त्रिवेणी कप फुटबलमा लाङ्दीदेवी र एपीएफ सेमिफाइनलमा

-


     नयाँ दीप    
     पौष १७ गते २०८२ मा प्रकाशित


लमजुङको बेंसीसहरमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३ औं संस्करणमा लाङ्दीदेवी युवाक्लव नाल्मा र र एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार लाङ्दीदेवी नाल्माले एनआरटीलाई टाइब्रेकरको सडनडेथमा ९–८ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

सहजीस्थित खेल मैदानमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । घरेलु टिम लाङ्दीदेवी नाल्माले एनआरटीलाई टाइब्रेकरको सडनडेथमा ९–८ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) सडनडेथमा पराजित हुँदै त्रिवेणी कपबाट बाहिरिएको छ ।

यससँगै एनआरटी प्रतियोगिताबाट बाहिरिने काठमाडौंको पाँचौं क्लब बनेको छ । यसअघि समाज कल्याण, श्री भगवती, चित्लाङ फुटबल क्लब र सातदोबाटो युथ क्लब प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

खेलमा लाङ्दीदेवीका प्रमिजाइ गच्छदार ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अब लाङ्दीदेवीले फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड र लालीगुराँस युवा क्लब भुजुङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको खेल शुक्रबार दिउँसो २ बजे हुनेछ ।

यसअघि भएको अर्को क्वार्टरफाइनलमा साबिक विजेता विभागीय एपीएफ क्लबले ठडाराई समाजलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको चौथो मिनेटमै यामीले ठडाराईलाई अग्रता दिलाए पनि दोस्रो हाफको चौथो मिनेटमा प्रदीप लामाले गोल फर्काउँदै एपीएफलाई बराबरीमा ल्याएका थिए ।

एपीएफका एन्जल श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पाए । अब एपीएफले फाइनल प्रवेशका लागि आयोजक त्रिवेणी युथ क्लब र लमजुङ मस्र्याङ्दीबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको प्रतिस्पर्धा शुक्रबार बिहान ११ बजे हुनेछ ।

प्रतियोगितामा विजेताले १२ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५्⁄२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । ।