अटो/बजार

बालिका अपहरण गरी भारत लैजादै गर्दा २ जना भारतिय पक्राउ

लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ मा बसोबास गर्ने एक बालिकालाई अपहरण गरी भारत तर्फ लैजाने क्रममा २ जना भारतिय नागरिकलाई प्रकाउ गरिएको छ । बेसीशहर की १४ बर्षिय ३८(११) कुमारीलाई भारत तर्फ लैजादै गर्दा नर्गेश खान र उनकी ४० बर्षिय पत्नी सेख सईतुलालाई नेपाल भारत सिमानामा पक्राउ गरेको हो । भारतको मोतिहारी जिल्ला घोडासान थाना बकुलिया ५ घर भई हाल लमजुङको बेसीशहर वडा नं ७ मा बस्दै आएका दम्पतीले बालिकालाई प्रलोभनमा पारेर ललाई फकाइ अपहरण गरेर लगेको जिल्ला प्रहरी… पुरा पढौ

बुद्ध युवा क्लव भोटेओडार र अभिषेक चर्च रजहर क्वाटरफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३२ औ त्रिवेणी कपको आज बुद्ध युवा क्लव भोटेओडार लमजुङ र अभिषेक चर्च रजहर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुद्ध युवा क्लव भोटेओडार लमजुङले मस्र्याङ्दी युवा क्लव बेसीशहरलाई शुन्यका बिरुद्ध १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । खेल सुरुवातको ३४ औं मिनेटमा बुद्ध युवा क्लव भोटेओडार लमजुङका शिव सुवेदीले गरेको गोलले नै भोटेओडारलाई विजयी बनायो । त्यस्तै दोस्रो खेल अभिषेक चर्च रजहर र सङ्कटा क्लव काठमाडौं बिच भएको थियो । खेल सुरुवातको २८ औं… पुरा पढौ

आयोजक त्रिवेणी युवाक्लव र एन आर. टि. फुटवल क्लव क्वाटरफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारीे त्रिवेणी कपमा आईतबार आयोजक त्रिवेणी युवाक्लव र .एन आर. टि. (न्यू रोड) फुटवल क्लव काठमाडौ विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आजको पहिलो खेल आयोजक त्रिवेणी युवाक्लव बेसीशहरले शुन्यका विरुद्ध २ गोल गर्दै सुन्दरबजार फुटबल क्लव सुन्दरबजार लमजुङलाई हराएको छ । घरेलु मैदानमा खेल्दै त्रिवेणी युवाक्लवका सवि गुरुङले दोस्रो हाफ सुरु भएको १४ औं मिनेटमा र २७ औं मिनेटमा लगातार २ गोल गरेपछि सुन्दरबजारले पराजय भोग्नु पर्यो । त्यस्तै दोस्रो खेल चामे युवाक्लव मनाङ र… पुरा पढौ

त्रिवेणी कपको शनिबारको खेलमा २ टिम क्वाटरफाइनलमा प्रवेश

शुक्रबार देखि लमजुङको सदरमुकाम बेसीशहरमा सुरु भएको त्रिवेणी कपमा शनिबार २ खेल सम्पन्न भएको छ । शनिबारको खेलमा मछिन्द्र क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं विजयी भई क्वाटर फाइनलमा प्रवेश गरेका छन् । खेल पहिलो हाफमा लाली गुराँस युवा क्लवका बिदेशी खेलाडी ग्लोरिले टिमलाई गोल दिलाएका थिए भने खेलको दोस्रो हाफ सुरु भएपछि प्रतिद्वन्दी मछिन्द्र क्लवका अनिल राना मगरले गोल फर्काएपछि खेल बराबरीमा टुङ्गियो र ट्राईबेकरबाट ७ का विरुद्ध ८ गोल गर्दै मछिन्द्र क्लव काठमाडौ विजयी भयो । योसगै… पुरा पढौ

नेपालको स्वाधिनताको रक्षा गर्न सकियो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ: देवप्रसाद गुरुङ

नेपालको स्वाधिनताको रक्षा गर्न सकियो भने मात्रै भ्रष्टाचारको अन्त्य गर्न सकिने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बताउनु भएको छ । नेकपा माओवादी केन्द्र बेसीशहर नगर समितिको दोस्रो अधिवेशनका क्रममा मंगलवार बेसीशहरको भिमसेनस्थान चोकमा भएको खबरदारी सभामा गुरुङले यस्तो बताउनु भएको हो । अहिले बेला न कुबेला संविधान संसोधनका नाममा पश्चगामी मुद्धा उरालेर प्राप्त उपलब्धी माथि हमला गर्ने र द्वन्द्व मञ्चाउने खालका गतिविधि भएका छन् भन्दै यस्ता गतिविधि रोक्न नसके देश थप बर्बादीतिर जाने महासचिव गुरुङले बताउनु भयो ।जनविरोधी क्रियाकलाप,… पुरा पढौ

