प्रदेश अस्पताल लमजुङमा विरामीको चाप बढ्दो

-


     सृजना बराल    
     कार्तिक १० गते २०८२ मा प्रकाशित


प्रदेश अस्पताल लमजुङमा यतिबेला विरामीको चाप ह्वातै बढ्को छ । अस्पतालले विभिन्न सेवाहरु थप गरेपछि जिल्ला बाहिर जाने विरामीको संख्यामा कमी भई प्रदेश अस्पतालमै बेसीशहरमा विरामीको संख्या बढेको हो ।

प्रदेश अस्पताल लमजुङले दिनप्रतिदिन आफ्नो सेवाहरु विस्तार गर्दै लगेकाले जिल्ला भित्र र छिमेकी जिल्ला मनाङ, गोर्खा र तनहुँका केही भागका विरामीहरु समेत उपचारको लागि आउने गरेका छन् । गतवर्ष देखि मृगौलाका विरामीहरुलाई डायलासिस सेवा उपलब्ध गराउँदै आएको अस्पतालले एक वर्षको अवधिमा दुर्गम क्षेत्रका नागरिकहरुलाई लक्षित गरी टेलिमेडिसिन सेवा, इन्डस्कोपी सेवा लगायतका सेवा थप गर्दै आएको छ भने पछिल्लो समय दुरविनबाट शल्यक्रिया गर्ने सेवा पनि थप गरेको अस्पताल प्रमुख मेसु शिशिर देवकोटाले बताउनुभयो ।

धेरै सेवाहरु जिल्ला अस्पतालमा नै पाउन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको संख्या पनि ह्वात्तै वृद्धी भएको छ । अहिले दैनिक ४ देखि ५ सयको हाराहारीमा विरामीहरु उपचारका लागि प्रदेश अस्पताल आउने गरेका छन् । अस्पतालमा बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, छालारोग विषेशज्ञ लगायत विभिन्न एक दजर्न भन्दा बढी विषेशज्ञ डाक्टरहरु रहेका छन् ।

प्रदेश अस्पताल लमजुङले आ.व २०८१ ⁄८२ मा गण्डकी प्रदेशमै सबैभन्दा धेरै बढी सेवाग्राहीलाई सेवा दिन सफल भएको छ । यो बर्ष मात्रै अस्पतालले १ लाख १३ हजार ८ सय ३७ जनाको उपचार गरि सेवा प्रदान गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५% ले बृद्वी हो ।

अहिले दैनिक ४ देखि ५ सयको हाराहारीमा विरामीहरु उपचारका लागि प्रदेश अस्पताल आउने गरेका छन् । जिल्ला स्तरको अस्पतालले पनि छोटो समयमाम धेरै सेवा सुविधा थप गरी प्रदेश अस्पतालको सरह सेवा सुविधा दिएकाले दिनप्रतिदिन विरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।

अस्पतालले धेरै सेवा सुविधा थप गरेको कुरा जिल्लाबासीलाई निकै राम्रो भएपनि फार्मेसीमा आवयश्यकता पर्याप्त औषधी तथा कर्मचारी थप गर्नुपर्ने, अस्पतालको ब्लड बैंकमा पर्याप्त मात्रामा रगत उपलब्ध गराउनुपर्ने लगायतका कुराहरुमा थप सुधार गर्नुपर्ने बेसीशहर नगरपालिका ३ की विमला घिमिरे बताउँछिन् ।

प्रदेश अस्पताल लमजुङले दिनप्रतिदिन आफ्नो सेवाहरु विस्तार गर्दै लगेकाले जिल्ला भित्र र छिमेकी जिल्ला मनाङ, गोर्खा र तनहुँका केही भागका विरामीहरु समेत उपचारको लागि आउने गरेका छन् ।