पाँचौ राइनास कप खुल्ला फुटवल प्रतियोगिता हुुने

-


     भरत बाबु घिमिरे     
     पौष १८ गते २०८२ मा प्रकाशित


राइनासकोटमा पाँचौ राइनास कप खुल्ला फुटवल प्रतियोगिता २०८२ आगामी माघ १ गतेबाट सुरु हुने भएको छ । शुक्रबार लमजुङको बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फुटवल प्रतियोगिताको जानकारी गराइएको हो ।

राइनासकोट नगरपालिका वडा नं धमिलिकुवामा रहेको गौलीटार क्षेत्रिय खेल मैदान समितिको आयोजनामा हुने सो फुटवल प्रतियोगितामा राइनास नगरपलिका भित्रका किसानहरुको गोरुहरु विच गोरु जुधाई प्रतियोगिता समेत आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष टेकेन्द्र चिलुवालले बताउनुभयो ।

१२ टिम भन्दा माथी सहभागी रहने अपेक्षा गरिएको उक्त फुटवल प्रतियोगिताको प्रथम पुरस्कार रु ५ लाख, कप, मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार रु २ लाख ५० हजार, मेडल र प्रमाणपत्र रहेको छ । सर्वाधिक गोलकर्तालाई रु १५ हजार, सर्वाेत्कृष्ट खेलाडिलाई रु १५ हजाार र उत्कृष्ट गोलकिपरलाई रु १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ भने टिम दर्ता शुल्क रु १५ हजार राखिएको आयोजकले जनाएको छ ।

माघे सक्रान्तिको दिनमा उद्घाटन हुने सो कार्यक्रममा रु २१ लाख ६५ हजार खर्च हुने आयोजकले जनाएको छ । राइनास नगरपालिका, गण्डकी प्रदेश सरकार, विभिन्न संघ,संस्था प्रायोजक, सहप्रायोजक, व्यवसायी एवम् खेलप्रेमीहरुबाट सहयोगको अपेक्षा गरिएको गौलीटार क्षेत्रिय खेलमैदान समितिका सचिव प्रदिपजगं गुरुङले बताउनुभयो ।