सातौं मर्स्याङ्दी कपमा हिमचुली मा.वि प्रथम

-


     सृजना बराल     
     मंसिर १ गते २०८२ मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा सुरु गरिएको सातौं मर्स्याङ्दी कप २०८२ मा हिमचुली अवासिय मा.वि प्रथम भएको छ । आइतबार सम्पन्न मर्स्याङ्दी कपमा १ सय ८ अंक प्राप्त गरी हिमचुली मा.वि प्रथम हुन सफल भएको हो ।

द्धितीय हुने महेन्द्र देव मा.वि

त्यस्तैगरी १ सय ५ अंक प्राप्त गरेर महेन्द्र देव मा.वि द्धितीय भएको छ भने ८४ अंकसहित त्रिभुवन मावि तृतीय भएको छ ।
कार्यक्रम समापन पश्चात विजेता खेलाडी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ र कार्यक्रमका अध्यक्ष युवा तथा खेलकुद विकास समिति, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष खेम घलेले पुरस्कार वितरण गर्नुभएको थियो ।

तृतीय हुने त्रिभुवन मावि

मर्स्याङ्दी कपमा पहिलो हुने विद्यालयले नगद २५ हजार, मर्स्याङ्दी कप र प्रमाणपत्र, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः २० हजार र १५ हजार नगद र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।

“खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि” भन्ने मूल नाराका साथ आयोजना गरिएको मर्स्याङ्दी कपमा १७ वटा विद्यालयले भाग लिएका थिए भने खेल अवधीभर ३६ वटा विभिन्न विधामा अन्तर–विद्यालय स्तरीय खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएको थियो ।

कार्यक्रमको सञ्चालन युवा तथा खेलकुद विकास समिति, मर्स्याङ्दी गाउँपालिकाका सह–सचिव पूर्ण बहादुर गुरूङले गर्नुभएको थियो !