पालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

-


     सृजना बराल     
     मंसिर ५ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहरमा नगरपालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बेसीशहरको सहजी खेल मैदानमा बिहिवार कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अर्याल र बेसीशहर नगरपालिका खेलकुद तथा शिक्षा शाखा प्रमुख सिर्जना चिलुवाले सभ्य, मर्यादित र अनुशासन भएर खेल खेल्नको लागि विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो ।

उद्घाटन कार्यक्रम बेसीशहर नगरपालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक भुपु सैनिक बोडिङ स्कुलका प्रिन्सिपल विनोद गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बेसीशहर नगरपालिकका वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेत, नगरपालिकका लेखा अधिकृत सृजना पौडेल, खेलकुद विकास समिति गण्डकी प्रदेशका सदस्य दिवाकर बराल लगायत बेसीशहर भित्र रहेको विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा १०० मिटरदेखि १५०० मिटर दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, रिले दौड, षटपुट, ज्याभलिन थ्रो, भलिबल लगायतका विधामा छात्र र छात्राका छुट्टाछुट्टै प्रतिस्पर्धा गरिएको छ ।

बेसीशहर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा भएको खेलकुद प्रतियोगिता बेसीशहरको सहजी खेल मैदान र भुपु सैनिक बोर्डिङ स्कुलको खेल मैदानमा सञ्चालन गरिका छ ।

पालिकास्तरीय खेलकुदमा छनोट भएका बिद्यार्थीहरु जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा सहभागी हुनेछन् ।