अटो/बजार

नुवाकोटमा बाढीपीडितको सहारा बन्दै एचडीसीएस, ४५० भन्दा बढीलाई उपचार र मनोसामाजिक परामर्श

नुवाकोेट विदुर । त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतसँगै स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग पुर्‍याउन मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले अभियान सञ्चालन गरिरहेको छ। बाढीका कारण विस्थापित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ५ सय भन्दा बढी घरपरिवारलाई खाद्यान्न, त्रिपाल, कपडा तथा हाइजिन किट वितरण गरिएको एचडीसीएसले जनाएको छ। संस्थाले स्थानीय अस्पताल तथा जनस्वास्थ्य कार्यालयको क्षमता अभिवृद्धिका लागि ह्विलचियर, मास्क, पन्जा, कुर्सी, त्रिपाललगायत स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको छ। त्यसैगरी अस्पतालका निर्देशक हेमन्त श्रेष्ठको नेतृत्वमा ५… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि लमजुङका दम्पतीले गरे ५ लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका एक दम्पतीले ५ लाख रुपैयाँ सहयोग गरेका छन्। बेसीशहर नगरपालिका–१०, सालडाँडाका सुवास भण्डारी र पुष्पा अर्याल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेका हुन्। रोजगारीका क्रममा दुवै जना हाल माल्टामा रहेका छन्। स्थायी घर सालडाँडा भएका भण्डारी दम्पती पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका–११, पार्वतीपुरमा बस्दै आएका छन्। विदेशमा रहे पनि देशमा परेको विपद्को पीडामा साथ दिन आफूहरूले सहयोग गरेको उनीहरूले बताएका… पुरा पढौ

समाचारको प्रभाव : बेसीसहरमा अलपत्र वृद्धको उद्धार, प्रहरीको भूमिकामाथि स्थानीयको प्रश्न

लमजुङको बेसीसहर नगरपालिका–२ बोहराबेसीको अ‍ैसेलुको झाडीमा अलपत्र अवस्थामा फेला परेका ७२ वर्षीय तेजबहादुर गुरुङको बुधबार उद्धार गरिएको छ। गत असोज ३० गतेदेखि घरबाट हराइरहेका गुरुङ मंगलबार साँझ स्थानीयले अलपत्र अवस्थामा फेला पारेका थिए। बोल्नसमेत नसक्ने अवस्थामा भेटिएका गुरुङलाई स्थानीयले खाना खुवाएर राती पुष्पा धितालको घरमा राखेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरी उनको उद्धार तथा व्यवस्थापनका लागि आग्रह गरेका थिए। स्थानीयका अनुसार खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। तर, गुरुङलाई देखेर पनि आवश्यक सहयोग नगरी प्रहरी फर्किएको स्थानीयको गुनासो छ।… पुरा पढौ

आजबाट मनसुन थप सक्रिय हुँदै, लमजुङका जोखिमपूर्ण सडकमा रात्रिकालीन यातायात बन्द

मनसुन प्रणाली थप सक्रिय भएसँगै बाढी तथा पहिरोको जोखिम बढेपछि लमजुङका जोखिमपूर्ण सडक खण्डमा रात्रिकालीन सवारी आवतजावतमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्ला सुरक्षा समिति लमजुङको निर्णयअनुसार जोखिमयुक्त सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ। अविरल वर्षाका कारण पहिरो खस्ने, सडक अवरुद्ध हुने र यात्रुहरू बीच बाटोमै अलपत्र पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको हो। जल तथा मौसम विज्ञान विभागले आज साउन २ गते देखि ५ गते सम्म मनसुन थप सक्रिय हुने… पुरा पढौ

मर्स्याङ्दीमा सडक सुरक्षा सचेतना कार्यक्रम, ब्रेथलाइजर मेसिन हस्तान्तरण

लमजुङको मर्स्याङ्दीमा गाउँपालिकामा सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। मस्र्याङ्दी गाउँपालिकाको आयोजना तथा खुदी युथ र खुदी प्रहरी चौकीको सहकार्यमा सवारी दुर्घटना सम्बन्धी सचेतना कार्यक्रमसँगै ब्रेथलाइजर मेसिन हस्तान्तरण गरिएको हो। मस्र्याङ्दी–९ खुदीस्थित साम्बाचोकमा आयोजित कार्यक्रमका क्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका थिए। उक्त मेसिनले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।… पुरा पढौ

