Author Archive

बेसीसहर-खुदी सडकमा कालोपत्रेको काम सुरु, गुणस्तरमा प्रश्न

लमजुङको सदरमुकाम बेसीसहर देखि उत्तर तर्फको क्षेत्र जाने सडकमा लामो कालोपत्रेको काम सुरु भएको छ । निकै लामो समयदेखि निमार्ण कार्यमा ढिलाई भएको बेसीशहर खुदी सडकको पिच गर्ने काम सुरु भएको हो । हिमाली जिल्ला मनाङ तर्फ जाने एक मात्रै प्रमुख द्धारको रुपमा रहेको बेसीशहर खुदीको जल्किनी सम्मको ७.८ किलोमिटर सडकमा कालोपत्रे गरिदैछ । गत असार मसान्त सम्ममा नै कालोपत्रे काम सम्पन्न गरिसक्नु पर्ने भएपनि निरन्तर काम नभई ढिलाई भएपछि ०८१ सालको असार मसान्त सम्म निर्माणको लागि म्याद थपिएको थियो… पुरा पढौ

दोषीलाई संरक्षण गरेको भन्दै प्रहरी हिरासतभित्रै अनसन

सहकारीको रकम हिनामिनाको विषयलाई लिएर प्रहरीले पक्राउ गरि हिरासतमा रहेका मिलन शर्मा दनाई अनसनमा बस्नुभएको छ । निर्दाेष व्यक्तिहरुलाई समातेर दुख दिने र संस्थाका रकम हिनामिना गर्ने भनिएका मुख्य आरोपितलाई संरक्षण गरी पक्रन नसकेको भन्दै गत शुक्रबारदेखि दनाईले अनसन सुरु गरेको बताइएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ६ जनालाई गत मंसिर १० गते अनुसन्धानका लागि पक्राउ गरेको थियो । ८ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कालिका सहकारीका पूर्व… पुरा पढौ

जनकल्याण साकोसको २६ औं साधारण सभा ९ औं अधिवेसन सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ दनाई गाउँमा रहेको जनकल्याण बचत तथा ऋण सहहकारी संस्थाको २६ औं साधारण सभा ९ औं अधिवेसन सम्पन्न सम्पन्न भएको छ । शनिबार भएको अधिवेसनले गमबहादुर दनाईको अध्यक्षतामा ९ सदस्यिय कार्य समितिको चयन गरेको छ ।नवगठित समितिको उपाध्यक्षमा बृृजलाल श्रेष्ठ, सचिवमा महेन्द्र दनाई, सहसचिवमा नारायण घिमिरे र कोषाध्यक्षमा निर्मला दनाई निर्वाचित हुनुभएको छ । त्यस्तैगरी सदस्यहरु मन्दिरा दनाई, तारा परियार, श्रीनाथ दुलाल, शान्तादेवि दनाई निर्वाचित हुनुभएको छ । ३ सदस्यिय लेखा समितिको संयोजक बालकृष्ण दनाई,… पुरा पढौ

सुत्केरी मृत्यु प्रकरणमा विज्ञ टोलीले गर्योे छानविन

लमजुङ जिल्ला अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएको घटनाको विषयलाई लिएर लमजुङ आएको उच्च स्तरीय छानविन टोलीले अनुसन्धान गरेको छ । शुक्रबार टोलीले जिल्लाको छानविन तथा अनुसन्धान कार्य सम्पन्न गरेको छ । छानविनका क्रममा पिडित पक्षसगँ, उपचारमा संलग्न डाक्टर, अस्पताल व्यवस्थापन समिति र अस्पतालका मेसु डा. विशाल तिवारीसगँ छुट्टाछुट्टै छलफल गरेको छ । अस्पतालमा गरिएको प्रारम्भिक छानविनमा गर्भवती विकको शल्यक्रिया गाइनोलोजिस्ट डाक्टरले नै गरेकाले उपचारमा कुनै त्रुटि नभेटिएको निर्णय गरेको छ । त्यस्तै अस्पतालमा आइसियु कक्षको व्यवस्था भएको भए उपचारमा… पुरा पढौ

