Author Archive

युएनडिपीको कर्मचारी भन्दै ठगी गर्ने युवक लमजुङबाट पक्राउ

स्याम्पल फोटो संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग दिलाउने प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाबाट रकम असुल्ने चितवनको खैरहनी नगरपालिका–१३ घर भएका २५ वर्षीय सुजन सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सिलवालले विगत केही दिनदेखि आफूलाई युएनडिपीको कर्मचारी भनी परिचय दिँदै आएका थिए। उनी लमजुङका विभिन्न वडा कार्यालय, कृषि फार्म तथा विद्यालयहरूमा पुगेर भौतिक पूर्वाधार विकास तथा अनुदान सहयोग उपलब्ध गराउने प्रलोभन देखाउने… पुरा पढौ

स्वर्ण कोषका लागि अहिलेसम्मै धेरै साँढे पाँच लाखभन्दा बढी सहयोग

लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डे निवासी विष्णुलाल श्रेष्ठ र उहाँको धर्मपत्नि दुर्गा श्रेष्ठले बालकल्याण माध्यमिक विद्यालयलाई स्वर्ण कोष स्थापनाका लागि अहिलेसम्मकै धेरै रकम सहयोग गर्नु भएको छ । उहाँहरुले स्वर्ण कोषका लागि पाँच लाख पच्पन्न हजार पाँच सय ५५ रुपैया सहयोग गर्नु भएको हो । विद्यालयमा आईतबार आयोजना गरिएको स्वर्ण महोत्सव मूल समारोह समतिको सचिवालय बैठकमा दुर्गा श्रेष्ठले महोत्सवका संयोजक एवं विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मदन रानालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । विद्यालयका पूर्व विद्यार्थी समेत रहनु… पुरा पढौ

आजबाट स्वस्थानी ब्रत सुरु

सनातन हिन्दु धर्मअनुसार धार्मिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ। पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने गर्दछ। आजदेखि माघ महात्म्यअन्तर्गत श्री स्वस्थानी व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छ। हिन्दु धर्मावलम्बीहरूले चोखो रही घर–घरमा श्रद्धापूर्वक स्वस्थानी कथा वाचन गर्ने परम्परा रहेको छ। महिला–पुरुष दुवैले समान रूपमा यो व्रत बस्ने र कथा श्रवण गर्ने गर्छन्। स्वस्थानी माताप्रति आस्था राख्ने श्रद्धालुहरूले महिनाभर व्रत लिने गर्दछन्। व्रतका क्रममा एक छाक… पुरा पढौ

३३ औँ त्रिवेणी कपमा ए.पि.एफ फाईनलमा प्रवेश

गत पुस १२ गतेबाट लमजुङको बेसीशहरमा सुरु भएको ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीतामा एपिएफ फुटबल क्लब फाईनलमा प्रवेश गरेको छ । बेंसीसहरको सहजीस्थित खेल मैदानमा शनिबार सम्पन्न सेमिफाइनलमा एपीएफले लमजुङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै एपिएफ फुटबल क्लब फाईनलमा प्रवेश गरेको हो । निर्धारित समय दुवै तर्फबाट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो । थप १०–१० मिनेटको समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको पहिलो हाफको ४१ औं मिनेटमा मस्र्याङ्दीका… पुरा पढौ

समानुपातिक बन्दसूचीमा लमजुङबाट एमालेका २ जना मात्रै अटाए

राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लमजुङ जिल्लाबाट नेकपा (एमाले) का २ जनाको नाम मात्रै सार्वजनिक भएको छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि समानुपातिक उमेद्वारको बन्दसूचीमा एमाले पार्टीबाट महिलातर्फ टुकाभद्र हमाल र जनजाती पुरुषतर्फ प्रेमबहादुर घले समेटिएका हुन् । हमाल एमालेकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष हुन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक तर्फ संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । निर्वाचन आयोगमा एमालेले बुझाएको बन्दसूचीमा उनको नाम महिलातर्फ दोस्रो… पुरा पढौ

