
लमजुङको सदरमुकाम बेसीसहरमा रहेको जिल्ला कारागारमा निर्माणमा ढिलाई भएको छ । गत असार ३२ गते भत्किएको कारागारको पर्खाल जेन्जी आन्दोलनका कारण साँढे २ महिना हुन लाग्दा समेत निर्माण कार्य अघि बढ्न नसकेको हो ।
असार अन्तिममा लगातारको वर्षाका कारण कारागारको भित्र छिर्ने मुख्य गेट नजिकैको पर्खाल पहिरो गएको थियो ।
असुरक्षा भएको भन्दै पहिरो गएको केही दिनमा नै कारागारमा रहेको कैदी वन्दीहरुलाई तनहुँ र कास्कीको कारागरामा पठाईएको थियो ।
प्राविधिकि कार्यालय मार्फत कारागार सङ्घयि सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका प्राविधिकहरुले नापजाँच गरी रिर्पोट तयार गरेका छन् । कारागारको पूरै संरचना निकै जिर्ण अवस्थामा रहकाले यसलाई पुरै भत्काएर बनाउने वा पहिरो गएको ठाउँमा मात्रै मर्मत गर्ने भनेर अझैसम्म यकिन भैसकेको छैन ।
तयार गरिएको रिर्पोट अनुसार कारागारको डिपिआरको लागि मुख्य मन्त्रीको कार्यालय गण्डकी प्रदेशलाई अनुरोध गरि पठाइएको छ भने भवन निर्माणको लागि बजेट विनियोजन गर्न कारागार व्यवस्थापन विभागलाई पत्राचार गरिएको छ ।
कारागार निर्माणका लागि प्रदेश तथा संघमा निरन्तर कुराकानी, छलफल भैरहेको केही प्रगती हुने बेलामा जेन्जी आन्दोेलनका कारण सबै ध्वस्त भएपछि कुनै प्रगती हुन नसकेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
कारागार निर्माणको काम सुरुवात गर्न ढिलाई भएपनि जिल्ला कारागार छिटो निर्माण गरी बाहिर जिल्लामा लगिएका कैदीवन्दीहरुलाई ल्याउन आफूहरु निरन्तर लागि परेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिहं गौतमले बताउनुभयो ।
५४ वर्ष अघी २०२८ सालमा कुन्छाबाट सदरमुकाम सरेर बेसीशहरमा ढुगां र माटोबाट बनाइएको कारागार भवन निकै जर्णि भएको र विगतमा पनि पटक पटक भत्किने गरेकोले जोखिम निकै भएका कारण पनि मर्मत भन्दा नयाँ भवन बनाउन आवश्यक रहेको बताइएको छ ।
साँघुरो भवन भित्र क्षमता भन्दा तेब्बर कैदीवन्दी राख्दा शैचालय, खानेपानी, खेल मैदान र अन्य कामकाजका लागि पनि निकै साघुँरो भई समस्या हुने गरेको कारागारले जनाएको छ ।









