३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा मर्स्याङ्दी युवाक्लव र एपी चर्च व्वाइज सेमिफाइनलमा प्रवेश

-


     भरत बाबु घिमिरे     
     पौष १८ गते २०८२ मा प्रकाशित


गत पुस १२ गतेबाट लमजुङको बेसीशहरमा सुरु ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीतामा क्वाटर फाईनलका खेलहरु सम्पन्न भएको छ । शुक्रबार भयको क्वाटरफाइनलको खेलमा आयोजक त्रिवेणी युवा क्लब बेसीशहरलाई हराउँदै र मर्स्याङ्दी युवा क्लब बेसिशहरले सेमिफाइनलको यात्रा तय गरेको छ ।

समयावधिभर दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा आयोजक त्रिवेणीलाई ४ को बिरुद्ध ५ गोल गर्दै मर्स्याङ्दी युवाक्लवले सेमिफाइनल यात्रा पक्का गरेको हो ।

त्यस्तैगरी शुक्रबार भएको दोस्रो खेलमा लालिगुुँरास युवाक्लव भुजुङ र एपी चर्च व्वाइज युनाइटेड विचको खेलको सुरुवातमा लालिगुराँसले १ गोल गरेर खाता खोलेको थियो भने दोस्रो हाफको अन्तिममा एपी चर्च व्वाईजको तर्फबाट एक गोल भएपछि खेल बराबरीमा टुङगिएर ट्राइबेकरमा गएको थियो ।

ट्राइबेकरमा लालिगुुँरास युवाक्लव भुजुङलाई ३ का विरुद्ध ४ गोल गर्दै एपी चर्च व्वाइज युनाइटेड सेमिफाइनमा प्रवेश गर्न सफल भएको छ ।

अब शनिबार मर्स्याङ्दी युवा क्लब बेसिशहर र एपि.एफ फुटबल क्लव विच फाइनल यात्राको लागि प्रतिश्पर्धा हुने छ भने दोस्रो खेलमा चर्च व्यावईज युनाटेडले लाङ्दीदेवि युवाक्लव नाल्मा लमजुङसगँ फाइनलको लागि भिड्ने छ ।

प्रतियोगितामा विजेताले १२ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५्⁄२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।