Author Archive

पालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

लमजुङको बेसीशहरमा नगरपालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बेसीशहरको सहजी खेल मैदानमा बिहिवार कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अर्याल र बेसीशहर नगरपालिका खेलकुद तथा शिक्षा शाखा प्रमुख सिर्जना चिलुवाले सभ्य, मर्यादित र अनुशासन भएर खेल खेल्नको लागि विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो । उद्घाटन कार्यक्रम बेसीशहर नगरपालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक भुपु सैनिक बोडिङ स्कुलका प्रिन्सिपल… पुरा पढौ

ऐतिहासिक तथा धार्मिक स्थल लमजुङ दरबार परिषरमा महापुराण सुरु

लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदामध्ये एक लमजुङ कालिका मन्दिर तथा लमजुङ दरबार परिषरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गाउँशहरको डाँडामा रहेको कालिका मन्दिर र लमजुङ दरबार क्षेत्र विकासको संचालन सहयोगार्थका लागि मंगलबारदेखि महायज्ञको सुरु गरिएको हो । महायज्ञको बेसीशहर गरपालिकाका प्रमुख गुमानसिंह अर्यालले एक समारोहका विच पानसमा बक्ति बालेर उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन पुर्व गाउँशहरको चण्डीस्थानबाट बाजागाजाका साथ सुरु भएको कलश यात्रा गाउँ परिक्रममा गरी मन्दिर परिषरमा पुगेको थियो । कलश यात्रामा… पुरा पढौ

सातौं मर्स्याङ्दी कपमा हिमचुली मा.वि प्रथम

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा सुरु गरिएको सातौं मर्स्याङ्दी कप २०८२ मा हिमचुली अवासिय मा.वि प्रथम भएको छ । आइतबार सम्पन्न मर्स्याङ्दी कपमा १ सय ८ अंक प्राप्त गरी हिमचुली मा.वि प्रथम हुन सफल भएको हो । द्धितीय हुने महेन्द्र देव मा.वि त्यस्तैगरी १ सय ५ अंक प्राप्त गरेर महेन्द्र देव मा.वि द्धितीय भएको छ भने ८४ अंकसहित त्रिभुवन मावि तृतीय भएको छ ।कार्यक्रम समापन पश्चात विजेता खेलाडी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ र कार्यक्रमका अध्यक्ष युवा… पुरा पढौ

सातौँ मर्स्याङ्दी कपमा ३६ वटा विधामा प्रतियोगिता हुँदै

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सातौँ मस्र्याङ्दी कप–२०८२ खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।“समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार” भन्ने मूल दृष्टिकोणसहित तथा “खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि” भन्ने नाराका साथ प्रतियोगिता औपचारिक रूपमा शुभारम्भ गरिएको हो। सो प्रतियोगितामा पालिका भित्रका १७ विद्यालयले भाग लिएका छन् भने सो अवधिमा कुल ३६ खेलको प्रतिस्पर्धा गरिने भएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार एथलेटिक्सका सबै खेल हुनेछन् छात्र र छात्राका लागि… पुरा पढौ

मर्स्याङदी बेसी जलविद्युत स्थानीयलाई झुक्याएर दर्ता गरेपनि कुनै हालतमा आयोजना बन्न नदिने संघर्ष समितिको अडान,

बेसीशहर क्षेत्र अन्तर्गत निर्माण शुरु भएको मर्स्याङदी बेसी जलविद्युत आयोजना कुनै हालतमा बन्न नदिने अभियान्ताहरुले अडान लिएका छन् । आयोजना विरुद्ध मस्र्याङदी बचाऊ अभियान शुरु गरेका अभियान्ताहरुले संघर्ष समिति गठन गरी आयोजना वातावरणीय प्रभाव प्रतिकुल भएको भन्दै बन्न नदिने घोषणा गरेका हुन् । मस्र्याङदी बचाउ अभिायानका लागि गठित संघर्ष समितिले शुक्रबार सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी आयोजना विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै समितिका संयोजक राम थापाले आयोजनाले वातावरणीय प्रभावसँगै भौतिक प्रभाव, सम्भावित प्राकृतिक प्रकोप, शहरी… पुरा पढौ

