लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम

-


     नयाँ दीप    
     मंसिर २० गते २०८० मा प्रकाशित


लमजुङको बेसिशहर नगरपालिका वडा नं १० बाँझाखेतमा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गरिएको छ । लैङ्गकि हिंसा विरुद्धका १६ दिने अभियान अन्तरगत बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बेसिशहर नगरपालिका उपप्रमुख पद्मम गुरुङ रहनुभएको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपप्रमुख गुरुङले समाजमा हुने विभिन्न हिंसाका कारण महिलाहरुको अकालमै ज्यान जाने गरेको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथी वडा नं १० का वडाध्यक्ष गंगा बहादुर थापा, बेसिशहर नगरपालिका कार्यापालिकाका सदस्य एवम् प्रवक्ता हिरालाल विश्वकर्मा, जिल्ला प्रहरी कार्यालयका लमजुङका महिला वरिष्ठ प्रहरी सहायक निरिक्षक लक्ष्मी श्रेष्ठ, प्रहरी जवान मालती राना, वडा नं १० का सामाजिक परिचलाक रामकुमारी घिमिरे, वडा सदस्य, टोल संयोजक, वडा भित्रका आमा समूह, किशोर किशोरी, लगायतको उपस्थित रहेको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालयकी लक्ष्मी श्रेष्ठले समाजमा हुने हिंसाका प्रकार तथा यसबाट महिला तथा किशोर किशोरिहरुको जिबनमा पर्ने असर बारे प्रकास पार्नुभएको थियो । समाजमा घट्ने घरेलु हिंसा, लैङ्गिक हिंसा, मानब बेचबिखन, दाइजो प्रथा, छाउपडी प्रथा, बालबिबाह, आदि समाजिक बिकृतिले गर्दा पुरुष भन्दा महिला बढी पीडित हुने गरेकोले लमजुङ जिल्लाको सन्दर्भमा महिलाले आत्माहत्या गरेको घटना बढी आएको उहाँले बताउनुभयो ।

सो अभियानलाई सम्बोधन गर्दै सम्पुर्ण महिला तथा किशोर किशोरीहरुलाइ आफू कुनै हिंसामा परेको भए खुलेर भन्न आग्रह समेत गरेकी थिइन् । सन् कार्यक्रम बेसिशहर नगरपालिकाको आर्थिक सहयोग तथा समता महिला संजालको आयोजना सो अभियान संन्चालन गरिएको सञ्जाल अध्यक्ष सुर्यकला थापाले जानकारी दिनुएको छ ।

कार्यक्रम सञ्जालका सचिव प्रमिशा विश्वकर्मले सञ्चालन गर्नुभएको हो । १९९१ देखि लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान संसारभर नै मनाउदै आइएको छ ।