Author Archive

आज हरितालिका तीज मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका… पुरा पढौ

निशुल्क पाठेघरको जाँच, महिलाहरुको उल्लेख्य सहभागिता

लमजुङको सदरमुकाम बेसीशहरमा महिलाहरुको लागि बृहत निशुल्क स्वास्थ्य जाँच, पाठेघरको मुखको जाँच र स्तन क्यान्सर परीक्षण शिविरको आयोजना गरेको छ । लमजुङको बेसीशहरमा रहेको मोडल हस्पिटलमा संचालन भएको शिविरमा पहिलो दिन शनिबार जिल्ला भरका १ सय ७० जना महिलाहरुको जाँच गरिएको छ । जसमा ८ जनाको पाठेघरको मुख जाँच भिआइए जाँच गर्दा संकास्पद लागेर एल.वि.सि (प्याप) टेस्टको लागि पाठेघरको मुखको पानी निकालेर परीक्षणको लागि पठाइएको छ भने ब्रेस्ट जाँच गर्दा २ जनाको संकास्पद लागेर थप परीक्षणको लागि पोखरा गण्डकी अस्पताल… पुरा पढौ

प्राविधिक शिक्षा जेटिएमा विद्यार्थीको आकर्षण घट्दै, ७ हजारमै पढ्न पाएपनि विद्यार्थी संख्या भने न्यून

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ९ मा रहेको ग्रामीण तालिम केन्द्रमा जेटिए पढ्ने विद्यार्थीको संख्या दिनप्रतिदिन कम हुँदै गएको छ । न्यून शुल्क जम्मा ७ हजारमै १८ महिने जेटिए कोर्ष पढ्न पाउने भएपनि विद्यार्थीहरुको आकर्षण भने निकै कम भएको हो । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आंगिक संस्थाको रूपमा रहेको ग्रामीण तालिम केन्द्र सिम्पानीले शैक्षिक बर्ष २०८१\०८२ का लागि नयाँ भर्नाको लागि विज्ञापन खुले पश्चात ४० जनाको कोटामा जम्मा ३ जना फर्म भर्न सम्र्पकमा आएका छन् ।गतवर्ष ९ जना… पुरा पढौ

बेसीशहरमा रोपाइँजात्राको रौनक: फोटो फिचर

श्रीकृष्ण जन्माष्टमीको अवसर पारी लमजुङ सदरमुकाम बेसीशहरमा सोमबार रोपाइँजात्रा निकालिएको छ । बेसीशहरमा रहेका नेवार समुदायले परम्परादेखि देखाउँदै आएको रोपाइँजात्रामा स्थानीय नेवार समुदायका केटाकेटीदेखि बुढापाकासम्मले विभिन्न भेषभूषामा सजिएर रोपाइँजात्रा मनाएका हुन् । बेसीशहरको भीमसेनस्थानबाट शुरु भएको रोपाइँजात्रा त्रिवेणी टोल, मनाङे चौतारा, फूलबारी चोक, प्रशासन चोक, शेराचोक, विदाइ चौतारा, नारायण स्थान चोक हुँदै पुनः भीमसेनस्थानमा पुगी टुंगिएको छ । जात्रामा नेवार समुदायका २५० भन्दा बढी सहभागी थिए । यसबाहेक जात्रा हेर्नेहरुको संख्या भने ठूलो थियो । कृष्ण जन्माष्टमीमा बेसीशहर बजारमा पञ्चेबाजा… पुरा पढौ

आज कृष्ण जन्माष्टमी, भगवान् कृष्णको सम्झना गर्दै

आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ। कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना… पुरा पढौ

मर्स्याङ्दी नदीमा बस खस्दा २१ जनाको मृत्यु, २२ जना घाइते

तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको ज्यान गएको छ । यस्तै २२ जना घाइते भएका छन् । घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार गरिएको र तीमध्ये २१ जनाको ज्यान गएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक हुन् । उद्धार गरिएका २२ जनामध्ये १६ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ… पुरा पढौ

आज जनैपूर्णिमा, आफूलाई उपयुक्त समयमा रक्षाबन्धन गर्न सकिने

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक… पुरा पढौ

बेसीशहरमा ‘एक चिहान’ नाटक मञ्चन

लमजुङ सदरमुकाम बेसीशहरमा मञ्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको संयुक्त प्रस्तुतीमा ‘एक चिहान’ नाटक मञ्चन गरिएको छ । चर्चित उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्वारा लिखित कक्षा १२ को अनिवार्य नेपाली विषयमा समावेश गरिएको उपन्यास एक चिहानलाई नाटकिय रुपमा मञ्चन गरिएको हो । नाटक एक चिहान नेपाली समाजका गरिब किसान र मजदुरहरुको जीवनमा आधारित छ । वि.स २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाई सो नाटकमा प्रस्तुत गरिएको छ । गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत… पुरा पढौ

पैसा सापटी नदिएको भन्दै हसियाँ प्रहार गरी हत्या

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या गर्ने युवकलाई प्रहरी आज सार्वजनिक गरेको छ । मंलबार राती बगैंचा स्थित आफ्नै घरमा बसीहरेकी ६२ बर्षीया सानुनानी घर्तीको हसियाँले हानेर हत्या गर्ने सोही वडाको ४७ वर्षका सुग्गरे सार्कीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आफूले नै घर्तीको हत्या गरेको भनी सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख मिन बहादुर घलेले बताउनुभयो आवाज छ । २९ गते मंलबार बेलुका करिव ८ बजे तिर सानु नानि घर्तिको घरमा ५० हजार… पुरा पढौ

महिला हत्याको अभियोगमा एक जना पक्राउ

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या भएको छ । गएराती बगैंचा स्थित आफ्नै घरमा अन्दाजी ६५ बर्षीया सान्नानी घर्तीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको आशंकामा प्रहरी आज दिउँसो सोही स्थानका एक जना युवालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ पर्नेमा सोहि वडाको बजरखुट्टा बस्ने ४७ बर्षीय सुक बहादुर सार्की रहेका छन् । हत्यामा संलग्न रहेका सार्कीलाई प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो साढे २ बजेतिर पक्राउ गरेको हो ।… पुरा पढौ