
द्धन्द पिडित महिला राष्ट्रिय सञ्जाल लमजुङको अध्यक्षमा शोभा थापा चयन हुनुभएको छ । शनिवार सदरमुकाम बेसीशहरमा भएको द्धन्द पिडित महिला राष्ट्रिय सञ्जालको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो ।
९ सदस्यिय सञ्जालको उपाध्यक्षमा सुन्दरबजारकी हिमकुमारी सुनार, सचिवमा बेसीशहरकी मैना बानिया, कोषाध्यक्षमा राइनासकी भवानी पोखरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मध्यनेपालबाट सरस्वती भट्टराई, दुधपोखरीबाट सुमित्रा अधिकारी न्यौपाने चयन हुनुभएको छ ।
जिल्लाका सबै पालिकाबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी गठन गरिएको कार्य समितिमा मस्र्याङ्दी, दोर्दी र क्वोहोलासोथर गाउँपालिकाबाट भने पछि चयन गरिने निर्णय गरिएको छ ।
कार्यक्रममा द्धन्द पिडित महिला राष्ट्रिय सञ्जाल गण्डकी प्रदेशका सहसंयोजक शारदा घिमिरे प्रमुख अतिथी रहनुभएको थियो भने ज्येष्ठ सदस्य तथा संविधान सभाको सदस्य हिमकुमारी सुनारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी तुलसीप्रसाद घिमिरेको पनि उपस्थिती रहेको थियो ।
द्धन्द पिडित महिला राष्ट्रिय सञ्जाल जिल्लामा पहिलो पटक गठन भएको हो । कार्यक्रममा १० वर्षे शसस्त्र द्धन्दकालमा राज्य पक्ष र युद्धरत पक्षबाट पिडित भएका महिलाहरुको उपस्थिती रहेको थियो । नवगठित सञ्जालले आगामी दिनमा पालिका स्तरीय सञ्जाल गठनको प्रकृया अघि बढाउने र द्धन्द पिडितहरुको हकहितका लागि काम गर्ने निर्णय गरेको छ ।