प्रदर्शनकारीले लगाएको आगोमा जलेर पत्रकारको मृत्यु

-


     नयाँ दीप    
     चैत्र १५ गते २०८१ मा प्रकाशित


काठमाडौँ — राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ ।

राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो\भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।

एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश भवनको छतबाट दृश्य खिचिरहेका बेला रजक आगलागीमा परेका थिए।
उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए। आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ।

उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।