
लमजुङमा विभिन्न कार्यक्रमका साथ ६७ औं सहकारी दिवश मनाईएको छ । सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराका साथ मंगलबार सहकारी दिवश मनाइएको हो ।
बेसीशहर क्षेत्र सहकारी समन्वय समिति लमजुङको आयोजनामा भएको सहकारी दिवशको अवसरमा बेसीशहर नगरपालिका भित्र रहेका सहकारीहरुका संचालक तथा कर्मचारीहरुको मनाङे चौताराबाट निस्किएको ¥याली जिल्ला समन्वयको हलमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो असवरमा प्रमुख अतिथी अर्यालले सहकारीहरु निती र नियम भन्दा बाहिर गएर संचालन गर्न नहुने बताउनुभयो ।
सहकारीमा धेरै सदस्यहरुबाट थोरै थोरै गरी जम्मा गरेका रकम ऋणको रुपमा लगेर पैसा नतिरी अटेर गर्ने ऋणीहरुलाई, नियम विपरित संचालन गर्ने सहकारीहरुलाई नरपालिकाले पनि अनुगमन गरी कारबाही गर्ने प्रमुख अर्यालको भनाई थियो ।
सहकारीमा जम्मा भएको रकम संचालक वा कर्मचारीको नभई खाइ नखाई जम्मा गरेका सदस्यहरुको रकम भएकाले नियमअनुसार ऋणको साँवा र व्याज तिर्न अनिवार्य तिर्नुपर्ने अर्यालले बताउनुभयो । सहकारीलाई व्यवस्थित गर्ने कुरा सहकारीको मात्रै नभई राज्यको पनि भएको भन्दै स्पष्ट ऐन, कानुन बनाई उचित तरिकाले कार्यन्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उपमेयर पदमा गुरुङको विषेश उपस्थिती रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै नेफ्स्कुनका लेखा सुपरिवेक्षक समितिका संयोजक इन्द्र ज्योति पौडेलले हाल सहकारीमा समस्या देखिनुका कारण र समाधानको उपयाको बारेमा बताउनुभएको थियो ।

त्यस्तै पोखराको नमुना सहकारी रोएल साकोसका सिइओ भिमबहादुर गुरुङले सहकारीका समस्या र समाधानको उपयाका साथमा मिसन २०३० का बारेमा जानकारी गराउनुभएको छ । त्यस्तै जिल्ला भित्रका सहकारी र तिनको अवसस्थाको बारेमा कृषक जागरण साकोसका अध्यक्ष राम दिक्षितले प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो भने मेहेन्दो साकोसका प्रवन्धक सावित्री गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीमा आवद्ध कर्मचारीहरुले आर्कषक विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष ताराराज घलेको अध्यक्षतामा भएको थियो भने सचिव हिरा रावलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।