Author Archive

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको कार्यक्रम

लमजुङमा आईतबार ३ सय ४ औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति लमजुङले दिवसको अवसरमाा सदरमुकाम बेसीशहरमा र्याली तथा सभाको आयोजना गरेको हो । बाजागाजा, व्यानर र प्लेकार्ड सहित बेसीशहरको सेराबाट सुरु भएको र्याली बजार परिक्रमा गरी भिमसेन स्थानमा सभामा परिणत भएका थियो । सभामा पृथ्वी नारायण शाहले राष्ट्र निमार्णमा पुर्याउनुभएको योगदानको कदर र सम्मान गर्दै शाहको तस्विरमा अविर अर्पण गरिएको थियो । सभामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ

लमजुङ माविको ७७ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहर स्थित जिल्लाकै पहिलो विद्यालय लमजुङ माविको ७७ औं वार्षिकोत्सव एवं ४२ औं अभिभावक सम्मेलन आईतबार सम्पन्न भएको छ। बेसीशहर नगरपालिका वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शुभकामना व्यक्त गर्दै उहाँले गुणस्तरीय र प्रविधिमैत्री शिक्षा नै आजको आवश्यकता भएकोले सरोकारवाला विच उचित समन्वय हुनुपर्ने बताउनुभयो। विद्यालय, वडा कार्यालय र नगरपालिका विच जति संवाद र समन्वय हुनुपर्ने हो सो तहमा हुन नसकेको उहाँले बताउनुभयो। सो अवसरमा कार्यपालिका सदस्य श्रीनाथ दुलाल,… पुरा पढौ

बालकल्याण माविको स्वर्ण महोत्सवमा संस्थापक, जग्गादाता र चन्दादातालाई सम्मान

लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयलको स्वर्ण महोत्सवमा विद्यालयका संस्थापक, जग्गादाता र चन्दादातालाई सम्मान गरिएको छ । तीनदिनदेखी बिशेष कार्यक्रमका साथ मनाईएको स्वर्ण महोत्सवमा शुक्रबार विद्यालयका संस्थापक र चन्दादातालाई सम्मान गरिएको हो । २०३२ सालमा विद्यालय स्थापना गर्दा जग्गा प्रदान गर्ने जग्गादाता, संस्थापक र बिशेष चन्दादातालाई सम्मानपत्र, दोसल्ला ओढाउनुको साथै पञ्चे बाजा बजाएर स्वर्ण महोत्सवमा सम्मान गरिएको हो । विद्यालयका संस्थापक, जग्गादाता र चन्दादातालाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना, अध्यक्ष मदनबहादुर राना… पुरा पढौ

मानवसेवा आश्रमद्धारा १ सय ४० जनाको सडकबाट उद्धार,

मानवसेवा आश्रम बेसीशहरले स्थापना काल देखि हालसम्म १ सय ४० जनाको सडकबाट उद्धार गरेको छ । विहिबार लमजुङको बेसीशहरमा आश्रमको बार्षिक आयव्यय प्रस्तुत कार्यक्रममा संस्था स्थापना काल २०७३ चैत २१ गतेदेखि सडकमा आश्रित रहेका ८१ जना पुरुष र ५९ जना महिलाको उद्धार गरेको जनाएको हो । कार्यक्रममा मानवसेवा आश्रम लमजुङ शाखाका प्रमुख अनिता अधिकारीले संस्थाको आर्थिक वर्ष ०८१⁄०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सडकबाट उद्धार गरिएका व्यक्तिहरु मध्ये ५८ जनालाई पारिवारिक पुनर्मिलन गरिएको, २१ जनाको स्वर्गारोहण भएको, ५२ जनाले स्वच्छाले… पुरा पढौ

प्याब्सन दिवश भव्यताका मनाईयो, स्पोर्टस् मिटमा युनिभर्सल एकेडेमि प्रथम

लमजुङमा ३५ औं प्याब्सन दिवस भव्यताका साथ मनाईएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याव्सन लमजुङले विहिबार सदरमुकाम वेसीशहरमा वृहत र्याली सहित विविध कार्यक्रम गरी प्याब्सन दिवस मनाएको हो । दिवसको अवसरमा प्याव्सनमा आवद्ध जिल्लाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागितामा बाजागाजा सहित बेंसीसहरको मनांगेचौताराबाट फुलबारी मञ्चसम्म र्याली निकालिएको थियो । र्यालीमा विद्यालयको व्यानर, शिक्षासँग सम्वन्धित विभिन्न सन्देशमूलक प्लेकाड सहित सहभागि विभिन्न विद्यालयका विद्यार्थीहरु विद्यालय पोसाक सँगै विभिन्न जातजातीको संस्कार सस्कृति र पहिचान झल्कने भेषभुषामा सजिएका थिए । र्याली… पुरा पढौ

