Author Archive

नेपाली कम्युनिस्ट पार्टीबाट लमजुङमा हरिजङ् तामाङ उमेद्वार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टीले लमजुङमा हरिजङ् तामाङलाई उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार उनलाई उम्मेदवारको टिकटको निश्चित गरेका हुन् । युवा नेता तामाङ् लमजुङ्ग जिल्ला अस्पतालका निवर्तमान अध्यक्ष, नेपाल तामाङ घेदुङ गण्डकीको पनि निवर्तमान अध्यक्ष पनि हुन । तामाङले कानुन विषयमा स्नातक गरिसकेका छन् भने पिएडीका लागि एम.फिल गरिरहेका छन् तामाङ नेकपा भित्र जनपक्षिय, बैचारिक एवम विकासप्रेमी नेताको रुपमा परिचित छन् । तामाङ पार्टी भित्र निष्ठावान तवरले अविचलित… पुरा पढौ

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ सदरमुकाम बेसीसहरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कार्यालयको उद्घाटन न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो। निर्वाचन सफल बनाउन सबै सरोकारवाला निकाय जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो। जिल्ला निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी यादवराज आचार्यका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचनका सम्पूर्ण आवश्यक… पुरा पढौ

भिक्षु, कुकुर र शान्ति पदयात्राले विश्वको ध्यानाकर्षण

काषाय वस्त्रमा सजिएका भिक्षुहरू । हातमा लामो लट्ठी, दायाँ–बायाँ काँधमा भिरेका झोली भिरेका भिक्षुहरूको लस्कर, साथमा एउटा कुकुर न त कुनै नारा, भाषण वा होहल्ला नै । तर यो यात्राले अहिले सारा विश्वको ध्यान खिचेको छ । उनीहरू धर्मको प्रचार गर्न वा धर्मको विरोध गर्न पदयात्रामा निस्केका होइनन् । भिक्षुहरूको भनाइ छ, ‘यो आत्मचिन्तन र करुणाको सन्देश बोकेको ध्यान हो ।’ यो कुनै सामान्य पदयात्रा होइन, यो त अशान्त बन्दै गएको विश्व र विभाजित समाजमा ‘शान्ति, सचेतना र करुणा’ को… पुरा पढौ

२८ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा विभिन्न कार्यक्रम

२८ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८२ लमजुङको बेसीशहरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । माघ २ गते मनाइने भुकम्प सुरक्षा दिवशको अवसरमा शुक्रबार बेसीशहरको मनाङ्गे चौतारा देखि शेरा चोकसम्म र्यालि तथा शेरा चोकमा भुकम्प सम्बन्धि सचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम बेसीशहर नगरपालिका बिपत ब्यबस्थापन समितिका अध्यक्ष तथा बेसीशहर नगरपालिका वडा न ७ का वडा अध्यक्ष ऋषिराम बस्नेतको अध्यक्षता तथा बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बेसीशहर नगरपालिका उपप्रमुख… पुरा पढौ

३३ औँ त्रिवेणी कपमा टिकटबाट ३६ लाख बढी आम्दानी

लमजुङ सदरमुकाम बेसीशहरमा हालै सम्पन्न ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा टिकट बिक्रिबाट ३६ लाख बढी आम्दानी भएको छ । पुस १२ देखि २१ गते सम्म सञ्चालन भएको त्रिवेणी कप प्रतियोगितामा टिकट विक्रिबाट मात्रै ३६ लाख १६ हजार तीनसय रुपैया आम्दानी भएको हो । त्रिवेणी युवा क्लवले आयोजना गरेको जिल्लाकै सर्वाधिक पुरस्कार राशीको ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगितामा यसवर्ष २० हजार ९ सय ३६ टिकट बिक्री भएको क्लवले जनाएको छ । पुस १२ गते प्रतियोगिता उद्घाटनको दिन प्रवेश… पुरा पढौ

जनजागृतिले मनायो ३७ औं बार्षिकोत्सव

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बरबोटबेसीमा रहेको जनजागृति आधारभूत विद्यालयको ३७ औं बार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न गरेको छ । बार्षिकोत्सव तथा अविभावक दिवसका प्रमुख बेसीशहर नगरपालिका नगरप्रमुख गुमान सिंह अर्यालले सामुदायिक विद्यालय उदाहरणीय बनाउन सफल भएको भन्दै प्रधानाध्यापक बासु बाबु सिलुवाल प्रति धन्यवाद व्यक्त गर्नुभयो र नगरपालिकाको तर्फबाट थप साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख अर्यालले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्ना बालबालिकाहरुको गतिविधिमा ध्यान दिन आग्रह गर्दै विद्यार्थीहरुलाई हतोत्साहीत हुन नदिएर हौसला प्रदान गर्नुपर्ने धारणा… पुरा पढौ

क्यान्सर पिडितलाई सहयोग रकम उपलब्ध

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ थाक्लेका क्यान्सर पिडित विरामीलाई नर्वेमा भएका नेपालीहरुले रकम संकलन गरी पठाएका छन् । थाक्लेको खहरे निवासी क्यान्सर पिडित विरामी एकता घिमिरेलाई र घुमाउने निवासी चिजामाया कामीको लागि सहयोग रकम उपलब्ध गराइएको हो । वडा नं ७ निवासी हाल नर्वेमा कार्यरत जनसम्पर्क समिति लमजुङ नर्वेका उपाध्यक्ष रमेश घिमिरे र उहाँको धर्मपत्नी महिला संघ नर्वेका उपाध्यक्ष सम्झना घिमिरेको पहलमा १ लाख ८० रुपैँया सहयोग संकलन गरी क्यान्सर पिडित २ जनालाई हस्तान्तरण गरिएको हो । नर्वेमा कार्यरत… पुरा पढौ

आज माघे संक्रान्ति पर्व मनाइँदै

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य… पुरा पढौ

भूपू सैनिक माविको ४० औं वार्षिकोत्सव तथा एल्क्स स्मृति दिवस

लमजुङको बेसीशहर नगरपालिका–८ स्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले ४० औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा २२ औँ एलेक्स मेमोरियल दिवस भव्य रुपमा मनाएको छ । बुधबार विद्यालय परिसरमा आयोजित वार्षिक उत्सव समारोह कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख अतिथि रहनुभएको थियो । विद्यालयका कार्यबहक अध्यक्ष लोकेन्द्र जंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्मा, प्याबसन लमजुङका अध्यक्ष ईश्वर पौडेल, निर्वतमान अध्यक्ष ताराराज घले लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो… पुरा पढौ

लमजुङको साहसिक पर्यटनमा नयाँ अध्याय सुरु हुँदै

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा रक क्लाइम्बिङका थप रुट खोज्ने कार्य सुरु गरिएको छ । ऐतिहासिक तथा साहसिक सम्भावना बोकेको च्याम्चेको तारे भीरमा साहसिक खेल रक क्लाइम्बिङका लागि विकास गर्न थप रुट खोज्ने कार्य औपचारिक रूपमा सुरु गरिएको हो । प्राकृतिक बनावट, चुनौतीपूर्ण चट्टान र अद्भुत दृश्यले भरिएको तारे भीरलाई रक क्लाइम्बिङको केन्द्र (Rock Climbing Center) का रूपमा विकास गर्ने लक्ष्य सहित यो अभियान अघि बढाइएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले तारे भीरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय… पुरा पढौ