जनताको समस्या सुन्न एमाले अध्यक्ष लमजुङ आउने

यहि मंसिर २२ गते लमजुङको सुन्दरवजारमा एमाले अध्यक्ष केपी ओली सहितका कन्द्रिय पदाधिकारी आउने भएका छन् ।नेकपा एमाले लमजुङले वुधवार बेसिशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कार्यक्रमका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले यही मंसिर १४ गतेदेखि सुरु हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ अन्तर्गत एमाले अध्यक्ष केपी ओली सहितका सम्पूर्ण केन्द्रिय पदाधिकारी सहितको टोली मंसिर २२ गते लमजुङको सुन्दरवजारमा हुने सभालाई सम्बोधन गर्न आउने बताउनुभयो । सो अवसरमा एमालेका निवर्तमान केन्द्रिय सदस्य… पुरा पढौ

लमजुङमा समलिंगी जोडीको विवाह दर्ता

लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिका– २ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका– ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दोर्दी गाउँपालिकामा दर्ता भएको हो । विवाह दर्ता प्रमाणपत्रमा दुलाहको नाम सुरेन्द्र पाण्डे र दुलहीको रामबहादुर गुरुङको नाम उल्लेख गरिएको छ । उनीहरुको लमजुङमा मात्रै भनई नेपालमै पहिलो पटक दर्ता भएको समलिङ्गी विवाह हो । उनीहरुको बुधबार गाउँपालिकाको कार्यलयमा समलिंगीको विवाह दर्ता भएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । राम बहादुर गुरूङको पहिलो विवाह… पुरा पढौ

आमा र शिशुको मृत्यु भएको भन्दै दिनभर अस्पताल तनाबग्रस्त, भयो तीन बुँदे सहमती

शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि लमजुङको जिल्ला अस्पताल बुधबार दिनभर तनाबग्रस्त भयो । पीडितको प्रदर्शनका कारण लमजुङ अस्पताल तनावग्रस्त बनेको हो । लमजुङको मस्र्याङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत्यु भएको छ भने उनको शल्यक्रियाबाट जन्मिएको शिशु मृत अवस्थामा थियो । पीडितपक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाई अस्पतालमा तनाबग्रस्त बनाएपछि जिल्ला प्रसाशनमा बार्ता गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बेसीशहर नगरपालिका… पुरा पढौ

३१ औँ त्रिवेणी कपको पुरस्कार राशीमा एकैपटकमा भारी बृद्धी

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको पुरस्कार राशीमा भारी बृद्धी गरिएको छ । मंगलबार बेसीसहरमा आयोजना गरिएको पत्रकार मम्मेलन यस्तो जानकारी गराइएको हो । गतवर्ष प्रथम पुरस्कार ५ लाख दिएको क्लवले यसवर्ष ३ लाख रुपैया थप गरी त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछन् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १÷१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक… पुरा पढौ

नेकपा एमालेका अध्यक्ष केपि ओली २२ गते लमजुङ आउने

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लमजुङ आउनुहुने भएको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ अन्तर्गत ओली मंसिर २२ गते लमजुङ आइपूग्ने कार्यतालिका रहेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुने भएको छ । सङ्कल्प यात्राका क्रममा ओली २२ गते लमजुङ आइपुग्ने कार्यतालिका रहेको नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उक्त यात्रालाई सफल पार्न नेकपा एमाले लमजुङले जिल्लामा गर्नुपर्ने कामको योजना र जिम्मेवारी निर्धारण गरेको छ । मंगलबार बेसीशहरमा बसेको… पुरा पढौ

सुनचाँदीका गहना बनाउन सिपालु सुन्तलीका सङघर्षका कथा

हसिलो अनुहार कठिन संघर्ष, पछीको सफल महिला व्यबसायीको रुपमा चिनीन सफल व्यक्तित्वकी धनी उनी हुन्, ‘‘सुन्तली सुनार ।” सुनार विगत १५ बर्षदेखि लमजुङ जिल्लाको सदरमुकाम बेसिशहर नगरपालिका वडा नं –८ स्थित सेरा ओेरालोमा सञ्चालित सुन्तली सुनचादी पसलको प्रोपाइटरका रुपमा कृयाशिल रहदै आउनुभएको छ । धेरै समयको कठिन मेहनत पछी सुनारले २०६५ सालमा आफ्नै नाउँमा दर्ता गरेर हाल सम्म संन्चालान गर्दै आउनुभएको हो । तनहुँ जिल्लाको साबिक चोक गाविस ५, हाल भानु १०, अमलटारमा बुबा जीतबहादुर सुनार र आमा अन्नपूर्ण सुनारबाट… पुरा पढौ