घर तथा पुस्तकालय भवनमा ढुगां प्रहार गर्ने ३ जना पक्राउ

विहिबार राती बेसीशहरका दुर्ई सार्वजनिक महत्वका भवनमा ढुंगा प्रहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १३ गते राती लमजुङको बेसीशहर ८ को सेरामा रहेको लक्ष्मीनारायण पुस्तकालयको भवनमा र पत्रकार गणेश पाण्डेको घरमा ढुंगा प्रहार गर्ने ३ जनालाई प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेमा बेसीशहर ८ मालपोतचोकका १८ वर्षिय आयुष आलेमगर, दोर्दी घर भई बेसिशहर–८ मा बसोबास गर्ने १८ वर्षका प्रदिप तामाङ, र बेसीशहर १० मा बसोबास गर्ने १८ वर्षका योगेश तामाङ रहेका छन् । तीन जनाको… पुरा पढौ

आज तीजको दर खाने दिन

नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। महिला यो दिन माछामासु वाहेक चोखो चिज… पुरा पढौ

ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयद्धारा सामुहिक राखी कार्यक्रम

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन पर्वको अवसरमा रहेका ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्धारा राखी बाध्ने कार्यक्रमको आयोजना गरिएको छ । लमजुङको बेसीशहरमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय शाखामा सामुहिक रक्षा बन्धन राखी बाधिएको हो । कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई शाखाकी प्रमुख राधा भण्डारीले राखी बाँधेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । राखी बाँन्नको लागि शिक्षक, प्राध्यापक, प्रहरी, व्यापारी, लगायत सर्वधारणको बाक्लो उपस्थिति रहेको थियो । जनैपूर्णिमाको दिन राखी बाध्नु भनेको सबै आत्माहरु एकअर्काको भाई भाई भएकोले एक अर्कामा… पुरा पढौ

नगरसभाबाट साँढे ७८ करोड, बजेटसहित ४४ वटा निर्णय स्वीकृत

बेसीशहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ७८ करोड ४८ लाख ७० हजारको बजेट स्वीकृत गरेको छ । नगरपालिकाको आइतबार सम्पन्न नगरसभाको १७ औँ अधिवेशनले यतिका बजेटसहित योजना, नीति र कार्यक्रम स्वीकृत गरेको हो । नगरसभामा उप–प्रमुख पद्मा गुरुङले नगरस्तरीय र वडास्तरीय योजना प्रस्तुत गर्दै चालुतर्फ ४७ करोड ९० लाख र पुँजीगततर्फ ३० करोड ५८ लाख ७० हजार बजेट विनियोजित गर्नुभएकोमा नगरसभाले पारित गरेको हो ।aउपप्रमुख गुरुङले प्रस्तुत बजेटमा राजश्वका विभिन्न शीर्षकबाट २२ करोड ५९ लाख एक हजार र… पुरा पढौ

अपाङ्गता भएका ५३ जनालाई सहायता सामग्री

लमजुङको राइनासमा अपाङ्गता भएका ५३ जनालाई सहायता सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालयको सहयोग र ग्रामीण अपाङ्ग समाज नेपाल राइनासको समन्वयमा शनिबार सहायता सामग्री सहयोग गरिएको हो । राइनास–८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट, सामाजिक विकास कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापा, नेपाल पत्रकार महासंघ लमजुङका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल नेत्रज्योति संघका लमजुङ तथा गोरखाका क्षेत्र अधिकृत प्रेम महर्जनले लगायतले सहायता सामाग्री वितरण गर्नुभएको थियो । अपाङ्गता भएका व्यक्तिको माग बमोजिम ह्विलचियर ७ वटा, सहयोगी लौरी ९ वटा,… पुरा पढौ