
लमजुङ सदरमुकाम बेसीशहरमा शुक्रबार देखि सुरु भएको ८ औँ लमजुङ महोत्सवको उद्घाटन कार्यक्रममा प्रदर्शन गरिएको झाँकी र्यालीमा शान्तिटोल तमु बाबा आमा समुह बेसीशहर ७ प्रथम भएको छ । बेसीशहरको शेरा बजार देखि सुरु भएको झाँकी र्यालीमा ७५ समुह सहभागी भएका थिए ।

सहभागी समुह मध्य नेवा गुठी खल बेसीशहर दित्तिय, नेपाल तामाङ घेदुङ लमजुङ तृतीय भएको छ ।

नेपाल तामाङ घेदुङ लमजुङ तृतीय भएको छ ।

यसैगरी नेपाल मगर संघ जिल्ला कार्यसमिति लमजुङ र रामलिला कृष्णलिला परिवार बेसीशहर ६ सान्त्वना भएको छ ।

शुक्रबार देखि सुरु भएको महोत्सव सफल पार्न आ–आफ्नो जातजाति अनुसारको पहिचान झल्कने भेषभुषा र संस्कृती प्रदर्शन गर्दै विभिन्न समुदाय, संघ संस्थाका सदस्यहरु झाँकी र्यालीमा सहभागी भएका थिए ।

सहभागी समुह मध्य उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समुहलाई छनौट गरि प्रथम, दित्तिय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको ८ औँ लमजुङ महोत्सव झाँकी तथा र्याली प्रदर्शन उपसमितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाइका अध्यक्ष अमित कुमार श्रेष्ठले बताउनुभयो । झाँकी र्यालीमा प्रथम, दित्तिय, तृतीय हुने समुहलाई क्रमश नगद १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ, ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

सान्त्वना हुने दुई समुहलाई २५\२५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । झाँकी र्यालीमा सहभागी सवै समुहलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।
झाँकी र्यालीमा विभिन्न जातजाती, धार्मिक प्रतिष्ठान, आमा समुह, युवा क्लव, साँस्कृतिक प्रतिष्ठानहरु, व्यवसायीक संघ संस्थाहरुको सक्रिय सहभागीता रहेको थियो । उनीहरुले आ–आफ्नो पहिचान झल्कने भेषभुषा, साँस्कृतिक प्रस्तुती, प्ले, कार्ड व्यानर, बाजागाजा सहित नाचगान गरि महोत्सव सफलताको कामना गर्दै महोत्सव स्थल सहजी खेल मैदानमा प्रवेश गरेका थिए । झाँकी र्यालीमा १ हजार भन्दा बढी मानिसहरुको सक्रिय सहभागीता रहेको थियो ।
