
संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, लमजुङ जिल्ला कमिटीले प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचाररत करिब ६० जना बिरामीलाई फलफूल वितरण गरेको छ।

संविधान दिवसलाई सामाजिक सेवामार्फत मनाउने उद्देश्यले शनिबार आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारी, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतको उपस्थिति थियो।
युवा संघ लमजुङका अध्यक्ष प्रदीप घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सचिव विनायक दवाडीले सञ्चालन गरेका थिए।
कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूले अस्पतालमा उपचाररत बिरामीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।









