सञ्जालद्धारा महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम

-


     नयाँ दीप    
     मंसिर २३ गते २०८० मा प्रकाशित


महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल, लमजुङले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सदरमुकाम बेसीशहरमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै पौडेलले हिंसा भन्ने शब्द नै नराम्रो भएकोले कसैले कसैलाई पनि हिंसा गर्न नहुने बताउनुभयो । अधिकांस बालबालिका होस् वा महिला पुरुषमा होस अथवा जातजातीमा नै किन नहोस् यी सवैमा महिला नै बढी हिंसामा पर्ने गरेकोले हिंसा रोक्न सोचमा परिवर्तन ल्याउनपर्ने पौडेलले बताउनुभयो ।

महिला हिंसा हिजोको दिनमा पनि थियो र आज पनि छ र हिंसा गर्नेलाई कानुनी रुपमा सजाय हुने भन्दै पौडेलले न्याय मरेको छैन तर न्याय पाउनको लागि भने आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो । मानवता माथिको हिंसा अन्त्यको लागि कानुन परिवर्तन देखि लिएर हरतर्फबाट सहयोग गर्ने पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा विषेश अतिथीको रुपमा रहनुभएको गण्डकी प्रदेश सभा सदस्य टिका कुमारी बस्याल र पार्वती तामाङले प्रदेशबाट महिला तथा बालबालिकाहरुका लागि भए गरेका प्रगतीको बारेमा बताउनुभएको थियो ।

स्वास्थ्य चौकीमा निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने, ५ वर्ष मुनिका दलित बालबालिकाले मात्रै निशुल्क प्राप्त गर्ने सेवा सुविधालाई बढाएर १० सम्मका सबै बालबालिकाहरुले सेवा पाउने व्यवस्था, महिलाहरुलाई आर्थिक सशक्तिकरण गर्न आयआर्जनको लागि बजेट छुट्याउने लगायतका कुराहरुलाई आफूले प्रदेश संसदमा उठाएर पारित समेत भएको सदस्य बस्यालले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नेपाली काग्रेंस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरीप्रसाद बराल, लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुँयल, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष शुसिलचन्द्र अधिकारी, बेसीशहर नगरपालिका वडा नं ८ का वडा सदस्य कल्पना बोहरा, वडा नं ३ का सदस्य उषा बराल, धनकुमारी दुरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरिक्षक लक्ष्मी श्रेष्ठ, प्रहरी निरिक्षक मेघनाथ चापागाईले जिल्ला प्रहरी कार्यालय लमजुङमा आउने महिला हिंसाका घटनाहरु र विभिन्न घटनाका नियमानुसार भोग्नुपर्ने सजायको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल लमजुङका अध्यक्ष राधादेवि श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सचिव विमला पौडेलले सहजिकरण गर्नुभएको थियो ।