नदीमा बेपत्ता भएका आचार्य फेला परेनन्

-


     नयाँ दीप    
     चैत्र २७ गते २०८० मा प्रकाशित


लमजुङमा मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक जना बेपत्ता भएका छन् । मगंलबार दिउँसो सुन्दरबजार नगरपालिका–९ भोटेवडार फुलबारी नजिकै मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर नन्द बहादुर आचार्य बेपत्ता भएका हुन् ।

जुम्लाको सिंजा गाउँपालिका–१ घर भई फुलबारी बसेर गलैँचा ब्यापारी गर्दै आएका अन्दाजी ४५ बर्षिय आचार्य सहित उनका ४ जना साथिहरु मिलेर मंगलरबार दिउँसो मर्स्याङ्दी नदीमा नुहाउन गएका थिए । साथिहरुसँग पौडी खेल्ने क्रममा करिब सवा १ बजेतिर उनलाई नदीले बगाएको प्रहरीले जनाएको छ । नदीको बगाएको खवर पाएपछि नै दिनभर खोजि कार्य गरे पनि फेला पार्न नसकिएको प्रहरी निरीक्षक थानेश्वर चापाईले बताउनुभयो ।

आचार्यसगै गएका अन्य ३ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोहि सिंजा गाउँपालिका–१ घर भएका ३४ बर्षिय पूर्णबहादुर राउत, ४२ बर्षिय जनक राउत र ४१ बर्षिय नन्द बहादुर शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।