
सामूदायिक विकास तथा सञ्चार केन्द्रद्धारा २०६४ सालमा स्थापना भएको रेडियो मर्स्याङदीले बैशाख १ गते १८ औ स्थापना दिवस शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरी मनाएको छ ।
रेडियो सञ्चालक समितिका कोषाध्यक्ष एवं रेडियोका निर्देशक मिना गुरुङको अध्यक्षता एवं प्रदेश सभा सदस्य भेषवहादुर पौडेलेको प्रमुख आतिथ्यतामा स्थापना दिवस तथा नयाँ वर्षको २०८१ को शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम भएको हो ।
स्थापना दिवस तथा नयाँ वर्षको शुभकामना दिदै प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले विभिन्न व्यक्ति र निकायको सहयोगमा १७ वर्ष पुरै गर्दा अबका दिनमा अरुको भर नपरी आफै अघि बढ्न सक्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्नुभयो । संचार क्षेत्रमा व्यक्तिगत र आफू सम्वन्धित सघं सस्थाको तर्फबाट सहयोग गर्न सदा तत्पर रहेको वताउदै उहाँले समग्रमा २०८० निराशाको वर्ष रहेको वताउनुभयो ।
विगतको भूकम्पको प्रभाव कोभिडको असर, रुस युक्रेनको युद्धको प्रभावले आर्थि मन्दी छाएको उहाँको भनाई थियो । यसले हरेक क्षेत्र प्रभावित भएको विशेषगरी व्यवसयि प्रत्यक्ष मारमा परेको र यसको असर व्यवसायिक क्षेत्रसँग निर्भर हुदै आएका मिडियालाई परेको प्रदेशसभा सदस्य पौडेलले वताउनुभयो ।
यस्तो परिस्थती सधै नरहने बाताउदै उहाँले उच्च मनस्थितीका साथ नयाँ जोस जाँगर र इमान्दारिका र काम गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमान सिहं अर्यालले रेडियोको स्थापना दिवस नयाँ वर्षको अवसरमा गतवर्षमा विभिन्न संघ सस्थाले गरेको कामको समिक्षा गर्दै २०८१ मा फेरी हिजोका भुल नदोहोर्याउने, सकारात्मक र अग्रगामी काम गर्नेका लागि प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्ध वहादुर गुरुङ, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघसस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधि व्यापार व्यवसायि, महिला सञ्जाल र आमा समूहका पदाधिकारी, सञ्चारकर्मी लगायतले रेडियो स्थापना दिवस तथा नया वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
सहभागिहरुले सुचना र सन्देश प्रवाह सँगै समाजमा सकरात्मक परिवर्तनका लागि रेडियोले महत्वपूर्ण भूमिका खेलको भन्दै आगामी दिनमा सहयोग र साथ दिने वताएका थिए । रेडियोका स्टेशन प्रमुख सन्देश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्देशक मिना गुरुङले रेडियो स्थापना देखि सम्म सञ्चालन गरेका गतिविधिको बारेमा संक्षिप्त जानकारी सहित स्वागत मन्तव्य राख्नुभएको थियो ।
स्थापना दिवसकै अवसरमा रेडियोले फरक फरक समयमा वालवालिका, युवा, महिला, ज्येष्ठ नागरीकहरु लक्षित छुट्टाछुट्टै कार्यक्रम पनि आयोजना गरेको छ ।
स्थापना दिवसको अवसरमा सामुहिक रुपमा सामाजिक कार्यमा पुर्याएको योगदानकोे कदर गर्दै बेसीशहर ७ को शान्तिटोल आमा समूहलाई सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा रेडियोले प्रत्येक वर्ष क्रियाशिल आमा समूहलाई सम्मान गर्दै आएको छ ।
यसैविच रेडियोले उत्कृष्ट स्रोता सम्मान गरेको छ । स्थापना दिवसमा रेडियोलाई सकरात्मक सुझाव सहित सहयोग प्रदान गर्दै आउनुभएका सुन्दरवजार नगरपालिका वडा नं. ७ निवासी लक्ष्मी प्रसाद मिश्रलाई उत्कृष्ट स्रोताको रुपमा कदर गर्दै खदा, सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको हो । मिश्र सामाजिक कार्य र साहित्यिक क्षेत्रमा क्रियाशिल रहनुभएको छ ।









