
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लमजुङ आउनुहुने भएको छ ।
‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ अन्तर्गत ओली मंसिर २२ गते लमजुङ आइपूग्ने कार्यतालिका रहेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुने भएको छ ।
सङ्कल्प यात्राका क्रममा ओली २२ गते लमजुङ आइपुग्ने कार्यतालिका रहेको नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उक्त यात्रालाई सफल पार्न नेकपा एमाले लमजुङले जिल्लामा गर्नुपर्ने कामको योजना र जिम्मेवारी निर्धारण गरेको छ । मंगलबार बेसीशहरमा बसेको नेकपा एमाले लमजुङको बिस्तारित बैठकले विभिन्न जिम्मेवारी तोकेको छ । उक्त यात्राका लागि जिल्लामा दुई वटा स्वागतद्धार निर्माण गर्ने निर्णय गरिएको नेकपा एमाले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार मध्यनेपाल ७ रामबजार र सुन्दरबजार प्रवेसद्धारमा स्वागत गेट निर्माण गरिने छ । सुन्दरबजारमा जनसभाको तयारी गर्ने निर्णय गरिएको अधिकारीले बताउनुभयो । उक्त कार्यक्रममा लमजुङको पहिचान झल्किने विभिन्न साँस्कृतिक झाँकी तथा नारा जुलुसको तयारी गरिएको छ ।
लमजुङको कृषि उत्पादन, जडिवुटी तथा घरेलु उद्योगहरुको प्रदर्सनी स्टल समेत राखीने छ । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको एमाले जिल्ला सचिव सुभाष पौडेलले बताउनुभयो ।
गोवर्धन गौलीको संयोजकत्वमा खाना व्यवस्थापन उपसमिति, लोकराज पाण्डेको संयोजकत्वमा मञ्च तयारी उपसमिति, सुर्यप्रसाद गुरुङको संयोजकत्वमा घरेलु उद्योग तथा कृषि उत्पादन प्रदर्सनी उपसमिति, यसोदा रिमालको संयोजकत्वमा खाद्यन्न संकलन तथा व्यवस्थापन उपसमिति, शुभाष पौडेलको संयोजकत्वमा जनपरिचालन उपसमिति, योग बहादुर गुरुङको संयोजकत्वमा मोटरसाइकल स्कटिङ उपसमिति, भवानी के.सीको संयोजकत्वमा फुलमाला संकलन तथा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
जित बहादुर गुरुङको संयोजकत्वमा झाँकी तथा साँस्कृतिक उपसमिति, विवश वुढाथोकीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, गठन गरिएको छ । अभियान अन्तर्गत विकासका समस्या पहिचान गर्दै समृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेले जनाएको छ । अभियान अन्तर्गत एमालेले जनतासँग संवाद गर्दै उनीहरुका कुरा समेत सुन्ने भएको छ ।
मंगलबारको बैठकले पालिका कमिटिको बैठकको मिति निर्धारण गरेको छ । मंसिर १४ गते राइनास नगरपालिका, १६ मस्र्याङ्दी गाउँपालिका, क्व्होलासोँथार गाउँपालिका मध्यनेपाल नगरपालिका, १७ गते दोर्दी र मस्र्याङ्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका कमिटिको बैठक तय गरिएको सचिव पौडेलले बताउनुभयो ।