Author Archive

७ वर्ष अघिदेखि साङ्लोमा बाँधिएका मेघराजको उद्धार

लमजुङको दुधपोखरी गाउँपालिकामा विगत ७ वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएर साङ्लोमा बाँधिएका मेघराज गुरुङको उद्धार गरिएको छ । मानवसेवा आश्रम लमजुङ बेसीशहर शाखाले बुधबार ३० वर्षिय गुरुङलाई साङ्लो मुक्त गरी उद्धार गरेर बेसीशहर ल्याएको हो । गोर्खा जिल्लाको अजिरकोट गाउँपालिका २ केप्रुङ घर भएका गुरुङ दुधपोखरी गाउँपालिका वडा नं २ भूम्लीचोक मावली घरमा रहेका थिए । उनी सानै हुँदा बाबु बेपत्ता भएका कारण उनकी आमाले उनलाई लिएर माइत आइन् र उनीहरु त्यही बस्न थाले ।हुँर्कदै गएका गुरुङ कमाउनको लागि कतार… पुरा पढौ

जलवायु परिवर्तनको प्रभाव रोक्न जन्मदिनमा वृक्षारोपण अभियान महत्वपूर्ण : प्रधानमन्त्री

जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गर्न जन्मदिनमा वृक्षारोपण अभियानले महत्वपूर्ण भुमिका खेल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बताउनुभएको छ । मंसिर २६ गते आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा वृक्षरोपण गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । जलवायु परिवर्तनको प्रभाव रोक्न यसको ठुलो भुमिका रहने भएकोले अभियान प्रति आफ्नो साथ सहयोग र समर्थन रहने उहाँले बताउनुभयो । आफ्नो जन्मदिनको अवसरमा रुद्राक्षको विरुवा रोप्दै दाहालले जन्मदिनमा वृक्षरोपण अभियान प्रती ऐक्यबद्धता जनाउनुभयो । जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार बासुदेव सेढाईले अभियानबारे जानकारी गराउनुभएको थियोे… पुरा पढौ

चौँथो मेयर कपको उपाधी बेसीशहर १ उदिपुरको पोल्टामा

लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरिएको चौँथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नं. १ उदिपूर को टिमले हात पारेको छ । सहजी खेल मैदानमा आईतबार भएको फाइनल खेलमा वडा नं. १ उदिपूरले वडा नं. १० लाई ३–२ गोल अन्तरले हराउँदै चौँथो मेयर कप २०८० वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो । बेसीशहर १० बाँझाखेतले भने उपविजेतामा चित्त वुझाएको छ । विजेता वडा नं. १ उलिपूरलेले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।… पुरा पढौ

भोज खाएर विरामी हुनेको संख्या बढ्दै

लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ८ भोटेओडार डुडकुलामा रहेको आनन्द सलाम चर्चमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने हाल सम्म ३९ जना बिरामी परेका छन् । बेशिसहर नगरपालिका वडा नं ४ पुरानोकोट स्थायी घर भई सुन्दरबजार नगरपालिका ९ भोटेओडार बस्ने बर्ष ३२ की देवी परियारको अस्पताल लैजाँदै गर्दा आईतबार बिहान बाटोमा नै मृत्यु भएको हो । मृतक देवि परियारको श्रीमान देवु परियार, १२ वर्षीया छोरी विद्या परियार सहित ३९ जना अहिले अस्पतालमा उपचारत छन् । घरका सदस्यहरु… पुरा पढौ

भाेजमा खाएकाे खाना पाेईजन भएर एक जनाको मृत्य, ३० जना बिरामी 

लमजुङमा फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ । अन्य ३० जना बढी बिरामी परेका छन् ।  २२ गते शुक्रबार सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण बेसिशहर नगरपालिका पुरानोकोट घर भई हाल सुन्दरबजार नपा– ९ बस्ने ३२ बर्षिय देवी परियारको मृत्यु भएको हो ।  घरमा नै बिरामी भएकि परियारलाई गयराती अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुन्दरबजार नपा– ८ स्थित क्षेत्र बहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको अवसरमा सामूहिक भोजको… पुरा पढौ

सञ्जालद्धारा महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम

महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल, लमजुङले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सदरमुकाम बेसीशहरमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै पौडेलले हिंसा भन्ने शब्द नै नराम्रो भएकोले कसैले कसैलाई पनि हिंसा गर्न नहुने बताउनुभयो । अधिकांस बालबालिका होस् वा महिला पुरुषमा होस अथवा जातजातीमा नै किन नहोस् यी सवैमा महिला नै बढी हिंसामा पर्ने गरेकोले हिंसा रोक्न… पुरा पढौ

द्धन्द पिडित महिला सञ्जाल लमजुङको अध्यक्षमा शोभा थापा चयन

द्धन्द पिडित महिला राष्ट्रिय सञ्जाल लमजुङको अध्यक्षमा शोभा थापा चयन हुनुभएको छ । शनिवार सदरमुकाम बेसीशहरमा भएको द्धन्द पिडित महिला राष्ट्रिय सञ्जालको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो । ९ सदस्यिय सञ्जालको उपाध्यक्षमा सुन्दरबजारकी हिमकुमारी सुनार, सचिवमा बेसीशहरकी मैना बानिया, कोषाध्यक्षमा राइनासकी भवानी पोखरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मध्यनेपालबाट सरस्वती भट्टराई, दुधपोखरीबाट सुमित्रा अधिकारी न्यौपाने चयन हुनुभएको छ । जिल्लाका सबै पालिकाबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी गठन गरिएको कार्य समितिमा मस्र्याङ्दी, दोर्दी र क्वोहोलासोथर गाउँपालिकाबाट भने… पुरा पढौ

जनताले सरकार भएको अनुभुती गर्न पाएका छैनन् : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको सरकार पछि नेपालमा सरकार छ कि छैन भन्ने जनताले अनुभुती गर्न नपाएको बताउनुभएको छ । शुक्रबार लमजुङको सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटीमा नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओली यस्तो बताउनुभएको हो । नेकपा एमालेको पालामा गरेका बिकास निर्माणका कामले निरन्तरता पाउन नसकेको गुनासो गर्दै जनताले सरकार भएको महसुस गर्न पाएका छैनन् ओलीले भन्नुभयो । ओलीले विकास निर्माणका कामहरु ठप्प जस्तै भएकोले रोजगारी सिर्जना हुननसकेको बताउनुभयो । एमालेको सरकार हुँदा दैनिक… पुरा पढौ

लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम

लमजुङको बेसिशहर नगरपालिका वडा नं १० बाँझाखेतमा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गरिएको छ । लैङ्गकि हिंसा विरुद्धका १६ दिने अभियान अन्तरगत बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बेसिशहर नगरपालिका उपप्रमुख पद्मम गुरुङ रहनुभएको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपप्रमुख गुरुङले समाजमा हुने विभिन्न हिंसाका कारण महिलाहरुको अकालमै ज्यान जाने गरेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथी वडा नं १० का वडाध्यक्ष गंगा बहादुर थापा, बेसिशहर नगरपालिका कार्यापालिकाका सदस्य… पुरा पढौ

नवराज विक हत्या प्रकरणमा २४ जनालाई जन्मकैद

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जना र बाहिर रहेका १ जना गरि २४ जनालाई जन्मकैदको सजाय सुनाएका हुन् । उक्त घटनामा संलग्न रहेका २३ पूर्पक्षका लागि कारागारमा थिए । बाहिर रहेका ११ जना मध्ये एक जनालाई जन्मकैद, अन्य २ जना नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय… पुरा पढौ