Author Archive

भाइटीकाको साईत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा

यस वर्षको भाइटीकाको शुभ साइत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। कार्तिक १ गतेदेखि सुरु यमपञ्चक सोही दिन धन त्रयोदशी र धनतेरस पर्व मनाइएको छ । भाइटीकामा ज्येष्ठको क्रमानुसार दाजुभाइलाई टीकाटाला गर्ने परम्परा शास्त्रीय मान्यतामा आधारित छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात तिहार पर्व मनाइन्छ। यस अवधिमा यमदीपदान गरिँदै परिवारका सदस्यहरूको नाम उच्चारण गरेर यमदीप दान गरिन्छ। भने कार्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कार्तिक ३ गते सोमबार… पुरा पढौ

बालकल्याण मावि स्वर्ण महोत्सवको तयारीमा

लमजुङको बेसीसहर नगरपालिका–२, भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुगेको अवसरमा यही पौष २५ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । स्वर्ण महोत्सवको तयारीसँगै विद्यालयले शुक्रबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी विभिन्न योजना र कार्यक्रमबारे जानकारी दिएको हो । स्वर्ण महोत्सवको तयारी स्वरूप विद्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेसीशहर–२ का वडा अध्यक्ष मदन रानाको संयोजकत्वमा ५ सय ३५ सदस्यीय मूल समारोह समिति, २३ सदस्यीय सल्लाहकार समिति, ३९ सदस्यीय सचिवालय र विभिन्न उपसमितिहरू गठन गरिसकेको छ… पुरा पढौ

लमजुङका किसानहरुलाई अलैंची थन्क्याउने चटारो

लमजुङका अलैंची किसान यतिवेला अलैंची टिप्न ब्यस्त छन् । असोज लागेपछि अलैंची टिप्न योग्य हुुनेभएपछि गाउँभन्दा बाहिर गएर पढ्न र बालबच्चा पढाउन शहर झरेका परिवारका सदस्यहरु पनि अलैंची टिप्न गाउँ गाउँ फर्कीएका छन् । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो। यतिबेला जिल्लाको छिनखोलाल, बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडा लगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका… पुरा पढौ

लमजुङ दरबारको निर्माण कार्य बजेट अभावमा अलपत्र

लमजुङको बेँसीसहर नगरपालिका वडा नं ३ गाउँशहरमा रहेको लमजुङ दरबारको निर्माण रोकिएको छ। २ वर्षमा सक्ने लक्ष्यका साथ पुरानै स्वरुपमा निमार्ण गरिएको दरबारको रकम अभावमा निर्माण कार्यमा ढिलाई भएको हो । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले तीन वर्षअघि पुनर्निर्माण थालेको थियो। बाइसे,चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माणले गति लिन नसक्दा स्थानीय चिन्तित बनेका छन्। स्थानीयले धार्मिक तथा ऐतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताएका छन् ।… पुरा पढौ

कुश्माखर घिमिरेको ५ सय ७३ औं जन्मजयन्ती मनाईयो

लमजुङमा श्री ३ कुश्माखर उपाध्याय घिमिरेको ५ सय ७३ औ जन्मजयन्ती मनाइएको छ । श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान बेसीशहर लमजुङले पहिलो पटक कुश्माखर घिमिरेको जन्म जयन्ती समारोह आयोजना गरेको हो । बेसीशहर नगरपालिका वडा नं ३ रानिकुवामा भएको उक्त समारोहमा श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान लमजुङका अध्यक्ष श्रीकान्त घिमिरेले कार्यक्रममाथि प्रकाश पार्दै प्रतिष्ठान स्थापनाको उदेश्य तथा भावी योजना बारे जानकारी दिनुभएको थियो । कार्यक्रमका प्रमुख अथिति सस्कृतविद् तथा प्राज्ञ डा. दिनेशराज पन्तले इतिहास अध्ययनको क्रममा… पुरा पढौ

आज कोजाग्रत पूर्णिमा, दशैंको समापन गरिँदै

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राती जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे… पुरा पढौ

घिमिरे कुलायन मन्दिर मर्मतका लागि सहयोग प्राप्त, कुश्माखर घिमिरेको शालिक निर्माण गरिने

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ देउपुजेमा रहेको घिमिरे बन्धुहरुको घिमिरे कुलदेवता गुठी मन्दिर मर्मतका लागि सहयोग प्राप्त भएको छ । हाल विदेशमा रहनुभएका घिमिरेहरुले कुलायन मन्दिरको संरक्षण तथा मर्मतको लागि सहयोग रकम पठाउनुभएको हो । कुलदेवता मन्दिरका लागि बेसीशहरको वडा नं ३ मा घर भई हाल अमेरिकामा रहनुभएको सोमराज घिमिरेले २ लाख दुई हजार २ सय २२ रुपैँया न्यूजिल्याण्डमा रहनुभएकोे बुद्धिसागर घिमिरेले १ लाख २२ हजार २ सय २२ रुपैँया सहयोग प्रदान गनुभएको छ । सो रकमबाट कुलदेबता गुठी… पुरा पढौ

देशभर वर्षा, विशेष सतर्कता अपनाउन आग्रह

मनसुनी वायु सक्रिय हुँदा बिहीबार बिहान रातिदेखि नै देशका विभिन्न ठाउँहरूमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । यहिबेला दसैँ परेको र धेरै मानिसहरू यात्रा गर्ने भएकाले सावधानी अपनाउन विभागले भनेको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गर्दा मनसुनी वायु सक्रिय भएको हो।… पुरा पढौ

आज बडादशैं, मान्यजनको हातबाट टिका जमरा लगाइदै

आज बडादशैँ अर्थात् विजया दशमी दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको… पुरा पढौ

गाउँशहर कालिकाको भव्य पुजाआजा हुँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको अवसरमा गाउँशहर कालिकामा भव्य पुजाआजा गरिएको छ ।लमजुङको वडा नं ३ मा पर्ने गाउँशहर कालिकालाई घटस्थापनाका दिनदेखि विषेश पुजाआजा गर्ने गरिन्छ । दरबार नजिकै रहेको कालिका मन्दिर लमजुङ जिल्लाको प्रमुख शक्तिपीठमध्ये एक हो। स्थानीय मानिसहरू विशेष गरी चैते दशैं, महानवमी र अन्य देवीपूजाको समयमा यहाँ भाकल दिने, पञ्चवली दिई विशेष पूजाअर्चना गर्दछन्। मन्दिरलाई स्थानीयले सुरक्षा र शक्ति दिने देवीस्थानको रूपमा… पुरा पढौ