लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डे निवासी विष्णुलाल श्रेष्ठ र उहाँको धर्मपत्नि दुर्गा श्रेष्ठले बालकल्याण माध्यमिक विद्यालयलाई स्वर्ण कोष स्थापनाका लागि अहिलेसम्मकै धेरै रकम सहयोग गर्नु भएको छ । उहाँहरुले स्वर्ण कोषका लागि पाँच लाख पच्पन्न हजार पाँच सय ५५ रुपैया सहयोग गर्नु भएको हो ।
विद्यालयमा आईतबार आयोजना गरिएको स्वर्ण महोत्सव मूल समारोह समतिको सचिवालय बैठकमा दुर्गा श्रेष्ठले महोत्सवका संयोजक एवं विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मदन रानालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका विष्णुलाल श्रेष्ठ स्वर्ण महोत्सवमा गैर आवसिय नेपाली सम्पर्क समन्वय उपसमितिको संयोजकको जिम्मेवारीमा समेत हुनुहुन्छ । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठ हाल दुबैमा कार्यरत रहनु भएको छ ।
हालसम्म महोत्सवका संयोजक, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर–२ का अध्यक्ष मदन रानाले तीन लाख ५५ हजार पाँच सय ५५, हाल अमेरिकामा रहनु भएका बेसीशहर–२ का काजीराम थापाले तीन लाख ११ हजार एक सय ११ र विद्यालयका संस्थापक र आर्थिक संकलन उपसमितिका संयोजक कोषलेन्द्र कंडेलले दुई लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्नुभएको छ । विद्यालयको स्वर्ण कोष स्थापनाका लागि तिहार अघिबाट नै शुरु भएको घरदैलो अभियानको क्रममा अहिलेसम्म करिब ७६ लाख संकलन भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालले बताउनु भयो ।
यहि पुस २३ गतेबाट २५ गतेसम्म शैक्षिक, सांस्कृतिक एवं सम्मान कार्यक्रमका साथ बेसीशहर नगरपालिका–२, भकुण्डेमा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयलको स्वर्ण महोत्सव तीन दिनसम्म बिशेष कार्यक्रमका साथ मनाइने भएको छ ।
विद्यालयले दीर्घकालीन रूपमा आफूलाई आधुनिक र अभिभावकको प्राथमिकता हुने शिक्षालयको रूपमा विकास गर्ने लक्ष्यका साथ डिजिटल शिक्षण सिकाइ, शिक्षक सक्षमता विकास, भौतिक पूर्वाधार सुधार, नयाँ भवन निर्माण, पुस्तकालय तथा सभाहल निर्माण, बालउद्यान जस्ता दर्जनौँ योजना अघि सार्दै स्वर्ण कोषमा रकम संकलन अभियान चलाएको हो ।