खोलामा डुबेर बालिकाको मृत्यु

-


     नयाँ दीप    
     वैशाख १ गते २०८२ मा प्रकाशित


एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । लमजुङको दोर्दी गाउँपालिका–४, नौथर सेरा बस्ने विष्णु तामाङको ५ बर्षीया छोरी रश्मी तामाङको दोर्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार बिहान ९ बजेतिर नुहाउनको लागि उनी खोलामा गएकी थिइन् । खोलामा डुबेर घाईते भएपछि उनलाई तत्कालै उपचारका लागि सुन्दरबजार नगरपालिका–९, सिउडीबार स्थित भोटेवडार अस्पताल लगिएको थियो ।

भोटेवडार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी प्रदेश अस्पताल बेसीशहर लमजुङ ल्याइएकोमा चिकित्सकले उनलाई बिहान ११ बजेर ४० मिनेट जाँदा मृत घोषणा गरेका थिए ।

खोलामा संगै गएका अन्य २ जना बच्चाहरु भने, सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाहले बताए ।