जनकल्याण माविको वार्षिकोत्सवमा विद्यार्थीहरुद्धारा पञ्चेबाजा बजाई प्रभातफेरी

लमजुङको जिल्लाको बेसीशहर नगरपालिका वडा नं १ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको ७३ औं बार्षिक उत्सवत तथा ४५ औं अभिभावक दिवशको अवसरमा विद्यार्थीहरुले पञ्चेबाजा बजाएर देखाएका छन् । सोमबार विद्यालयको परिषरमा आयोजित कार्यक्रममा आधारभूत तहमा अध्ययनरत बालबालिकाहरुले पञ्चेबाजा सहित झाँकी प्रस्तुत गरेका हुन् । विद्यार्थीहरुलाई पढाईसगै बाजा बजाउने सिप पनि सिकाईको र उनीहरुले सिकेको सिपलाई वार्षिकोत्सवमा प्रर्दशन गरिएको विद्यालयलका प्र.अ सूर्य बहादुर अधिकारीले बताउनुभयो । कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतित्थ्यता तथा उपप्रमुख पद्मा गुरुङको विषेश आतित्थ्यता रहेको… पुरा पढौ

दुई मुद्दामा रवि लामिछानेसँग ३१ करोड रूपैयाँ बिगो दावी

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र सहकारी ठगीतर्फ ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए।… पुरा पढौ

पुस १२ गतेबाट हुने ३२ औं त्रिबेणी कपको तयारी तीब्र, खेल तालिका सार्वजनिक

आगामी पुस १२ गतेबाट सुरु हुने ३२ औं राष्ट्रव्यापी त्रिवेणी कप फुटवल प्रतियोगगिताको तयारी ८० प्रतिशत सकिएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा रहेको त्रिवेणी रङ्गशालामा हुने खेलको लागि तयारीलाई तीब्र बनाईएको हो । सहजी स्थित खेल मैदान परिषरमा १० हजार जनाले हेर्न मिल्ने अस्थायी प्याराफिट निर्माण गरिदै छ भने खेल्ने मैदान सम्याउने, आयोजक तथा प्रायोजकको ब्यानर बनाउने तथा टास्ने काम गरिदैछ । आयोजक त्रिवेणी युवा क्लवले शनिबार नै खेल कार्यतालिका समेत सार्वजनिक गरेको छ । ३२ औं त्रिवेणी कप राष्ट्रब्यापी… पुरा पढौ

रोटरी क्लवद्धारा बालबालिकालाई जाडोको पोसाक वितरण

रोटरी क्लब अफ लमजुङ र रोटरी क्लब अफ भरतपुरको आयोजना र रोट्राक्ट क्लब अफ लमजुङको सह आयोजनामा बालबालिकाहरुलाई जाडोको लुगाहरु वितरण गरिएको छ । बेसीशहर नगरपालिका वडा नं ९ मा रहेको श्री चन्द्र ज्योति आधारभूत बिद्यालय बिम्दाबेसीमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई टिच कार्यक्रम अन्तर्गत रही बिद्यालय पोसाक ट्रयाक सूट, जुत्ता, मोजा, टोपी प्रदान गरिएको हो । कार्यक्रम रोटरी क्लब अफ लमजुङका अध्यक्ष रोटेरियन मुकेश कुँवरको अध्यक्षता र रोटरी क्लब अफ भरतपुरका पुर्व अध्यक्ष डा. इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको… पुरा पढौ

जन्मदिनमा वृक्षारोपण अभियानको स्थापना दिवशमा २ जना पत्रकार सम्मान

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले शनिबार छैटौं बार्षिकोत्सव तथा चौथो स्थापना दिवसका भव्य रुपमा मनाएको छ । अभियान सुरुवातको दिनदेखि प्रचारप्रसार गरी जन्मदिनमा वृक्षरोपण अभियानलाई देश तथा विदेशसम्म फैलाउन सहयोग पु¥याएको भन्दै २ जना पत्रकारलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा नयाँ दीप डट कम कि सम्पादक तथा प्राईम टेलिभिजनको लमजुङ जिल्ला सम्वाददाताको रुपमा कार्यरत सृजना बराल घिमिरेलाई स्व. देवी खनिया वृक्षारोपण स्मृति पुरस्कारबाट र स्वतन्त्र शक्ति साप्ताहिकका सम्पादक कृष्ण बहादुर आलेलाई स्व. प्रतापशाली ईश्वरी पन्त… पुरा पढौ