फुटबल खेलाडि सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घाइते

अस्ट्रेलियन महिला फुटबल लिग खेलिरहँदा लडेर नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घाइते भएकी छिन् । साम्बा आबद्ध क्लब वेलिङ्टन फोनिक्सका अनुसार उनी सिजनभर खेल्न नसक्ने भएकी छिन् । साम्बालाई ए–लिग वुमनको राउन्ड ११ अन्तर्गत ब्रिस्बेन रोरविरुद्धको खेलको दोस्रो हाफको अन्त्यतिर चोट लागेको थियो । वेलिङ्टन फोनिक्सका अनुसार खेलका क्रममा हावामा बलका लागि प्रतिस्पर्धा भइरहेका बेला रोरकी गोलकिपर क्लो लिंकन साम्बाको दाहिने खुट्टामा खसेकी थिइन्, त्यसै क्रममा उनी घाइते भएकी हुन् । क्लबले जनाएको अनुसार एमआरआई स्क्यानमा… पुरा पढौ

बालकल्याण माविको स्वर्ण महोत्सव शुरु

लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयलको स्वर्ण महोत्सव शुरु भएको छ । तीन दिनसम्म बिशेष कार्यक्रमका साथ मनाइने स्वर्ण महोत्सव बुधबारदेखी शुरु भएको हो । स्वर्ण महोत्सवको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्दै सामुदायिक विद्यालयमा राज्यको समेत ठूलो लगानी रहेकोले गुणस्तरीय र डिजिटल शिक्षण सिकाइमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रमुख अर्यालले विद्यालयलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै विद्यालयले गरिरहेको प्रयास सकारात्मक रहेको बताउनुभयो । स्वर्ण महोत्सव मूल समारोह समतिकिा संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन… पुरा पढौ

रास्वपा लमजुङद्वारा प्रतिनिधिसभा निर्वाचनमा ई.धर्म के.सी.को नाम सिफारिस

आगामी फागुन २१ गते तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले प्रतिनिधिसभा निर्वाचनका लागि ई.धर्म के.सी.को नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहरमा भएको बैठकबाट एकल रुपमा के.सीको नाम सर्वसम्मतले पारित गरी सिफारिस गरिएको हो । रास्वपा जिल्ला कार्यालय बेसीशहरमा बसेको प्रदेश समिति सदस्यहरु, जिल्ला कार्यसमिति, अधिवेशन सम्पन्न भएका तथा तदर्थ समिति रहेका पालिका तथा वडा समितिहरु र जिल्लामा गठन भएका बिभिन्न तहगत समितिहरुको संयुक्त बैठकले के.सीको नाम सिफारिस गरेको हो । निर्वाचनका लागि लमजुङ जिल्लाका संस्थापक सभापति… पुरा पढौ

त्रिवेणी कपमा एपीएफ लगातार दोस्रो पटक च्याम्पियन

लमजुङको बेसीशहरमा गत पुस १२ गतेदेखि जारी ३३ औं त्रिवेणी कपको उपाधी विभागीय सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले उचालेको छ। सोमबार बेंसीसहरको सहजीस्थित खेलमैदानमा भएको फाइनलमा घरेलु टोली लाङ्दीदेवी फुटबल क्लब नाल्मालाई २–० ले पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेटको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा एपीएफले निर्णायक प्रदर्शन गर्यो। खेलको दोस्रो हाफको ३१ औं मिनेटमा एपिएफका जर्सि नं १० का खेलाडी युवराज खड्काले पहिलो गोल गरे भने त्यसको ८ मिनेटपछि… पुरा पढौ

३३ औँ त्रिवेणीमा एपिएफ फुटबल क्लब र लाङ्दीदेवी युवा क्लव नाल्मा फाइनलमा भिड्ने

गत पुस १२ गतेबाट लमजुङको बेसीशहरमा सुरु ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीतामा लाङ्दीदेवी नाल्माको शानदार गोल गर्दै फाईनलमा प्रवेश गरेको छ। एपी पावर चर्च ब्वाइज काठमाडौं र लाङ्दीदेवी युवा क्लब नाल्मा लमजुङ बीचको सेमिफाइनल खेलमा, खेलको ३० औँ मिनेटमा लाङ्दीदेवी युवा क्लब नाल्माका जर्सी नं. १० मा रहेका खेलाडी रोहन काकिलले गोल गर्दै लाङ्दीदेवी नाल्मालाई अग्रता दिलाएका हुन्। दोस्रो हाफको अन्तिम समयमा खेल सकिन केही सेकेन्ड बाँकी हुँदा लाङ्दी देवीका आशिष् गुरुङले थप एक गोल गरेपछि शानदार रुपमा फाईनलको… पुरा पढौ