Author Archive

त्रिवेणी कप सुरु, पहिलो खेलमा सुन्दरबजार विजयी

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको ३१ औं संस्करण सुरु भएको छ । सदरमुकाम बेसीशहरको सहजी खेल मैदानमा बिहिवार एक समारोहका बिच गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले रेफ्रिलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभयको हो । उत्घाटन खेलमा आयोजक त्रिवेणी युवा क्लव बेसिशहर र सुन्दरबजार युवा क्लब सुन्दरबजार बिच भएको छ ।खेलमा आयोजक त्रिवेणी युवाक्लव बेसीशहरलाई १ का विरुद्ध ३ गोल गर्दै सुन्दरबजार युवाक्लव सुन्दरबजार विजयी भएको छ । त्रिवेणी कप फुटबल प्रतियोगिताको उत्घाटन कार्यक्रम… पुरा पढौ

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप प्रतियोगीताको तयारी पुरा

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको तयारी पुरा भएको छ । पुस १२ गतेबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यो बर्ष नेपाल आर्मी क्लब र र महेन्द्र पुलिस क्लब सहित देशभरका २१ टिमले खेलमा सहभागिता जनाउने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । खेलको तयारीका लागि मैदान सम्याउने, दर्शकका लागि बसेर हेर्न मिल्ने प्याराफिटको ब्यवस्था मिलाउने, मञ्च निर्माण गर्ने, टिम दर्ता गर्ने लगायतका सम्पूर्ण काम सम्पन्न भएको अध्यक्ष… पुरा पढौ

अत्याधिक चिसोले मनाङ रित्तिदै

अत्यधिक चिसो बढेपछि हिमाली जिल्ला मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको माथिल्लो भेगबाट चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेकाले बस्ती रित्तिँदै गएको हो । चिसोले जमेपछि खोलानालाको पानीसमेत जम्ने र धारामा समेत पानी आउन छाडेको छ । चिसो बढेपछि माथिल्लो मनाङको नार्पा भूमि गाउँपालिकाको कार्यालय पनि अस्थायी रूपमा सदरमुकाम चामेबाट सञ्चालन गरिएको छ । गाउँपालिकाका सबै वडा सदरमुकाम चामेबाट सञ्चालन गरिएको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । चिसो बढेपछि चक्रीय अन्नपूर्ण पदयात्रामा आउने पर्यटक घटेका छन् । केही दिनदेखि… पुरा पढौ

२०८० को दशक तीव्र विकासको दशक हुने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए । ’यस वर्ष सात सय ७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ भने पाँच सय ८७ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ, यसै अवधिमा एक सय ८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको छ, थप एक लाख ६२ हजार सुरक्षित… पुरा पढौ

वीर भक्ति माविको वार्षिकोत्सवमा राजु परियारको भव्य साङ्गेतिक प्रस्तुती

लमजुङको राइनास नगरपालिका वडा नं ८ मा रहेका वीर भक्ति माध्यमिक विध्यालयले ५६ औँ वार्षिकोत्सव तथा ५० औँ अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी राइनास नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरुङको प्रमुख आतित्थ्यथामा भएको थियो । बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथी गुरुङले पछिल्लो समयमा सामुदायिक विद्यालयमा विध्यार्थीको आकर्षण बढ्दै गएको बताउदै उनले सामुदायिक विद्यालयमा राजनीतिक प्रतिशोध भने साध्न नहुने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नुरमहमद मियाँले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो… पुरा पढौ

अपाङ्गता भएकी युवतीलाई जबरजस्ती गर्ने एक पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले २२ बर्षिय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । शारीरिक अपाङ्गता भएकी युवतीमाथी जबरजस्ती गरेको अभियोगमा उक्त पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ७ बस्ने ५२ बर्षका शेरबहादुर भाट रहेका छन् । अभियुक्त भाटले सो युवतीलाई दिउँसो घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई मंसिर २४ गते आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जवरजस्ती करणी गर्ने उद्योगमा अदालतबाट ७… पुरा पढौ