गाउँशहर कालिका मन्दिरमा हुने महापुराणको तयारी तिव्र

लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदामध्ये एक लमजुङ कालिका मन्दिरमा धार्मिक जागरण र कोष स्थापना गर्ने उदेश्यले आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तयारी तिव्र बनाईएको छ । आगामी मंसीर २ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८२ आयोजना गरिएको हो । पण्डित दिपक प्रसाद पौडेलको मुखारबिन्दुवाट संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक र जनचेतनामूलक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । गाँउशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा हुने सो धार्मिक महोत्सव लमजुङ कालिका मन्दिर… पुरा पढौ

संसद पुनस्थापना गरेर, कोमामा पुगेको संविधानको बिउँत्याउछौंः पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव तथा पुर्व सुचना तथा सञ्चारमन्त्रीले संसद पुनस्थापना गरेर देशको संविधानको रक्षा गर्ने र लोकतन्त्र तथा गणतन्त्रलाई पुन फिर्ता ल्याउने बताउनुभएको छ । जेन्जी आन्दोलन पश्चात शनिबार नेकपा एमाले लमजुङद्धारा आयोजित जनसभा कार्यक्रममा भाग लिन पहिलो पटक गृह जिल्ला लमजुङ आउनुभएको गुरुङले प्रेस चौतारी लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो । संसद पुनस्थापना भयो भने संवैधानिक ढंगले नयाँ सर्वपक्षिय सरकार बन्ने, संविधान संसोधनका ढोका खुल्ने, र कोमामा पुराईएको संविधान पुनः वित्युताईने गुरुङले बताउभयो । राष्ट्रका… पुरा पढौ

कार्तिक महिनामा २ सय १० फूलको डोली थानीथान भित्रियो

तनहुँको भानु नगरपालिका–७ मा अवस्थित प्रसिद्ध थानीमाई मन्दिरमा कार्तिक महिनामा मात्रै २ सय १० वटा फूलको डोली भित्रिएको छ । कार्तिक महिना मंगलबार विषेशगरी थानीमाईको मन्दिरमा फूलको डोली भित्र्याउने गरिन्छ । कार्तिक महिनाको पहिलो मगंलबार औंशी परेकाले फूलको डोली भित्रिएन भने दोस्रो मंगलबार ८६ वटा तेस्रो मंगलबार ५८ र कार्तिकको अन्तिम मंगलबार आज ६६ वटा फूलका डोली थानीथानमा भित्रिएको छ । फूलका डोलीसगैँ पुजाअर्चनाको गर्न लाखौंको संख्यामा भक्तजनहरु थानीथान पुगेका छन् । सोमबार मन्दिर परिसरमा नै पुगेर हजारौंको संख्यामा रातभर… पुरा पढौ

डुम्रे–बेसीशहर सडकखण्ड १२ दिनका लागि दैनिक साढे ६ घण्टा बन्द हुने,

डुम्रे–बेसीशहर–चामे सडक योजनाअन्तर्गत भानु नगरपालिकामा पर्ने चाम्बासदेखि तुरतुरेसम्मको सडकखण्ड १२ दिनका लागि दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ। उक्त सडकखण्डमा सडक खन्ने कार्य सञ्चालन गर्न लागिएकोले सो अवधिभर सवारीसाधनको आवागमन अस्थायी रूपमा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको सुचना अनुसार सडक बन्द हुने मिति कार्तिक २४ गतेदेखि मंसिर ५ गतेसम्म रहने छ। यस अवधिभर बिहानदेखि दिउँसोसम्म तीन पटक सडक बन्द गरिनेछ। पहिलो पटक बिहान ६ः३० बजेदेखि ९ः०० बजेसम्म, दोस्रो पटक बिहान ११ः०० बजेदेखि दिउँसो… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठान लमजुङको नयाँ अध्यक्षमा तामाङ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा लोकदोहोरी गायक प्रशान्त तामाङ निर्वाचित हुनुभएको छ । शनिबार राती सदरमुकाम बेसीशहरमा सम्पन्न २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । प्रतिष्ठानको अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष किशोर बिक, द्वितीय उपाध्यक्षमा पृथ्वीराज गुरुङ, महिला उपाध्यक्ष सङ्गीता गुरुङ, सचिव चित्र दुरा, कोषाध्यक्ष सुमन न्यौपाने, सह–सचिव सावित्री पोख्रेल, सह–कोषाध्यक्ष राजकुमार गुरुङ (राज) र प्रवक्ता लक्ष्मी तामाङ निर्वाचित हुनु भएको छ । त्यस्तै, कार्यसमिति सदस्यमा कृष्ण वस्ती (निक्की),… पुरा पढौ