पाँचौ राइनास कप खुल्ला फुटवल प्रतियोगिता हुुने

राइनासकोटमा पाँचौ राइनास कप खुल्ला फुटवल प्रतियोगिता २०८२ आगामी माघ १ गतेबाट सुरु हुने भएको छ । शुक्रबार लमजुङको बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फुटवल प्रतियोगिताको जानकारी गराइएको हो । राइनासकोट नगरपालिका वडा नं धमिलिकुवामा रहेको गौलीटार क्षेत्रिय खेल मैदान समितिको आयोजनामा हुने सो फुटवल प्रतियोगितामा राइनास नगरपलिका भित्रका किसानहरुको गोरुहरु विच गोरु जुधाई प्रतियोगिता समेत आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष टेकेन्द्र चिलुवालले बताउनुभयो । १२ टिम भन्दा माथी सहभागी रहने अपेक्षा गरिएको उक्त फुटवल प्रतियोगिताको प्रथम पुरस्कार रु… पुरा पढौ

३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा मर्स्याङ्दी युवाक्लव र एपी चर्च व्वाइज सेमिफाइनलमा प्रवेश

गत पुस १२ गतेबाट लमजुङको बेसीशहरमा सुरु ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीतामा क्वाटर फाईनलका खेलहरु सम्पन्न भएको छ । शुक्रबार भयको क्वाटरफाइनलको खेलमा आयोजक त्रिवेणी युवा क्लब बेसीशहरलाई हराउँदै र मर्स्याङ्दी युवा क्लब बेसिशहरले सेमिफाइनलको यात्रा तय गरेको छ । समयावधिभर दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा आयोजक त्रिवेणीलाई ४ को बिरुद्ध ५ गोल गर्दै मर्स्याङ्दी युवाक्लवले सेमिफाइनल यात्रा पक्का गरेको हो । त्यस्तैगरी शुक्रबार भएको दोस्रो खेलमा लालिगुुँरास युवाक्लव भुजुङ र एपी चर्च… पुरा पढौ

त्रिवेणी कप फुटबलमा लाङ्दीदेवी र एपीएफ सेमिफाइनलमा

लमजुङको बेंसीसहरमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३ औं संस्करणमा लाङ्दीदेवी युवाक्लव नाल्मा र र एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार लाङ्दीदेवी नाल्माले एनआरटीलाई टाइब्रेकरको सडनडेथमा ९–८ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सहजीस्थित खेल मैदानमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । घरेलु टिम लाङ्दीदेवी नाल्माले एनआरटीलाई टाइब्रेकरको सडनडेथमा ९–८ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) सडनडेथमा पराजित हुँदै त्रिवेणी कपबाट बाहिरिएको छ ।… पुरा पढौ

बालकल्याण मा.वि.को स्वर्ण महोत्सवको तयारी तिब्र

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २, ताल फाँटस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा आयोजना गर्न लागेको स्वर्ण महोत्सव–२०८२ को सन्दर्भमा बिहिबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । ५० वर्षको शैक्षिक गौरव, उज्ज्वल भविष्यको संकल्प, एकता, आपसी सम्मान र सबैको सहभागिता भन्ने मूल नारासहित आयोजित पत्रकार सम्मेलनमा महोत्सवको उद्देश्य, तयारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी गराइएको थियो ।विद्यालय प्रधानध्यपकले स्वर्ण महोत्सव तयारी अन्तर्गत हालसम्म भएका गतिविधि सार्वजनिक गर्दै आर्थिक सङ्कलन अभियान, संरचनागत निर्माण र… पुरा पढौ

एच.डि.सि.यस नमुना अस्पताल सेवाको तीन वर्ष पुरा

एचडिसियस नमुना सामुदायिक अस्पतालले सेवा शुरु गरेको तीन वर्ष पुरा भएको छ । अस्पतालले सेवाको तीन वर्ष पुगेको अवसरमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालको प्रगति र योजना सार्वजनिक गरेको छ । सुन्दरबजार नगरपालिका भित्र क्षेत्रमा एउटा स्तरीय अस्पतालको आवश्यकता देखेर तीन वर्ष अघि एच.डि.सि.यस.ले ३० वर्षका लागि सम्झौता गरेको थियो । एच.डि.सि.यस.ले सञ्चालन गर्न थालेपछि राइनास, सुन्दरबजार र भानु नगरपालिकामा भएका सवारी दुर्घटनामा परेका ३५ जना घाइतेलाई सफल उपचार गरेको छ । वितेका तीन वर्षमा अस्पतालले गरेका प्रगति अनुसार… पुरा पढौ