बेसीशहर क्षेत्र सहकारी समन्वय समितिको अध्यक्षमा पूर्णलाल श्रेष्ठ

-


     भरत बाबु घिमिरे    
     चैत्र ७ गते २०८१ मा प्रकाशित


बेसीशहर क्षेत्र सहकारी समन्वय समितिको अध्यक्षमा पूर्णलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । बिहीबार भएको १३ औं साधारण सभा तथा आठौं अधिवेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठलाई चयन गरिएको हो ।

त्यस्तैगरी उपाध्यक्षमा हिरा रावल, सचिवमा दिनेश खत्री र कोषाध्यक्षमा सावित्री तामाङ रहनुभएको छ भने लेखा समितिको संयोजकमा प्रिती थापा, सदस्यहरुमा अनिल गुरुङ र हरी थापा चयन हुनुभएको छ ।

बेसीशहरको आइटारीमा भएको कार्यक्रममा लमजुङ वचत तथा ऋण सहकारी संघका अध्यक्ष महेन्द्रलाल श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रम बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष ताराराज गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सरोजकुमार दनाईले ४ लाख ७ हजार ७ सय ४१ रुपैया बराबरको आयव्यय विवरणले प्रस्तुत गर्नुभएको थियो भने सचिव हिरा रावलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बेसीशहर क्षेत्र सहकारी समन्वय समितिमा बेसीशहर नगरपालिका भित्रका १९ वटा सहकारी आवद्ध छन् ।