Author Archive

आज मध्यरातिदेखि मौन अवधि सुरु, प्रचारप्रसार बन्द

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोग नेपालले स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यका साथ मौन अवधि लागू गरेको जनाएको छ। मौन अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, जुलुस, घरदैलो, भोट माग्ने गतिविधि, पोस्टर–पम्प्लेट वितरण तथा सामाजिक सञ्जालमार्फत गरिने प्रचार–प्रसार पूर्ण रूपमा निषेध गरिएको छ। मतदान केन्द्र आसपास राखिएका प्रचार सामग्रीसमेत हटाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार मौन अवधि उल्लंघन गरेमा निर्वाचन कसुरसम्बन्धी कानुनअनुसार… पुरा पढौ

निर्वाचन सामाग्री बुझेर कर्मचारीहरु केन्द्रतिर लाग्दै

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङ जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने कर्मचारीहरुले नियुक्तिपत्र तथा निर्वाचन सामाग्री बुझेर निर्वाचन केन्द्रतर्फ लागेका छन् । बेसीशहरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीले नियुक्तिपत्र तथा निर्वाचन सामाग्री बुझेका हुन् । निर्वाचन सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न करिब १ हजार १ सय ५२ जना कर्मचारी खटिएका छन्। प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीको व्यवस्था गरिएको छ। केही केन्द्रमा महिला कर्मचारीको… पुरा पढौ

आज रंगहरूको पर्व होली मनाइँदै

आज पहाडी तथा हिमाली जिल्लाहरूमा रगंहरुको पर्व फागु पूर्णिमा अर्थात् होली भव्यताका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउन लागिएको छ । शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य भएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । नेपालका सबै जातजातिले मनाउने होली पर्व पहिलो दिन पहाडी भेगमा मनाउने गरिन्छ भने दोस्रो दिन तराईका क्षेत्रहरूमा मनाइने चलन छ । त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले… पुरा पढौ

सहयोगको याचना गर्दै साम्बाले भनिन्— नेपालको जर्सी लगाएर पुन: मैदानमा फर्कने छु

नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफना उपचारमा सहयोग गर्न सबैलाई अपिल गरेकी छन् । लमजुङमा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगतिामा आफ्नो उत्कृष्ट प्रर्दशन दिँदै आएकी साम्बाले आज सोमबार आफ्नो फेसबुक पेजमा लामो स्टाटस लेख्दै सम्बन्धित निकायले सहयोग नगरेपछि आफूलाई उपचारमा समस्या भएको भन्दै सबैलाई आर्थिक सहयोग गरिदिन अनुरोध गरेकी हुन् ।हेरौं उनको फेसबुक स्टाटस जस्ताको तस्तै, नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको साम्बायहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदान बाहिर… पुरा पढौ

लमजुङ जिल्लामा नमुना मतदान सम्पन्न

लमजुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नमुना (मोडल) मतदान कार्यक्रम सम्पन्न गरिएको छ। मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। शुक्रबार बेसीशहरको फुलबारीमा भएको नमुना मतदान कार्यक्रममा जम्मा मतदाता ९ सय मध्ये ६ सय ९५ उपस्थित भएका थिए। जसमा पुरुष ३ सय जना र महिला ३९५ जनाले मतदान गरेको थिए । जसमा ६० वटा मतपत्रमा छाप नलगाएको पाईएको थियो । जिल्ला निर्वाचन कार्यालय लमजुङले कार्यक्रममा मतदातालाई मतदान प्रक्रिया, मतपत्र… पुरा पढौ

सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने बेसीशहर नगरपालिकाको लक्ष्य

लमजुङको बेसीशहर नगरपालिले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सुरु गरेको छ । कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयका शिक्षकहरुका लागि आधारभूत सूचना प्रविधि तथा एआइ मैत्री शिक्षण सिकाइ सम्बन्धी तालिम दिन सुरु गरेको हो । विद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी विभिन्न विदाको दिन पारेर प्रशिक्षकको रुपमा रहेका शिक्षकहरु विनोद न्यौपाने, सूर्य अधिकारी, रणबहादर खड्का, घनश्याम शर्मा, पुष्पसागर बराल, विष्णु बराल र नगरपालिकाका कर्मचारी रेशम घिमिरे र सुनिल घिमिरेले तालिमको सहजिकरण गर्नुभएको छ । तालिम पश्चात प्रशिक्षकबाट प्रमाण पत्र लिदै यशोब्रह्म माविका प्रअ सूर्यप्रसाद… पुरा पढौ

लमजुङमा करिब १७ सय अस्थायी मतदाताले मत दिने

जिल्ला निर्वाचन कार्यालय लमजुङले एक हजार सात सय १२ जना अस्थायी मतदाताको नामावली सार्वजनिक गरेको छ । कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको हो । संघ र प्रदेश सरकार मातहतका कर्मचारी, सुरक्षाकर्मी अस्थायी मतदाताको रुपमा रहेका छन् भने अस्थायी मतदातालाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले बताउनुभयो। लमजुङमा १३ मतदान अधिकृत, १३ सहायक मतदान अधिकृतसहित एउटा मतदान केन्द्र, सहायक कर्मचारी र स्वयंसेवक ३÷३ जना र एक जना… पुरा पढौ

आज प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले… पुरा पढौ

महाशिबरात्री पर्वमा ईशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भिड

नेपालकै मध्य भागमा पर्ने लमजुङको दक्षिण पश्चिममा रहेको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारमा ठुलो मेला लागेको छ । महाशिबरात्री पर्वको अबसरमा इशानेश्वर महादेव मन्दिरमा ठूलो मेला लागेको हो । महाशिवरात्रीको अबसरमा लाखौं भक्तजनहरु शिवजिलाई दूध चढाउन, बत्ती बाल्न तथा पुजा अर्चनाको लागि पुगेका छन् ।शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा… पुरा पढौ

लमजुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चे स्थित सडक खण्डमा भुजुङबाट कालढुङ्गा तर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जीप दुर्घटना लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छन् भने अन्य ७ जना घाइते छन् । बुधबार बिहान पौने ११ बजेतिर दुर्घटना हुँदा जीपमा सवार भुजुङ बस्ने ७४ बर्षीया मल कुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर रहेकी उनलाई प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा दिउँसो १२ः५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । जीपमा १० जना सवार रहेकोमा अन्य ७… पुरा पढौ