अटो/बजार

सडक दुर्घटनामा परी २ जनाको ज्यान गयो

काठमाडौँबाट लमजुङको बेशीसहरतर्फ आउँदै गरेको माइक्रो बस र बेसीशहरबाट डुम्रे तर्फ जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेशीसहरबाट डुम्रेतर्फ जाँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर तनहुँको कालिमाटिमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कुटरमा सवार अनिता थापा श्रेष्ठ घटनास्थलमै मृत्यु भएको थियो भने माइक्रो बसमा सवार मनाङका एक शिक्षकको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा मृत्यु भएको हो । डुम्रे–बेशीसहर… पुरा पढौ

खोलामा डुबेर बालिकाको मृत्यु

एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । लमजुङको दोर्दी गाउँपालिका–४, नौथर सेरा बस्ने विष्णु तामाङको ५ बर्षीया छोरी रश्मी तामाङको दोर्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । सोमबार बिहान ९ बजेतिर नुहाउनको लागि उनी खोलामा गएकी थिइन् । खोलामा डुबेर घाईते भएपछि उनलाई तत्कालै उपचारका लागि सुन्दरबजार नगरपालिका–९, सिउडीबार स्थित भोटेवडार अस्पताल लगिएको थियो । भोटेवडार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी प्रदेश अस्पताल बेसीशहर लमजुङ ल्याइएकोमा चिकित्सकले उनलाई बिहान ११ बजेर ४० मिनेट… पुरा पढौ

क्व्होलासोथर गाउँपालिकाको विकासमा नागरिकको चासो

लमजुङको क्व्होलासोथार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकले गाउँपालिकाको विकासमा चासो देखाएका छन् । उनीहरुले विकासविना समृद्धि हासिल गर्न नसक्ने भएकाले नागरिकको प्रत्यक्ष सहभागितामा चौतर्फी विकासको योजना बनाएर लागू गर्न गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सुझाव दिए । क्व्होलासोथार गाउँपालिका ७, उपल्लो चरागाउँमा शुक्रबार क्व्होलासोथार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को दोस्रो चौमासिकमा सञ्चालित विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाई आयोजना गरिएको थियो । सार्वजनिक सुनुवाइमा स्थानीयले सडकको सुधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन साथै करलगायतको विषयमा जिज्ञासा… पुरा पढौ

बाहुनडाँडामा देवीथानको पुननिर्माण, बैशाख ५ गते भव्य उद्घाटन गरिने

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं ६ बाहुनडाँडामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वले भरिपूर्ण देवीथानको पुननिर्माण गरिएको छ । विहिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो जानकारी गराइएको हो ।२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको देवीथान पुननिर्माणका लागि स्थानीयले समिति गठन गरि देश विदेशमा रहेका शुभेच्छुक चन्दा संकलन, स्थानीय, प्रदेश तथा संघीय सरकारबाट स्रोत जुटाई आवश्यक भौतिक संरचनाहरु निर्माण गरिएको छ ।हालसम्म देवीथान पुनःनिर्माणका लागि ५६ लाख ९१ हजार १ सय ७० रुपैयाँ खर्च गरिएको छ भने अझै मन्दिर सम्म… पुरा पढौ

गाउँशहरमा बृहत चैते दशैं मेलाको आयोजना

चैत २३ गते परेको चैतेदशैंको अवसरमा ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको लमजुङको गाउँशहरमा चैते दशैंको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ। लमजुङको बेसीशहर नगरपालिका ३ गाउँशहरमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व र जोगाउँदै गाउँशहर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी देश विदेशमा चिनाउन चैतेदशैं मेलाका साथ सांस्कृतिक उत्सव आयोजना गरिएको हो । चैत दशैंको अवसरमा आयोजना गरिएको फूटवल प्रतियोगितामा विहिबार भएको फाइनल खेलमा आयोजक कालिका युवा क्लव गाउँशहर प्रथम भएको छ भने युग परिवर्तनशिल युवा क्लव… पुरा पढौ

पत्रकार सुरेश रजकको हत्याको अनुसन्धान गरी कारबाही गर्न लमजुङ शाखाको माग

नेपाल पत्रकार महासंघ लमजुङ शाखाले आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको गहिरो अनुसन्धान गरी हत्यामा संलग्नहरुलाई फौज्दारी अभियोगमा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले सोमबार प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङमार्फत ध्यानाकर्षण पत्र पेस गर्दै सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन सरकारसंग माग गरेको छ । ध्यानाकर्षण पत्रमा समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा आन्दोलनमा… पुरा पढौ

पत्रकारको विरोध सभा

नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले बेसीशहरको भिमसेनस्थानमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँमा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चार माध्यममा भएको आक्रमणको विरोधमा शनिबारप्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभयो । महासङ्घ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलले पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम चाल्न पनि आग्रह गर्दै सञ्चार… पुरा पढौ

२१ सय मिटरको उचाईमा आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कपको आयोजना

लमजुङको क्होलासोथर गाउँपालिकाको घलेगाउँमा आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । अगामी बैशाख १ गतेबाट प्रतियोगिताको बारेमा शनिबार बेसीशहरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । स्मार्ट भिलेजको रुपमा घोषणा भएको घलेगाउँले ग्रामिण पर्यटनको अवधारणा ल्याई पर्यटन प्रवद्र्धनका रुपमा होमस्टे सुरु गरेको २५ औं वर्ष पूरा गरेको अवसरमा यो वर्ष भव्य रुपमा विषेश कार्यक्रमको आयोजना गरेको जानकारी गराइएको छ ।बैशाख १ गतेबाट घलेगाउँ ग्रामिण पर्यटन रजत जयन्ती अन्र्तगत फुटवल लगायत विभिन्न सास्कृतिक कार्यक्रम साताव्यापी रुपमा… पुरा पढौ

प्रदर्शनकारीले लगाएको आगोमा जलेर पत्रकारको मृत्यु

काठमाडौँ — राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ । राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो\भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए । एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश भवनको छतबाट दृश्य खिचिरहेका बेला रजक आगलागीमा परेका थिए।उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए। आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ। उनको शव नचिनिने अवस्थामा… पुरा पढौ

बेसीशहर क्षेत्र सहकारी समन्वय समितिको अध्यक्षमा पूर्णलाल श्रेष्ठ

बेसीशहर क्षेत्र सहकारी समन्वय समितिको अध्यक्षमा पूर्णलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । बिहीबार भएको १३ औं साधारण सभा तथा आठौं अधिवेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठलाई चयन गरिएको हो । त्यस्तैगरी उपाध्यक्षमा हिरा रावल, सचिवमा दिनेश खत्री र कोषाध्यक्षमा सावित्री तामाङ रहनुभएको छ भने लेखा समितिको संयोजकमा प्रिती थापा, सदस्यहरुमा अनिल गुरुङ र हरी थापा चयन हुनुभएको छ । बेसीशहरको आइटारीमा भएको कार्यक्रममा लमजुङ वचत तथा ऋण सहकारी संघका अध्यक्ष महेन्द्रलाल श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रम बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष… पुरा पढौ