जलवायु परिवर्तनको प्रभाव रोक्न जन्मदिनमा वृक्षारोपण अभियान महत्वपूर्ण : प्रधानमन्त्री

-


     नयाँ दीप    
     मंसिर २६ गते २०८० मा प्रकाशित


जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गर्न जन्मदिनमा वृक्षारोपण अभियानले महत्वपूर्ण भुमिका खेल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बताउनुभएको छ ।

मंसिर २६ गते आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा वृक्षरोपण गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

जलवायु परिवर्तनको प्रभाव रोक्न यसको ठुलो भुमिका रहने भएकोले अभियान प्रति आफ्नो साथ सहयोग र समर्थन रहने उहाँले बताउनुभयो । आफ्नो जन्मदिनको अवसरमा रुद्राक्षको विरुवा रोप्दै दाहालले जन्मदिनमा वृक्षरोपण अभियान प्रती ऐक्यबद्धता जनाउनुभयो ।

जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार बासुदेव सेढाईले अभियानबारे जानकारी गराउनुभएको थियोे । जन्मदिनमा वृक्षरोपण कार्यक्रममा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुली, सांसद माधव सापकोटा, जन्मदिनमा वृक्षरोपण अभियान नेपालका सल्लाहकार द्वय होम बहादुर बिक र ज्ञानसाली पन्त, अभियानका काठमाडौं उपत्यका सहसंयोजक साजन कुँवर, नेकपा माओवादी लमजुङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अर्जुन मगराती, महासचिव देव गुरुङका स्वकीय सचिव नवराज थापा, पर्यटन व्यावसायी एबं सामाजिक अभियन्ता नवराज घिमिरे, सांस्कृतिक संघका सर्मिला बोहोरा, लगाएत उपस्थिती थियोे ।