्यक्षमा सावित्री तामाङ रहनुभएको छ भने लेखा समितिको संयोजकमा प्रिती थापा, सदस्यहरुमा अनिल गुरुङ र हरी थापा चयन हुनुभएको छ । बेसीशहरको आइटारीमा भएको कार्यक्रममा लमजुङ वचत तथा ऋण सहकारी संघका अध्यक्ष महेन्द्रलाल श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रम बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष… पुरा पढौ

गुणस्तरिय पानी उपलव्ध गराउने जिम्मा सरकारको होः खानेपानी मन्त्री यादव

नगारिकलाई सहज रुपमा गुणस्तरीय खाने पानी उपलव्ध गराउने जिम्मामा राज्यको भएको खानेपानी मन्त्री प्रदीप यादवले बताउनुभयको छ । बुधबार बेसीशहर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नागरिकको आधारभूत आवश्यकता तथा स्वस्थ जिवनशैलीको आधार नै खानेपानी रहेको सरकारले प्रत्येक नागरिकलाई सहज रुप्मा शुद्ध खानेपानी उपलव्ध गराउनुपर्ने बताउनुभयो । उहाँले हिमाल, पहाड र तराईका नागरीकलाई स्वच्छ पानी उपलब्ध गराउन संघ सरकार प्रतिबद्ध रहेको रहेको भन्दै बेसीशहरमा भएको संघिय सरकार र स्थानीय उपभोक्ताको सहकार्यमा निमार्ण भएको… पुरा पढौ

१४ औं दिनमा प्रथम खेलकुद तथा साँस्कृतिक महोत्सवको समापन

लमजुङ जिल्लामा पहिलो पटक आयोजना गरिएको लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सोमबार समापन गरिएको छ । गत फागुन ६ गतेबाट सुरु महोत्सवको १४ औं दिनमा समापन गरिएको हो । त्यस्तैगरी महोत्सव अवधीभर भएको विभिन्न खेलकुदका विजेताहरुलाई पनि पुुरस्कार वितरण गरिएको छ । युगल ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका रोहित गुरुङ र सुभाष श्रेष्ठले १५ हजार रुपैया, द्धितीय हुने विनोद गुरुङ र प्रल्हाद बोहराले १० हजार रुपैया प्राप्त गरेका छन् । त्यस्तै कराँते प्रतियोगितामा बेसीशहर नगरपालिकाले ११ स्वर्ण, ५ रजत र ३… पुरा पढौ

कथाः “जन्मदिनको अनमोल उपहार”

सन्देश र रमेश बाल्यकालदेखि गहिरा साथी थिए। तर समयसँगै उनीहरूको सोचाइ फरक हुँदै गयो। रमेश प्रकृतिप्रेमी थियो, उसलाई बन, जंगल, रुख बिरुवासँग निकै माया थियो। सन्देशलाई भने बन फाँडेर काठ बेच्न र पैसा कमाउन मात्र चासो थियो। एक दिन रमेशले भन्यो, “अबदेखि हरेक जन्मदिनमा उपहार किन्ने होइन, एउटा रुख रोप्ने परम्परा बसाल्नुपर्छ। जन्मदिनको सही अर्थ भनेको प्रकृतिलाई केही दिनु हो, लिने होइन।” तर सन्देश हाँस्यो, “रुख रोपेर के फाइदा? म त पैसा कमाएर रमाउँछु।” उसले बन फाँड्न थाल्यो, दिनदिनै काठ… पुरा पढौ

शिवरात्रीमा करापुटार ईशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भिड

नेपालकै मध्य भागमा पर्ने लमजुङको दक्षिण पश्चिममा रहेको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारमा ठुलो मेला लागेको छ । महाशिबरात्री पर्वको अबसरमा इशानेश्वर महादेव मन्दिरमा मेला लागेको हो । काठमाडौको पशुपतिनाथ पछि देशको दोश्रो ठुलो र महत्व बोकेको ईशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दिर परिसरमा शीवरात्रीको अवसरमा धार्मिक मेला लाग्ने गर्दछ । शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका… पुरा पढौ

खेलकुद तथा साँस्कृतिक महोत्सव सुरु, सञ्चारमन्त्री गुरुङद्धारा उद्घाटन

लमजुङ जिल्लामा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सुरु भएको छ । मंगलबार सुरु महोत्सवको नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले सरकारले ल्याएका अध्यादेशहरू ६० दिनभित्र दुबै सदनबाट पारित भएर अघि बढ्ने बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारले ल्याएका अध्यादेश लोक कल्याणकारी भएकाले पारित हुन्छन् । दशकौंका पुराना कानुनहरूले अहिलेको परिस्थितिअनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन… पुरा पढौ

प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव हुने

लमजुङ जिल्लमा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । शनिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आगामी फागुन ६ गते देखि १८ गतेसम्म खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराइएको हो । बेसीशहरको सहजी खेल मैदानमा हुने कार्यक्रममाा छेलो, स्नुकर, कराँते, महिला र पुरुषको छुट्टा छुट्टै भलिवल प्रतियोगिता, तथा आमा समूहको सामुहिक नृत्य प्रतियोगिता तथा विविध साँस्कृति कार्यक्रमको आयोजना गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो । महोत्सवमा १ करोड ४२… पुरा पढौ

सम्झौता मिति भन्दा ६ महिना अघि नै मर्स्याङ्दी गाउँपालिकाको भवन निमार्ण सम्पन्न, सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा संविधान संशोधनको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित भवनको भुलभुलेमा उद्घाटन पश्चात मन्तव्य राख्दै गुरुङ संविधान कार्यान्वयन गर्दा कहाँ समस्या प¥यो, हामी पहिचान गर्छौं र आवश्यक परे संविधान संशोधन गछौं भन्नुभएको हो । १० वर्षभित्र संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्था रहेको भन्दै मन्त्री गुरुङले २०८२ भित्र संविधान संशोधनको गरिसक्ने बताउनुभएको छ । उहाँले प्रतिपक्षसगँ पनि छलफल गरेर राष्ट्रिय सहमतिले नै संविधान संशोधन गरिने बताउनुभयो । लमजुङको मर्स्याङ्दी गाउँपालिका… पुरा पढौ