सुन्दरबजारले ल्यायो ६३ करोड १५ लाखको बजेट, शिक्षा र पूर्वाधारमा विशेष जोड

-


     नयाँ दीप    
     असार ९ गते २०८३ मा प्रकाशित


लमजुङको सुन्दरबजार नगरपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि ६३ करोड १५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। १८ औँ नगरसभाबाट सर्वसम्मत रूपमा स्वीकृत उक्त बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वातावरण संरक्षण र प्रविधिमा आधारित सुशासनलाई प्राथमिकताका क्षेत्रका रूपमा समेटिएको छ।

नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार यसअघि प्रस्तुत नीति तथा कार्यक्रमसँग तालमेल मिल्ने गरी बजेट विनियोजन गरिएको छ। नगरपालिकाले चालु खर्चतर्फ ५१ करोड ८८ लाख ४७ हजार रुपैयाँ ९८२.१७ प्रतिशत० र पुँजीगत खर्चतर्फ ११ करोड २६ लाख ५३ हजार रुपैयाँ ९१.८३ प्रतिशत० छुट्याएको छ।

विनियोजनको क्षेत्रगत विवरण हेर्दा सामाजिक विकासमा सबैभन्दा ठूलो हिस्सा राखिएको छ। त्यसपछि सुशासन तथा संस्थागत सुदृढीकरण, पूर्वाधार निर्माण, आर्थिक विकास तथा वन, वातावरण र विपद् व्यवस्थापनका कार्यक्रमका लागि क्रमशः बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

राजस्व व्यवस्थापनका हिसाबले संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँट मुख्य स्रोत रहने अनुमान गरिएको छ। यसका अतिरिक्त प्रदेश सरकारको अनुदान, नगरपालिकाको आन्तरिक आम्दानी, घरजग्गा रजिस्ट्रेशन शुल्क तथा बैंक मौज्दातबाट पनि बजेट व्यवस्थापन गरिने योजना छ।

चालु आर्थिक वर्ष २०८२र०८३ को असार ८ गतेसम्म नगरपालिकाले कुल विनियोजित बजेटको ६३।१३ प्रतिशत खर्च गरिसकेको जनाएको छ। तथ्यांकअनुसार नियमित प्रशासनिक तथा सञ्चालन खर्चको कार्यान्वयन दर पुँजीगत खर्चको तुलनामा उल्लेखनीय रूपमा बढी रहेको छ।