फुटबल खेलाडि सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घाइते

-


     नयाँ दीप    
     पौष २३ गते २०८२ मा प्रकाशित


अस्ट्रेलियन महिला फुटबल लिग खेलिरहँदा लडेर नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घाइते भएकी छिन् ।

साम्बा आबद्ध क्लब वेलिङ्टन फोनिक्सका अनुसार उनी सिजनभर खेल्न नसक्ने भएकी छिन् । साम्बालाई ए–लिग वुमनको राउन्ड ११ अन्तर्गत ब्रिस्बेन रोरविरुद्धको खेलको दोस्रो हाफको अन्त्यतिर चोट लागेको थियो । वेलिङ्टन फोनिक्सका अनुसार खेलका क्रममा हावामा बलका लागि प्रतिस्पर्धा भइरहेका बेला रोरकी गोलकिपर क्लो लिंकन साम्बाको दाहिने खुट्टामा खसेकी थिइन्, त्यसै क्रममा उनी घाइते भएकी हुन् ।

क्लबले जनाएको अनुसार एमआरआई स्क्यानमा साम्बाको दाहिने घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट ग्राफ्ट च्यातिएको देखिएको छ । चोटका कारण उनी कम्तीमा ९ देखि १२ महिनासम्म रेस्ट गर्नु पर्ने हुदाँ मैदानबाहिर रहनेछिन् ।