अटो/बजार

आज युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टको जन्म वि।सं। १९२३ भदौ कृष्ण कुशे औँसीमा भएको थियो। ३० वर्षको उमेरमा वि।सं। १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन उनको निधन भएको थियो। भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसैसँगै नेपाली पत्रकारिताको विकासको आधारसमेत तयार भएको मानिन्छ। जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत साहित्यिक संस्थाले विभिन्न कार्यक्रम… पुरा पढौ

चितुवा फुत्किएर वनरक्षकलाई आक्रमण, नियन्त्रणका लागि डार्ट टोली पोखराबाट आउँदै

लमजुङमा घाइते अवस्थामा उद्धार गरी डिभिजन वन कार्यालय परिसरमा ल्याइएको चितुवा पिँजडाबाट फुत्किएर आक्रमण गर्दा एक वनरक्षक घाइते भएका छन्। चितुवा कार्यालय परिसरमै रहेपछि बेंसीसहर बजार क्षेत्रमा समेत त्रास बढेको छ। चितुवाको आक्रमणबाट डिभिजन वन कार्यालय लमजुङमा कार्यरत ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका हुन्। चितुवाको आक्रमणबाट उनको देब्रे हात र अनुहारमा चोट लागेको छ। उनको प्रदेश अस्पताल बेंसीसहरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बेंसीसहर नगरपालिका–११ चितीस्थित तिलाहार–कार्कीडाँडा सडकअन्तर्गत धङ खोलामा बिहीबार दिउँसो स्थानीयले अशक्त अवस्थामा चितुवा देखेपछि वडाध्यक्ष… पुरा पढौ

लापसे नियन्त्रणमा यातायात व्यवसायीको पहल, ट्राफिक प्रहरीलाई १० मेडिकल किट

सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन लमजुङ कालिका यातायात सञ्चालक प्रालिले ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण ९लापसे० का १० थान मेडिकल किट उपलब्ध गराएको छ। सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाउने अवस्था नियन्त्रण गर्न परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रालिले उक्त किट सहयोग गरेको हो। बिहीबार आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठले आफ्नै कार्यकक्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीलाई १० थान मेडिकल किट हस्तान्तरण गर्नुभयो। प्राप्त किटमार्फत सवारी चालकले लागुऔषध सेवन गरी… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि बमबहादुर विश्वकर्मा परिवारको १ लाख १० हजार सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि लमजुङका सुनचाँदी व्यवसायी बमबहादुर विश्वकर्मा परिवारले १ लाख १० हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्। जय लक्ष्मी सुनचाँदी पसलका सञ्चालक विश्वकर्मा, उनकी श्रीमती गंगादेवी विश्वकर्मा तथा परिवारका तर्फबाट राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो। सहयोग रकम जम्मा गरेको बैंक भौचर परिवारका तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरिएको विश्वकर्माले जानकारी दिए। देश नै शोकमा डुबेको विपद्को अवस्थामा बाढी तथा पहिरोपीडितलाई केही… पुरा पढौ

जेनजी शहीद दिवसमा गाउँसहर दरबारमा दीप प्रज्वलन

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा घोषणा गरेको छ। सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेंसीशहर नगरपालिका–३ वडा कार्यसमितिले लमजुङको ऐतिहासिक गाउँसहर दरबार परिसरमा दीप प्रज्वलन गरेको छ। दीप प्रज्वलनमार्फत जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो। कार्यक्रममा गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायसँग आग्रहसमेत गरिएको छ। बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा सकुशल… पुरा पढौ

रमिलाको नाम बेपत्ताको सूचीमा सूचिमा सार्वजनिक भएपछि परिवारमा निराशा, ससुरा बुवाको भावुक स्टाटस

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकामध्ये लमजुङकी रमिला भण्डारीको नाम नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो सूचीमा समेत परेपछि परिवारमा पुनः निराशा छाएको छ। मर्स्याङ्दी गाउँपालिका–३, खुदीकी ३४ वर्षीया रमिला भण्डारी माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनामा कार्यरत थिइन्। भदौ १० गते राति आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भएकी हुन्। रमिलाको अवस्था पत्ता लगाउन परिवार र आफन्तले लामो समयदेखि खोजी तथा उद्धारको आशा गरिरहेका थिए। तर, प्राधिकरणले हालै सार्वजनिक गरेको सम्पर्कविहीन कर्मचारीको विवरणमा उनको नामसमेत समावेश भएपछि परिवार… पुरा पढौ

काजकिरिया सुरु भइसकेपछि ११औँ दिनमा चन्द्रिका जीवितै भेटिइन्, टनेलबाट चिनियाँ नागरिकको पनि उद्धार

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएपछि आठ दिनसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेकी ६४ वर्षीया चन्डिका श्रेष्ठ जीवितै भेटिएकी छन्। नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले आनन्द श्रेष्ठको बाढीले पुरिएको घरबाट ४ तले घरको चौथो तलाबाट उहाँकी श्रीमती श्रेष्ठको जीवितै उद्धार भएको छ । सकुशल उद्धार गरेको हो। काजकिरिया चलिरहेकै बेला उनी जीवितै भेटिएपछि परिवारमा अविश्वसनीय खुसी छाएको छ। बाढीपछि हराइरहेकी श्रेष्ठलाई घरभित्रबाट उद्धार गरिएसँगै लामो… पुरा पढौ

त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार, छाउनीमा उपचार हुँदै

काठमाडौं — रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी आएको १०औँ दिन आज बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका कविर महर्जन र सञ्जय साहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ का ३० वर्षीय सञ्जय साह आयोजनाको कन्ट्रोल रुममा एचईपी फोरम्यान (मेकानिकल) का रूपमा कार्यरत थिए। उद्धारपछि सैनिक अधिकारीसँगको कुराकानीमा उनले बाढी आएलगत्तै सबैलाई बाहिर निस्कन आग्रह गरे पनि अरूलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकी सुरुङभित्रै अड्किएको… पुरा पढौ

लमजुङका पसल अब शनिबार पनि खुल्ने

लमजुङमा चाडपर्वलाई लक्षित गर्दै अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहलपहल बढ्ने र दैनिक उपभोग्य वस्तु तथा सेवाको मागसमेत बढ्ने भएकाले सहज आपूर्तिका लागि शनिबार पनि पसल खोल्न आग्रह गरिएको लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ। यसअघि सार्वजनिक बिदाको दिनका रूपमा शनिबार पसल तथा व्यवसाय बन्द हुँदै आएकोमा भदौ २० गते शनिबारदेखि अर्को सूचना जारी नभएसम्म शनिबार पनि व्यवसाय सञ्चालन गर्न संघले जिल्लाका उद्योगी, व्यवसायी तथा उद्यमीलाई आग्रह गरेको छ। संघका अध्यक्ष… पुरा पढौ

बाढीपीडितको उद्धार तथा राहतका लागि बेंसीशहरका दुई संस्थाद्वारा १ लाख रुपैयाँ सहयोग

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लमजुङ बेंसीशहरका दुई सामाजिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग गरेका छन्। बेंसीशहर युथ सोसाइटी सेराले रु.५० हजार र लायन्स क्लब अफ लमजुङ बेंसीशहरले रु.५० हजार गरी कुल रु.१ लाख सहयोग गरेका हुन्। दुवै संस्थाको नेतृत्व गरिरहेका अध्यक्ष रविन श्रेष्ठले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विपद्को समयमा पीडित परिवारलाई… पुरा पढौ