
लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदामध्ये एक लमजुङ कालिका मन्दिर तथा लमजुङ दरबार परिषरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गाउँशहरको डाँडामा रहेको कालिका मन्दिर र लमजुङ दरबार क्षेत्र विकासको संचालन सहयोगार्थका लागि मंगलबारदेखि महायज्ञको सुरु गरिएको हो ।
महायज्ञको बेसीशहर गरपालिकाका प्रमुख गुमानसिंह अर्यालले एक समारोहका विच पानसमा बक्ति बालेर उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन पुर्व गाउँशहरको चण्डीस्थानबाट बाजागाजाका साथ सुरु भएको कलश यात्रा गाउँ परिक्रममा गरी मन्दिर परिषरमा पुगेको थियो । कलश यात्रामा स्थानीय आमा समूह, क्लव, विद्यालय, लगायत स्थानीयको सहभागिता रहेको थियो ।

आगामी मंसिर १० गतेसम्म चल्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा पण्डित दिपक प्रसाद पौडेलको मुखारबिन्दुवाट संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक र जनचेतनामूलक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ ।

गाँउशहरको लमजुङ दरबार र कालिका मन्दिर नै नेपालको शासन प्रणाली, सैनिक परम्परा र सांस्कृतिक विकासको आधारशिला भएकोले महायज्ञले यसको थप पहिचान हुने प्रचार प्रसार समितिका संयोजक राजेन्द्र बोहराले बताउनुभयो । भुकम्पले जिर्ण बनाएको लमजुङ दरबारको विगत ४ वर्ष अघिदेखि पुन निमार्ण भैरहेको छ ।

मन्दिर क्षेत्र र गाँउशहरको धार्मिक, सांस्कृतिक, भौतिक र पर्यावरणीय विकासका लागि कोष स्थापना गरी दीर्घकालीन विकासमा सहयोग पु¥याउने मुख्य उद्देश्य आयोजकको रहेको छ । महायज्ञमा कथा वाचनका साथै देवलिला, भजन, नृत्य, जनचेतनामूलक नाटक, पितृतर्पण, अन्नदान, तुलादान, चौरासी पूजा, गृहशान्ति पूजा लगायत विविध धार्मिक क्रियाकलाप समेत सञ्चालन गरिने छ ।










