३१ औँ त्रिवेणी कपको पुरस्कार राशीमा एकैपटकमा भारी बृद्धी

-


     भरत बाबु घिमिरे    
     मंसिर १२ गते २०८० मा प्रकाशित


लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको पुरस्कार राशीमा भारी बृद्धी गरिएको छ । मंगलबार बेसीसहरमा आयोजना गरिएको पत्रकार मम्मेलन यस्तो जानकारी गराइएको हो ।

गतवर्ष प्रथम पुरस्कार ५ लाख दिएको क्लवले यसवर्ष ३ लाख रुपैया थप गरी त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछन् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १÷१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०÷२० हजार रुपैयाँ पाउनेछन् भने सेमिफाइनल पछिका खेलहरुमा उत्कृष्ट खेलाडी छनोट गरी पुरस्कृत पनि गरिने बताइएको छ ।

आगामी पुस १२ गतेबाट सुरु हुने प्रतियोगिताको टिम दर्ता शुल्क २० हजार रुपैयाँ राखिएको छ ।

जिल्लामा फुटवल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन, खेल पर्यटनको बृद्धि गर्ने लगायतका उद्देश्यले प्रतियोगीता सञ्चालन गरीएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगीता सञ्चालनका लागी ४७ लाख १० हजार अनुमानित खर्च हुने जनाएको छ ।
१६ देखि २० टिमको सहभागिता हुने अनुमान गरिएको त्रिवेणी कपको ३१ औं संस्करणको प्रतियोगीता बेसीशहर स्थित सहजी खेल मैदानमा सञ्चालन हुनेछ् ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सभा सदस्य माननिय भेषबहादुर पौडेलेको समेत उपस्थिती रहेको थियो । जिल्ला देखि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलाडीहरु समेत सहभागी हुने त्रिवेणी कप लमजुङ जिल्लाको फूटबल खेलमा कोशेढुगांको भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले खेलको सफलताको लागि प्रदेश सरकारले समेत सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा त्रिवेणी क्लवका पूर्व अध्यक्ष कृष्णबहादुर अधिकारी, सिजन श्रेष्ठ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा लगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।

पुस १५ गते तमु ल्होसारको दिन क्लवले बेसीशहरको घलेगाउँ चोक देखि मनाङे चौतारासम्मको मुख्य सडकमा फूड फेस्टिबलको (खाना महोत्सब) समेत गर्ने जनाएको छ ।

कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति गठन गरी तयारी तिब्र पारिएको क्लवका पूर्व अध्यक्ष सिजन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा क्लवका सचिव प्रविण वाग्लेले सहजिकरण गर्नुभएको थियो ।