विद्यार्थीहरुलाई पोषाक सहयोग

लमजुङको बेसीशहर – ११ रामचोकबेसी स्थायी घर भई हाल अष्ट्रेलियामा रहनुभएका नमुना सेढाईले दोर्दी गाउँपालिका वडा नं – ३ मा रहेको भंगेरी प्राथमिक विद्यायका ४७ जना विद्यार्थीहरुलाई पोषाक सहयोग गर्नुभएको छ । विद्यार्थीहरुलाई ट्रयाटसुट र टिसर्ट सेट ५६ हजार ३ सय रुपैँया बराबरको पोषाक सहयोग गर्नुभएको छ । बुबा ईश्वरराज सेढाई उक्त विद्यालयको पुर्ब शिक्षक हुनुहुन्थ्यो भने उहाँको आमा निर्मला सेढाई (कंडेल) उक्त विद्यालयमै हाल कार्यरत गराई रहनुभएको छ । बुबा आमाले पढाउनु भएको विद्यालय भएकोले र जाडोमा विद्यार्थीहरुलाई केही… पुरा पढौ

मोटरसाइकल चोरी गरी फरार रहेका युवाहरु पक्राउ

लमजुङबाट मोटरसाईकल चोरेर फरार रहेका दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–८ बस्ने १९ बर्षिय बिसाल कुमाल र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ बस्ने बर्ष २४ अनिष बानिया रहेका छन् । उनीहरुले सुन्दरबजार नगरपालिका–९ स्थित युवराज गुरुङले आफ्नो कोठा अगाडी पार्किङ गरी राखेको प्रदेश ०३–०२, ००६ प २७६१ नम्वरको २०० सीसी एनएस पल्सर मोटरसाईकल चोरी गरी फरार थिए । दुधपोखरी गाउँपालिका –३ बस्ने ३३ बर्षिय श्याम गुरुङको नाममा रहेको उक्त मोटरसाईकल चोरी भएको उजुरी पश्चात प्रहरीले अनुसन्धान… पुरा पढौ

पैसा लिएर वडाध्यक्षको हत्या गर्नका लागि बन्यो योजना

लमजुङको एक वडाध्यक्षलाई हत्या गर्नको लागि योजना बनेको खुलासा भएको छ । मध्यनेपाल नगरपालिका वडा नं १ का वडाध्यक्ष सुदीप थापालाई हत्या गर्ने योजना बनेको पत्ता लागेको शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । वडाध्यक्ष थापाको विरुद्धमा आफ्नै गाउँका नाताले काका पर्ने बाबुराम थापा र नाताले भाई उनका छोरा सागर थापाले आफ्नो ज्यान मार्नको लागि योजना बनाइएको पत्रकार सम्मेलनमा वडाध्यक्ष थापाले बताउनुभएको छ । पत्रकार भेटघाट कार्यक्रममा जिता गाउँको ४⁄ ५ घरमा लगातार सुनका गहना चोरी घटना हुन… पुरा पढौ

७ वर्ष अघिदेखि साङ्लोमा बाँधिएका मेघराजको उद्धार

लमजुङको दुधपोखरी गाउँपालिकामा विगत ७ वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएर साङ्लोमा बाँधिएका मेघराज गुरुङको उद्धार गरिएको छ । मानवसेवा आश्रम बेसीशहर शाखाले बुधबार ३० वर्षिय गुरुङलाई साङ्लो मुक्त गरी उद्धार गरेर बेसीशहर ल्याएको हो ।गोर्खा जिल्लाको अजिरकोट गाउँपालिका २ केप्रुङ घर भएका गुरुङ दुधपोखरी गाउँपालिका वडा नं २ भूम्लीचोक मावली घरमा रहेका थिए । उनी सानै हुँदा बाबु बेपत्ता भएका कारण उनकी आमाले उनलाई लिएर माइत आइन् र उनीहरु त्यही बस्न थाले ।हुँर्कदै गएका गुरुङ कमाउनको लागि कतार गए र… पुरा पढौ