अटो/बजार

रेडियोले मनायो १८ औं स्थापना दिवश

सामूदायिक विकास तथा सञ्चार केन्द्रद्धारा २०६४ सालमा स्थापना भएको रेडियो मर्स्याङदीले बैशाख १ गते १८ औ स्थापना दिवस शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरी मनाएको छ । रेडियो सञ्चालक समितिका कोषाध्यक्ष एवं रेडियोका निर्देशक मिना गुरुङको अध्यक्षता एवं प्रदेश सभा सदस्य भेषवहादुर पौडेलेको प्रमुख आतिथ्यतामा स्थापना दिवस तथा नयाँ वर्षको २०८१ को शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम भएको हो । स्थापना दिवस तथा नयाँ वर्षको शुभकामना दिदै प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले विभिन्न व्यक्ति र निकायको सहयोगमा १७… पुरा पढौ

नदीमा बेपत्ता भएका आचार्य फेला परेनन्

लमजुङमा मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक जना बेपत्ता भएका छन् । मगंलबार दिउँसो सुन्दरबजार नगरपालिका–९ भोटेवडार फुलबारी नजिकै मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर नन्द बहादुर आचार्य बेपत्ता भएका हुन् । जुम्लाको सिंजा गाउँपालिका–१ घर भई फुलबारी बसेर गलैँचा ब्यापारी गर्दै आएका अन्दाजी ४५ बर्षिय आचार्य सहित उनका ४ जना साथिहरु मिलेर मंगलरबार दिउँसो मर्स्याङ्दी नदीमा नुहाउन गएका थिए । साथिहरुसँग पौडी खेल्ने क्रममा करिब सवा १ बजेतिर उनलाई नदीले बगाएको प्रहरीले जनाएको छ । नदीको बगाएको खवर… पुरा पढौ

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ जना र एक जना स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसहित ३१ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गर्नुभएको थियो । सभामुख कृष्णप्रसाद धितालको समेत हस्ताक्षर गराएर मुख्यमन्त्रीको बहुमत पु¥याएको भन्दै… पुरा पढौ

झाँकी र्‍यालीमा प्रथम, द्धितीय हुने समुहको फोटो फिचर

लमजुङ सदरमुकाम बेसीशहरमा शुक्रबार देखि सुरु भएको ८ औँ लमजुङ महोत्सवको उद्घाटन कार्यक्रममा प्रदर्शन गरिएको झाँकी र्‍यालीमा शान्तिटोल तमु बाबा आमा समुह बेसीशहर ७ प्रथम भएको छ । बेसीशहरको शेरा बजार देखि सुरु भएको झाँकी र्‍यालीमा ७५ समुह सहभागी भएका थिए । झाँकी र्‍यालीमा प्रथम शान्तिटोल तमु बाबा आमा समुह, सहभागी समुह मध्य नेवा गुठी खल बेसीशहर दित्तिय, नेपाल तामाङ घेदुङ लमजुङ तृतीय भएको छ । नेपाल तामाङ घेदुङ लमजुङ तृतीय भएको छ । यसैगरी नेपाल मगर संघ जिल्ला कार्यसमिति… पुरा पढौ

पर्यटकहरुको रोजाइमा राइनासकोट

लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । ऐतिहासिक तथा प्राकृतिक रुपले भरिपूर्ण राइनासकोटमा अन्य सयममा पनि दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । कुनै चाडपर्व वा विषेश होस् अथवा विदाको दिन राइनासकोटमा उल्लेख्य रुपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमाल लगायत १८ ओटा हिमाल देख्न सकिन्छ । नेपालको एकीकरणको शुरूको विन्दुका साथै प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ… पुरा पढौ

सहकारीको ऋण लगेर नतिर्नेलाई कारवाही हुन्छ : मेयर अर्याल

लमजुङमा विभिन्न कार्यक्रमका साथ ६७ औं सहकारी दिवश मनाईएको छ । सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराका साथ मंगलबार सहकारी दिवश मनाइएको हो । बेसीशहर क्षेत्र सहकारी समन्वय समिति लमजुङको आयोजनामा भएको सहकारी दिवशको अवसरमा बेसीशहर नगरपालिका भित्र रहेका सहकारीहरुका संचालक तथा कर्मचारीहरुको मनाङे चौताराबाट निस्किएको ¥याली जिल्ला समन्वयको हलमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथी बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो असवरमा प्रमुख अतिथी अर्यालले सहकारीहरु निती र नियम भन्दा… पुरा पढौ

गाउँशहरमा चैतेदशैं सांस्कृतिक महोत्सवको आयोजना

ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक गन्तब्य लमजुङको गाउँशहरमा यही आउँदो चैतेदशैंमा चैतेदशैं सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । यहि चैत २८ गते देखि बैशाख ४ गते सम्म विभिन्न कार्यक्रम सहितको सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो । गाउँशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदा र पुरातात्विक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सव आयोजना गरिएको हो । चैतेदशैं पर्व नजिकिदै गर्दा तयारी र प्रचारप्रसारलाई तिब्र पारिएको छ । सदरमुकाम बेसीशहरबाट ८ किलोमिटरको दुरीमा रहेको गाउँशहरमा शाहवंशीय राजाहरूको उद्गमस्थल मानिने लमजुुङको… पुरा पढौ

लमजुङ महोत्सवको तयारी तिब्र, राष्ट्रपतीले उद्घाटन गर्ने

आगामी चैत्र २३ गते देखि सुरु हुने आठौँ लमजुङ महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सवको राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ । लमजुङ उद्योग बाणिज्य संघको हलमा आइतबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी ७५ प्रतिशत पुरा भएको जानकारी गराइएको हो । तयारी अन्र्तगत २०१ वटा स्टलहरु सबै बुकिङ भैसकेको, बजार सजावट अन्र्तगत विजुलीका पोलहरुमा झिलिमिली बक्ति जडान गर्ने कार्य भै रहेको, मञ्च व्यवस्थापन, तथा प्रचारप्रसारका कार्यहरु तिब्र रुपमा भै रहेको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष… पुरा पढौ

स्थापना दिवशको अवसरमा पत्रकार महासंघद्धारा फलफूल वितरण

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा लमजुङ शाखाले मानव सेवा आश्रम र आदर्श बाल गृह वेसीशहरमा फलफूल वितरण गरेको छ । मानव सेवा आश्रममा रहेका २६ जना आश्रितहरुका लागि र बाल आश्रममा रहेका १२ जान बालबालिकाहरुका लागि नेपाल पत्रकार महासंघ लमजुङ शाखाले फलफूल वितरण गरेको हो । कार्यक्रम नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य नविनराज कुईकेल, पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, प्रेस यूनियनका उपाध्यक्ष गणेश पाण्डे,… पुरा पढौ

एसईई परीक्षा सुरु, पहिलो दिन लमजुङमा १७ जना अनुपस्थित

माध्यमिक शिक्षा परीक्षा (एसईई) विहिबार देखि सुरु भएको छ । विहिबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण ढंगले सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङले जनाएको छ । पहिलो दिन जिल्ला भर १७ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख विरबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एस्ईई) मा लमजुङका २ हजार ६ सय ७८ जना विद्यार्थीले परीक्षा दिने गरि फारम भरेका थिए । जसमा नियमित साधारणतर्फ २ हजार ४ सय… पुरा पढौ