
लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ दनाई गाउँमा रहेको जनकल्याण बचत तथा ऋण सहहकारी संस्थाको २६ औं साधारण सभा ९ औं अधिवेसन सम्पन्न सम्पन्न भएको छ ।
शनिबार भएको अधिवेसनले गमबहादुर दनाईको अध्यक्षतामा ९ सदस्यिय कार्य समितिको चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा बृृजलाल श्रेष्ठ, सचिवमा महेन्द्र दनाई, सहसचिवमा नारायण घिमिरे र कोषाध्यक्षमा निर्मला दनाई निर्वाचित हुनुभएको छ । त्यस्तैगरी सदस्यहरु मन्दिरा दनाई, तारा परियार, श्रीनाथ दुलाल, शान्तादेवि दनाई निर्वाचित हुनुभएको छ ।
३ सदस्यिय लेखा समितिको संयोजक बालकृष्ण दनाई, सदस्यहरु रामबहादुर परियार र तुल्सी भुजेल निर्वाचित हुनभएको छ ।
कार्यक्रम वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर दनाईको प्रमुख आतित्थ्यतामा भएको थियो भने विषेश अतिथि संस्थापक अध्यक्ष पदमबहादुर घिमिरे रहनुभएको थियो ।
कार्यक्रममा कुल ३ करोड ४० लाख ८ सय ३८ रुपँैया बार्षिक कारोबार भएको र यो वर्षको कुल नाफा ५ लाख ५४ हजार ५ सय ४ रहेको जानकारी गराइएको थियो । संस्थाको हालसम्म जम्मा सेयर ३५ लाख ९२ हजार ५ सय रहेको छ भने ६ सय १३ जना सदस्य सेयर सदस्यहरु रहेका छन् ।
साकोसका अध्यक्ष करुण दनाईको अध्यक्षतामा भएको भएको कार्यक्रममा संस्थाका सल्लाहकार अम्विका प्रसाद घिमिरे, यशोब्रह्म माध्यमिक विद्यालयका प्रअ सूर्यप्रसाद बराल, श्रीनाथ दुलाल, नेफ्स्कुनका प्रतिनिधी सन्देश घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सेयर सदस्य पार्वती घिमिरेले सहकारी सम्वन्धी कविता बाचन गर्नुभएको थियो ।
सहकारीबाट ऋण लगेर समयमा तिर्ने असल ऋणी २ जना शान्ता दनाई र विष्णुमाया श्रेष्ठ, उत्कृष्ट बचतकतामा गंगादत्त दनाई र अमृता बराललाई, बाल बचतमा २ जना सन्ध्या अधिकारी र रोहन श्रेष्ठ, संस्थाबाट ऋण लगेर राम्रो कृषि व्यवसाय संचालन गरेको भन्दै २ जना लक्ष्मी थापा र कल्पना घिमिरेलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।