अटो/बजार

शिवरात्रीको अवसरमा मर्स्याङ्दीमा भलिबल प्रतियोगिता

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा वडा ८ मा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । महाशिवरात्री पर्वको अवसर पारी स्थानीय प्रभात प्रगतिशिल युवा क्लव भगंरी मुल बजारको आयोजनामा भलिवल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा आयोजक प्रभात प्रगतीशिल युवा क्लवले प्रथम स्थान हासिल गरी नगद ३० हजार रुपैया, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । त्यस्तै वडा नं ९ मा रहेको ट्रयाङगल जापनिज ल्याङ्ग्वेज इस्टिच्युट सिम्पानी द्धितिय भई नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।… पुरा पढौ

चैत्र २३ देखि बैशाख ३ गतेसम्म हुने आठौँ लमजुङ महोत्सव हुने

आगामी चैत्रको अन्तिम साता हुने आठौँ लमजुङ महोत्सवको हुने भएको छ । लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा आगामी चैत्रको २३ गतेदेखि बैसाख ३ गतेसम्म हुने लमजुङ महोत्सवको आयोजना गरिएको बिहिबार बेसीशहरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो । जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत क्षेत्रमा लगानी मैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रबद्र्धन गर्ने एवं स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको लमजुङ उद्योग बाणिज्य… पुरा पढौ

लमजुङको तल्लो चिप्लामा आगलागी

लमजुङकाे मर्स्याङ्दी गाउँपालिका-५ तल्लो चिप्लाका लप्टी गुरुङ घलेको घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । तल्लो चिप्लाको गैरीटोलस्थित सिरानमा रहेको घरमा बुधबार राति १० बजेतिर आगलागी भएको हो । आगलागीबाट घरका अन्नबाली, लत्ताकपडा, भाँडाकुँडा, नगद, गरगहना सबै नष्ट भएको पीडितले बताएका छन् । टिनले छाएको २ तले ढुंगामाटोले बनाएको पालीसहितको घर आगलागीबाट पूर्णरुपमा जलेको छ । आगलागीबाट मानवीय क्षति नभएपछि घर र घरभित्रका सबै सामान जलेको वडाअध्यक्ष घनश्याम घलेका बताए ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका… पुरा पढौ

फागुन १३ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु हुने

लमजुङमा आगामी १३ गतेदेखि २७ गतेसम्म दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय लमजुङले यही फागुन १३ देखि २७ गतेसम्म लमजुङमा खोप लगाउने मिति तय भएको जनाएको हो । जिल्लाका स्थानिय तहहरुमा फरक फरक चरणमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण कुमार खनालले जानकारी दिनुभयो । जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका नौ हजार आठसय १५ बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालय प्रमुख खनालका अनुसार पहिलो… पुरा पढौ

ज्येष्ठ नागरिकहरुलाई सम्मान

लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रम गरी वडा भित्रका ८० वर्ष माथिका ४२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । सो अवसरमा साथमा जाडोमा चिसो नलागोस् सहज होस् भनेर एउटा पानी तताउने इलेक्ट्रिक जग र एउटा फाइबर सिरक प्रदान समेत गरिएको छ । वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्ष बस्नेतले ज्येष्ठ नागरिकहरुको सुस्वास्थ्य दिर्घायुको कामना गर्दै उहाँहरु समाजका मार्ग निर्देशक भएकाले… पुरा पढौ

जिल्लाव्यापी विज्ञान प्रर्दशनीमा विद्याज्योति मावि प्रथम

लमजुङमा जिल्लाव्यापी विज्ञान प्रर्दशनी प्रतियोगिताको आयोजना गरिएको छ । बेसीशहरको बालकल्याण माविमा आयोजना गरिएको विज्ञान प्रर्दशनीमा सुन्दरबजार नगरपालिका खहरेको विद्याज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै आदर्श बाल माध्यमिक विद्यालय सुन्दरबजार द्धितीय भएको छ भने ल्याण्डस्टार बोर्डिङ बेसीशहर तृतीय र बालकल्याण मावि भकुन्डे सान्त्वना भएका छन् । विजेता हुने प्रथमले १५ हजार द्धितीयले १३ हजार, तृतीयले ११ हजार र सान्त्वनाले ५ हजार पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको हो ।… पुरा पढौ

अपांग मैत्री लिफ्ट सहितको प्रशासकीय भवन बन्ने

लमजुङको दोर्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । भवनको गाउँपालिका अध्यक्ष श्री युवराज अधिकारीले बुधबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो । राष्ट्रिय योजना आयोग र स्थानीय तहको ५०÷५० को अनुपातमा भवन बन्नेछ । स्थानीय तहको ५० प्रतिशत मध्ये स्थानीय पूर्वाधार(म्इीक्ष्)को १० प्रतिशत र दोर्दी गाउँपालिकाको ४० प्रतिशत मा जम्मा ८ करोड ४४ लाख ४६ हजार ३ सय ६३ रुपैयाँ ८० पैसाको इस्टिमेट गरेर ठेक्का प्रक्रिया अघि बढाइएको छ । प्राविधिक र आर्थिक प्रस्तावमा सवै… पुरा पढौ

शव ल्याउन सहयोग संकलन

यहि माघ महिनाको १७ गते हृदयघातका कारण जापानमा मृत्यु भएका युवराज तमाङको शव नेपाल ल्याउनको लागि सहयोग संकलन सुरु गरिएको छ । उनको शव नेपालमा ल्याउन करिव १४ लाख रुपैया चाहिने हुँदा जापान र लमजुङमा सहयोग संकलन सुरु गरिएको हो ।गतबर्ष मात्रै ऋणधन गरेर जापान पुगेका २२ बर्षिय तामाङको घरको आर्थिक अवस्था कमजोर भएकाले परिवारले सहयोगको अपिल गरेको छ । आवश्यक रकम जति छिटो जम्मा गर्न सक्यो त्यति छिटो तामाङको शव ल्याउन सकिने बताइएको छ । लमजुङको दोर्दी गाँउपालिका वडा… पुरा पढौ

बेसीशहर नगरपालिकाको सार्वजनिक सुनुवाई

लमजुङको बेंसीशहर नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाद्वारा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो अर्धवार्षिकमा भएका स्थानीय विकास निर्माण, सेवा प्रवाह र शासकीय काम कारवाहीका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । बेंसीशहर नगरपालिकाले नगरवासीको आवाज–मेयरको जवाफ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा सहभागीहरुले नरपालिका भित्रका विकास, स्वास्थ्य, शिक्षा लगायतका क्रमका देखिएका र चित्त नबुझेका कुराहरु राखेका थिए । संकलित प्रश्नहरुको जवाफ नगरप्रमुख गुमानसिंह अर्यालले र उपप्रमुख पद्मा गुरुङले दिनुभएको थियो । नगर प्रमुख अर्यालले… पुरा पढौ